पब्जीमा चु र्लु म्मै डु बे पछि किशोरी पुगे हिमाचल, घट्यो यस्तो ड र ला ग्दो घट्ना

नेपालगन्ज –

गत वर्ष कक्षा १० मा पढ्दै गर्दा लकडाउन भयो । विद्यालय बन्द भएपछि अनलाइन कक्षा पढ्नुपर्ने भयो । त्यसकै लागि नातामा दाइ पर्नेले मोबाइल किनेर ल्याइदिए ।

दिनभर अनलाइन कक्षा पढ्थिन् । आमा पनि छोरीको पढाइप्रतिको लगाव देखेर मक्ख थिइन् । बिस्तारै छोरी भने अनलाइन खेल ‘पब्जी’ तर्फ आकर्षित भइन् ।

सामूहिक रूपमा खेलिने यो खेलकै क्रममा नयाँ साथीहरू भेटिन थाले । पब्जीबाटै भारतीय युवासँग चिनजान भयो । केही दिनको चिनजान प्रेममा परिणत भयो ।

२९ वर्षीय भारतीय युवकले उनलाई ‘प्रेम गर्छु, पढाउँछु, जागिर लगाइदिन्छु’ भन्ने प्रस्ताव राखे । उनको मन पग्लियो । भारतबाट ती युवा उनलाई लिन पोखरा आइपुगे ।

म्याग्दीकी १६ वर्षीया किशोरी घरमा कसैलाई जानकारी नदिई घरबाट निस्किइन् । ती युवकले उनलाई भारत हिमाचल प्रदेशको कुल्लुमनाली पुर्‍याए ।

भाषा अनि पहिरन सबै बेग्लै । ‘पढाइदिन्छु जागिर लगाइदिन्छु भन्नेले एक्कासि कुटपिट गर्न थाल्यो, घरमा फोन गर्न पनि दिएन,’ एक संस्थाको

सहयोगमा बुधबार भारतबाट उद्धार गरी नेपालगन्ज ल्याइएकी ती किशोरीले भनिन्, ‘लुकेर ममीलाई फोन गरेपछि बल्ल घर आउन पाएँ ।’

आर्थिक रूपले विपन्न उनको परिवारमा बुबा रो’गी छन् । आमाले ज्याला–मजदुरी गरी उनका भाइ र उनलाई हुर्काउँदै आइन् । आमामाथिको बोझ कम गर्न

अनि परिवारलाई सुख दिने आशामा पराइसँग यात्रा तय गरेकी उनलाई ती युवकले फरक–फरक घरमा बन्दीझैं राखे । उनको शारीरिक शो’ष’ण गरेर

मानसिक रूपमा समेत विक्षि’प्त बनाए । ‘दिनभरि घरको काम गर्नुपर्ने । घर जान्छु भन्दा कु’टाइ खानुपर्ने,’ किशोरीले भनिन्, ‘उसले मलाई आफ्नो खुसीका लागि मात्र प्रयोग गर्‍यो ।’

अहिले उनको मानसि’क अवस्था कम’जोर भएको छ । कु’टपि’ट अनि ड’र–त्रा’सका कारण बेला–बेला झ’स्किने अनि रु’ने गर्छिन् ।

३ महिनापछि छोरीलाई भेट्दा आमाले खुसी प्रकट गरिन् । ‘सुरुमा घरबाट निस्किएकी छोरी आफ्नो खुसी खोजेर गई भनेर चित्त बुझाएँ,’ उनले भनिन्,

‘यसरी मर्नु न बाँच्नु भएपछि कसरी मनलाई रोक्न सक्थें ?’ छोरीले भारतबाट ‘आमा मलाई लिन आउनूस्, म दुः’खमा छु’ भनेपछि गाउँमा ऋण खोजेर छोरी लिन भारत पुगेको उनले सुनाइन् ।

भारतमा कार्यरत एक नेपालीले किशोरीलाई बन्दी बनाएर राखेको सूचना दिएपछि भारतीय प्रहरीले उनलाई राखिएको घरमा छापा मा’रेको थियो ।

उद्धारपछि किशोरीलाई सेल्टरमा राखिएको थियो । ति युवक भने अहिले भारतीय प्रहरीको नियन्त्रणमा छन् । भारतमा एक साताको

सरकारी प्रक्रिया पूरा गरेर छोरीलाई नेपाल फर्काउन पाउँदा मन ढुक्क भएको किशोरीकी आमाले बताइन् । ‘दुनियाले जे भनोस्, मेरी छोरी बाँचेर फर्की ।

मेरा लागि यही काफी छ,’ उनले भनिन्, ‘कसैका छोरीहरू यसरी कसैको लहडमा नफसून् ।’

कान्तिपुर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...