काठमाडौं –
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) टेबल हुने भनिए पनि टेबुल हुन सकेन ।
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको कारण एमसीसी टेबल हुनबाट रोकिएको हो । माओवादीले कार्यव्यवस्था परामर्श समितिको
बैठकमा सहमति नगरी एमसीसी टेबल गरे सरकारबाट बाहिरिने निर्णय गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवा पछि हट्नुभएको हो ।
सत्ता गठबन्धनको बिहीबार बस्ने बैठकले फागुन ६ गते बस्ने संसद् बैठकमा सरकारले पुनः एमसीसी टेबल गर्ने सम्बन्धमा निर्णय गर्ने बताइएको छ ।
बुधबारको संसद् बैठक एमाले सांसदहरूको ना’राबाजी र होहल्लासँगै फागुन ६ गते दिउँसो १ बजेसम्मका लागि स्थगित भएको छ ।
कानुन न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले फागुन ६ शुक्रबारको संसद् बैठकमा सरकारले एमसीसी टेबल गर्ने बताउनुभएको छ ।
उहाँका अनुसार सत्ता गठबन्धनबीच दुई दिन सहमतिको प्रयास गर्ने र आउँदो बैठकमा टेबल गर्ने सहमति भएको छ । संसद् बैठक अघि
पार्टी संसदीय दलको निर्णय लिएर माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री देउवालाई भेट्नुभएको थियो ।
दुई नेताको भेटपछि प्रधानमन्त्री देउवाले एमसीसी अघि बढाउने विषयमा धारणा बनाउन बिहीबार सत्ता गठबन्धनको बैठक बोलाउनुभएको थियो ।
यो पनि : सार्वजनिक यातायातको सन्दर्भमा युरोपको मोडल लोभलाग्दो र अनुकरणीय छ । त्यहाँ सार्वजनिक यातायातलाई सबैभन्दा भरपर्दो,
विश्वसनीय, छरितो, किफायती, व्यवस्थित, सुविधायुक्त मानिन्छ । त्यसैले घरमा कार हुनेहरू पनि सार्वजनिक यातायात चढ्छन् । नेता-मन्त्रीहरू समेत सार्वजनिक यातायात चढ्ने गरेको पाइन्छ ।
युरोपका कति मुलुक आफैंले गाडी उत्पादन गर्छन् । तर, उनीहरूले सार्वजनिक यातायातलाई नै सर्वव्यापी र सर्वसुलभ बनाएका छन् ।
अब हाम्रो सडकको परिदृश्य हेरौं । काठमाडौं उपत्यकामा लगभग दिनहुँ १० हजार सार्वजनिक यातायात गुड्छन् । तर, यी सार्वजनिक यातायातमा यात्रा गर्नु भनेको विना कसुर यातना झेल्नु सरह हुन्छ ।
तपाईं रत्नपार्कमा एकछिन उभिएर हेर्नुहोस्, सार्वजनिक यातायातको हाल (बेहाल) कस्तो हुन्छ ? कोचाकोच, ठेलमठेल, अस्तव्यस्त, भ’द्रगोल ।
सार्वजनिक यातायात चढ्नका लागि सानोतिनो यु’द्ध नै गर्नुपर्छ । चढिसकेपछि आरामले बस्ने स्थिति हुँदैन । गन्तव्यसम्म कतिबेला पुगिन्छ भन्ने टुंगो हुँदैन ।
सार्वजनिक यातायातमा यात्रा गर्नु भनेको सानोतिनो यातना भोग्नुसरह हुन्छ । तर पनि हामी बाध्य छौं, यसरी नै यात्रा गर्नका लागि ।
बलियो-बाङ्गो पाखुरा भएकाहरू त ठिकै छ । रो’गी, बुढापाका, गर्भवती, बालबच्चा, अशक्त आदिलाई सार्वजनिक यातायात कति क’ष्टकर हुन्छ होला ?
कार चढ्नेभन्दा ठूलो जमात छ सार्वजनिक यातायात चढ्ने । तर, सार्वजनिक यातायातमा चढेर समयमै विद्यालय पुगिएला ? कार्यालयमा हाजिर गर्न भ्याइएला ? अस्पतालमा डाक्टर भेटिएला ?