नेपाललाई अर्को डोज क्रा न्ति अनिवार्य……

काठमाडौं – 

हो, ‘अजम्मरी गाउँ’ मेरो पहिलो अनुवाद हो । ख्यालख्यालमै भएको पहिलो अनुवाद । खासमा ‘अजम्मरी गाउँ’ अनुवादको मेरो पहिलो पाठशाला हो ।

स्वनिर्मित पाठशाला । बिएको जाँच दिएर म काठमाडौँमा खाली बसेको थिएँ । असन–इन्द्रचोकतिर फाटफुट ट्युसन पढाउँथेँ । बाँकी समयमा गर्नलाई मसँग केही थिएन ।

संयोगवश, निरञ्जन गोविन्द दाइको भोटाहिटीको पसलमा एउटा उपन्यास फेला पर्‍यो– ‘द भिलेज द्याट उडन्ट डाई’ । लेखक रहेछन् न्युयेन न्होक, काका होची मिन्हको देशका तग’डा क्रा’न्ति–योद्धा । छापा’मार पृष्ठभूमि र अनुभवले सुस’ज्जित ।

सरल भाषाको त्यो उपन्यास मलाई औधी मन पर्‍यो । कथानक छ फ्रान्सेली उपनिवेशवाद वि’रोधी संग्रामको । लडा’कु छन् आँटिला र अथक वीर–वीराङ्गना सामान्य जनता ।

भियतनामीहरूसँग आदिम प्रकृतिका परम्परागत हतिया’र मात्र छन् । फ्रान्सेलीहरू छन् टुप्पीदेखि पैतालासम्म आधुनिक हति’यारले सज्जित । फ्रान्सेलीहरू भियतनामीहरूका आँगन क’ब्जा गर्न आएका छन् ।

भियतनामीहरू आफ्नो आँगन आफ्नो बनाउन ल’डिरहेका छन् । फ्रान्सेलीहरू अति’क्रमण र अन्यायका पक्षमा छन् । भियतनामीहरू छन्, मुक्ति र न्यायको पक्षमा । हाम्रो नेपाल पनि उँधोको विस्तारवादबाट पी’डित थियो ।

मिचाहा विस्तारवाद कहिले सीमास्तम्भ साथ्र्यो, कहिले दमपच पाथ्र्यो । कहिले पारिकाले वारिका हाम्रालाई लु’ट्थे, कहिले कु’ट्थे । विस्तारवादपी’डित नेपालीका लागि यो पुस्तक रोचक, प्रेरक र उपयोगी होला भन्ने लाग्यो मलाई ।

र लाग्यो, यो हाम्रो लाल अभियानमा एक उपयोगी पाठ पनि कसो नहोला ? बस्, अनुवाद कर्म सुरु भयो । प्रजापति प्रसाईं थिए मेरा कोठे सहभागी । उनको सुतीखेती थियो टुरिस्ट गाइड । उनमा लाल झुकाब र साहित्यमा रुचि थियो ।

उनी आफैँ त लेख्दैनथे तर लेख्नेहरूलाई उनी सहृदयी भावले प्रेरित र प्रोत्साहित गर्थे । वास्तवमा ती दिन म उनको आर्जनले पालिएको थिएँ । कोठाका सहबासीहरू मेरो अनुवादका दैनिक श्रोता थिए ।

प्रजापति प्रसाईं, विष्णु प्रसाईं, सूर्य कन्दङवा र भक्तराज कन्दङवा । तिनको हाई हाईले मलाई नित्य हौस्यायो र उपन्यासको अनुवाद सकियो । 

लहडैलहडमा अनुवाद त गरियो, अब यसलाई गर्ने के ? दिलदार मित्र शशी शेरचनले अनुवाद खुब मन पराए । उनले यो छाप्ने मनसुवाले साथीभाइहरूबाट आनासुकी बटुल्न खोजे । तर, जति बटुलियो, त्यो केवल हात्तीका मुखमा जिरोसरह भयो ।

शशी र मेरा एकजना साझा साथी थिए, ताप्लेजुङे केबी श्रेष्ठ । उनी थिए रेफ्रिजेटर मर्मतकर्ता । शशीले आग्रह गरेर हो वा उनको आफ्नै अन्तःप्रेरणाले हो म जान्दिनँ, केबीले अनुवाद छाप्न उनको रोलेक्स घडी बेचे ।

र यसरी यो अनूदित उपन्यासले प्रकाशनको उज्यालो देख्न पायो । त्यो परिवेश र त्यो संगतमा त्यसरी ‘अजम्मरी गाउँ’ अनुवाद भएर नछापिएको भए सायद म अनुवादक बन्ने थिइनँ । ‘द भिलेज द्याट उडन्ट डाई’को अनुवाद भयो र छापियो, र सुरु भयो मेरो अनुवाद कर्मको लामो यात्रा ।

मैले जति पुस्तक अनुवाद गरेँ, ‘अजम्मरी गाउँ’ ती सबैको जननी हो । योे जननीको जायजन्म नहुँदो हो त ती सबैको जायजन्म हुने थिएन । त्यसैले मेरा सबै अनुवाद ‘अजम्मरी गाउँ’को अनुवादप्रति कृतज्ञ छन् । 

यो ‘अजम्मरी गाउँ’ पचास वर्षपछि हालसालै पुनः प्रकाशित हुँदा तपाईंलाई कस्तो लागेको छ ? अनुवादमा पाँच दशक बिताइसक्नुभयो । अनुवादका मजा के रहेछ ?

अहिले पचास वर्षपछि यो अनुवादको चौथो संस्करण छापिँदा मेरो मनको एक छेउ प्रसन्न छ, मनको अर्को छेउ खिन्न छ । कथानकको ओज, शिल्पको आकर्षण र अनुवादको जेनतेन पठनीयताका कारण ‘अजम्मरी गाउँ’को संस्करणपछि संस्करण छापियो ।

तर, यसको जायजन्ममा जजसको प्रेरणा र योगदान थियो, ती कोही नै रहेनन् । काका होची मिन्ह रहेनन् । न्युयेन न्होक रहेनन् । प्रजापति प्रसाईं, सूर्य कन्दङवा र भक्तराज रहेनन् । अस्ति मात्र शशी शेरचन उर्फ स्वनाम साथीले पनि जीवन बिसाए ।

साथी केबी श्रेष्ठ दैहिक रूपले जीवितै छन्, तर विस्मरणको व्यथाले गर्दा उनी आफैँलाई धरि चिन्दैनन् । एउटा रोचक कुरा, विषय र शिल्पमा दम

भएको रचनाको आयु यसका प्रेरक, लेखक र अनुवादको भन्दा लामो हुँदो रहेछ । त्यसैले पो लेखक न्युयेन न्होकले उपन्यासको नाम ‘अजम्मरी गाउँ’ राखेका हुन् कि !

अँ, अनुवादको मजा अनुवाद गर्नुमै छ । जब मन परेको कृतिको निष्ठा र इमानसाथ अनुवाद गरिन्छ, त्यसबाट प्राप्त हुने मजा शब्दातीत छ । अनुवादमा अनुवादकले सिर्जनशील हल्काराको भूमिका निर्वाह गर्छ ।

र, एउटा भाषा र संस्कृतिको श्रेष्ठ रचना अर्को भाषा र संस्कृतिमा स्थानान्तर गर्छ । खासमा अनुवाद भाषा–भाषाबीच, संस्कृति–संस्कृतिबीच र जनता–जनताबीच

मितेरी साइनो गाँस्ने भावनात्मक, वैचारिक एवं सांस्कृतिक सेतु हो । यस्तो सेतुको निर्माणमा केही योगदान गर्न पाउनु अनुवादकका लागि कम मजाको कुरा होइन । जननयाँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...