दिदीलाई ५० रुपैयाँ दिइ भुलाएर….

काठमाडौं – 

बच्चा चोरी गरेको आरोपमा तीनजना प’क्रा’उ परेको छ । बिहीबार चो’री गरिएको बच्चासहित तीनजनालाई प्रहरीले प’क्रा’उ गरेको हो ।

बुधबार बेलुका ६ बजे जनकपुरधामको महराजसागर पाखरीबाट मोहमद अमिर राइनको सात महिने छोरा मोहमद अख्तर राइन सम्पर्क विहीन भएका थिए ।

सोही बच्चा चोरी गरिएको आ’रो’पमा प्रहरीले गणेशमान चारनाथ नगरपालिका १० डुमरीयाकी मनिषा देवी मुखिया, औरही गाउँपालिका १

पौडेश्वरकी किरण राम र महोत्तरी लोहरपट्टी नगरपालिका ४ का कृष्णकुमार यादवलाई पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो ।

बुधबार साँझतिर बच्चालाई पोखरीको डिलमा उनकी ६ वर्षीया दिदी एलिजा खातुन खेलाइरहेकी थिइन् । एलिजालाई बच्चा चोरी गर्ने मनिषा मुखियाले ५०

रुपैयाँ दिएर कुरकुरे किन्न पठाएर बच्चा लिएर भागेको धनुषाका प्रहरी नायव उपरीक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिए । प’क्रा’उ परेका अन्य दुई जना मुख्यिाकै मति’यार रहेको प्रहरी अनुसन्धानबाट खुलेको प्रहरीको दाबी छ ।

प्रहरीका अनुसार बच्चा लिएर भाग्ने बेला मुख्यिासँग रहेको अर्को दुई वर्षीया बच्चा किरण रामको जिम्मा लगाएर भागेका थिए । किरणसँग रहेको दुई वर्षीया बच्चा मुख्यिाको रहे/नरहेकोबारे अनुसन्धान भइरहेको छ ।

कृष्णा यादवले मुख्यिालाई १३ हजार रकम दिएको पनि खुलेको छ । कृष्णाले मख्यिालाई रकम दिई बच्चा चोर्न उक्साएको प्रहरीको भनाइ छ ।

प’क्रा’उ परेका तीनै जनामाथि प्रहरीले अप’हरण मु’द्दा चलाउने तयारी गरेको छ । बच्चालाई परिवारको जिम्मा लगाइएको छ ।यसअघि गएको पुस ७ गते

पनि धनुषा प्रहरीले बच्चा अपहरण गरेको आ’रोपमा जनकपुरधाम १६ का सुरेश ठाकुरलाई प’क्रा’उ गरेको थियो । उनले रासलाल मुख्यिाको

एक वर्ष दुई महिनाको छोरा कृष्णा मुख्यिालाई चो’री गरी भाग्दै गर्दा नगराइनस्थित नेपाल–भारतको सीमा नजिकबाट प’क्रा’उ गरेको थियो ।

अहिले प्रहरीले उनीमाथि पहरण तथा शरीर ब’न्ध’क मु’द्दा चलाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...