काठमाडौं –
क ब्जा गर्ने उद्धेश्यले यु क्रे न मा सेना पठाएका रूसी राष्ट्रपति भ्लादिभिर पुटिनले पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई मस्कोमा बोलाएका छन् ।
पाकिस्तान शीत यु द्ध काल (सन् १९४७–१९८९) सम्म रूसको वि रो धी अमेरिकी खेमामा थियो । यु क्रे न क ब्जा गर्न पश्चिमा मुलुकसँग रूसले थप दु श्म नी मोलिरहँदा
पाकिस्तानी प्रधानमन्त्रीको मस्को भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ । पाकिस्तान दक्षिण एसियामा आणविक शक्तिसम्पन्न दोस्रो ठूलो शक्ति हो ।
अन्तर्राष्ट्रिय मिडियाहरूका अनुसार खान रूसमा दुई दिन रहनेछन् । खान २३ वर्षपछि पहिलोपटक रूस भ्रमणमा जाने पहिलो पाकिस्तानी जननिर्वाचित नेता हुनेछन् ।
पाकिस्तानको विदेश मन्त्रालयका अनुसार खान रूसी राष्ट्रपति पुटिनकै निम्तोमा मस्को जान लागेका हुन् । खानले रूस भ्रमण यस्तो समयमा गर्दैछन्, जतिबेला रूस र युक्रेनको तनाव चरमचुलीमा छ ।
यो भ्रमणलाई क्षेत्री रणनीतिक दृष्ट्रिले निकै महत्वपूर्ण मानिएको छ । उता, रूस र अमेरिका दुवैको मित्र मानिने भारत यु क्रे न मामिलामा कसलाई समर्थन गर्ने भन्ने दोधारमा छ ।
रूस भ्रमणमा पाकिस्तानी प्रधानमन्त्री खान जाँदा इस्लामावादले के प्राप्त गर्नेछ भन्ने निश्चित छैन । खान रूस जाँदा भारत र पाकिस्तानको सामरिक साझेदारीमा कस्तो असर पर्नेछ भन्नेबारे भारतीय र पाकिस्तानी कूटनीतिज्ञहरूले सवाल गरिरहेका छन् ।
भ्रमण क्रममा रूस–पाकिस्तान व्यापारिक मामिलाबारे नै छलफल हुने भनिएपनि विश्लेषकहरूले यसलाई एक राजनीतिक सन्देशका रूपमा बुझ्नुपर्ने बताइरहेका छन् ।
अर्कातर्फ, शी त यु द्ध का बेला अमेरिकी खेमामा रहेको पाकिस्तान अब त्यहाँबाट अलगत हुन खोजेको भन्दै अथ्र्याउन पनि खोजिएको छ ।
पाकिस्तानले अब क्षेत्री शक्तिका रूपमा आफ्नो सम्बन्ध विस्तार गर्न खोजेको र व्यापारिक तथा आर्थिक लाभ लिन सहयोग अपेक्षा गरिरहेको बताइएको छ ।
रूसले पनि यु क्रे न मामिलामा सक्दो धेरै समर्थन बटुल्न खोजिरहेको छ । यसै क्रममा पाकिस्तानी प्रधानमन्त्रीलाई पुटिनले मस्कोमा बोलाएको विश्लेषण गरिएको छ ।
यो पनि : पाकिस्तानी प्रधानमन्त्री इमरान खानले दुई देशबीचको विद्यमान मतभिन्नता हटाउन आफू भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग टेलिभिजन बहस गर्न तयार रहेको बताएका छन् ।
७५ वर्षअघि स्वतन्त्रता प्राप्त गरेपछि पनि भारत र पाकिस्तानबीचको सम्बन्ध चिसो छ । त्यस यता मात्र दुई देशबीच तीन ओटा युद्ध भइसकेका छन् ।
‘मलाई भारतीय प्रधानमन्त्री मोदीसँग टेलिभिजन बहस गर्न मन छ,’ रसिया टुडेसँगको अन्तर्वार्तामा प्रधानमन्त्री खानले भने । बहसमार्फत सम’स्या समाधान
भएमा भारतीय उपमहाद्धीपमा एक अर्बभन्दा बढी मानिसहरुलाई फाइदा हुने उनको तर्क छ । खानको प्रस्तावबारे भारतको विदेशमन्त्रालयले तत्काल कुनै टिप्पणी गरेको छैन् ।
आ’तंक र वार्ता एकै चोटी नहुने बताउँदै भारतले पाकिस्तानलाई अतिवादी समूहलाई नियन्त्रण गर्न र त्यस्ता गतिविधिमा संलग्न रहेका व्यक्तिलाई सजाय दिन बारम्बार माग गर्दै आएको छ ।
भारतले पाकिस्तानलाई सीमापार आ’तंक’वादको अन्त्य हुनु पर्ने माग गर्दै आएको छ भने पाकिस्तानले त्यसलाई ‘गैर–राज्य व्यक्ति’ का तर्फबाट भएका घटना भन्दै आफू पन्छिन खोज्छ ।
सन् २००८ मा भएको मुम्बई हमलाबाहेक भारतले सन् २०१६ मा ७ जना भारतीय सैनिकको ज्यान जाने गरी भएको पठानकोट हमलाका दो’षी र उनीरु आबद्ध संगठनमाथि का’र’बा’हीको माग गर्दै आएको छ ।