फागुन १ देखि गाडी भाडा बढ्ने, कुन ठाउँमा कति पुग्यो नयाँ भाडादर ?

पोखरा –

गण्डकी प्रदेश सरकारले सार्वजनिक सवारी साधन र ट्याक्सीको नयाँ भाडादर तोकेको छ । फागुन १ गतेदेखि लागू हुने गरी भाडा बढाइएको हो ।

भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्रालयले यसअघि नै प्रदेशमा २३ प्रतिशतसम्म भाडा समायोजन गर्ने निर्णय गरिकसकेको थियो ।

लामो दूरीको बसमा २३.५१ प्रतिशत र नगर बसमा २२.५५ प्रतिशत, ट्रकमा १४.५७ र जिपमा ५.५० प्रतिशत भाडा वृद्धि गरिएको थियो । तर, भाडा दर तोकिएको थिएन ।

माघ २७ गते राजपत्रमा सूचना प्रकाशन गरेर गण्डकी सरकारले सिटी बसमा पहलिो विन्दु (३ किमिसम्म) २० रुपैयाँ र त्यसपछि प्रतिकिमि २.५० रुपैयाा कामय गरेको छ ।

२० किमिभन्दा लामो रुटमा चल्ने सिटी बसले पनि २.५० रुपैयाा प्रतिकमिका दरले भाडा लिन पाउनेछन् । प्रदेशभित्र चल्ने बस प्रतिकिमि ३.१० रुपैयाँ कायम भएको छ । पक्की बाटोमा चल्ने जीपले प्रतिकिलोमिटरमा ५.५० रुपैयाँ भाडा हिसाव गरेर लिन पाउनेछन् ।

ट्रकहरुले प्रति किमि प्रति टन ११.७२ रुपैयाँ लिन पाउने गरी भाडा तोकिएको छ । ट्याक्सीमा १५ किमिसम्मको फ्लाडाउन (सुरुआती भाडा)बापत ८०सहित प्रति २०० मिटरको १० रुपैयाँ तय भएको छ ।

१५ किमिभन्दा बढीको यात्रा गर्दा प्रतिकिमि ३७.५ रुपैयाँ भाडा दर तय भएको छ । यसअघि पोखरामा शुरुआती भाडा १४ र त्यसपछिको भाडा ७ रुपैयाँ मात्रै थियो ।

संघीय सरकारले यसअघि नै २८ प्रतिशतसम्म भाडा वृद्धि गर्ने निर्णय गरिसकेको छ । यसअघि नै भाडादर समायोजन गरेको बागमती प्रदेशमा ट्याक्सीको

शुरुआती भाडा न्यूनतम ६० रुपैयाँ तोकिएको छ । बागमतीको २ सय मिटरको यात्रापछि ९ रुपैयाँ ८० पैसाका दरले भाडा थप हुनेगरी भाडादर निर्धारण गरेको छ ।

यो पनि : गत बुधबार ललितपुरको एकान्तकुनाबाट ट्याक्सी चढेर काठमाडौंको नयाँ बानेश्वर आएका सागर गौतमले मिटरमा उठेको भाडामा ५० रुपैयाँ थपेर तिर्न खोज्दा चालकले लिन मानेनन् ।

धेरै भाडा बढेको तर, नयाँ दरअनुसार सरकारले मिटर ‘सेट’ नगरिदिएको भन्दै ट्याक्सी चालकले थप दुई सय रुपैयाँ लाग्ने हिसाव सुनाए ।

‘नयाँ भाडादरअनुसार मिटर सेट भएको छैन, अलिकति थपिदिनुस् भनेपछि हुन्छ भनेर ट्याक्सी चढेको थिएँ,’ उनले  भने,’यति छोटो दूरीमा थप २०० रुपैयाँ दिनुपर्ने कुरा जायज लागेन, झग’डा नै गर्नुपर्‍यो ।’  ट्याक्सी चालकले अस्वी’कार गरेपनि थप १०० रुपैयाँ ट्याक्सीभित्र छाडेर उनी बाटो लागे ।

यसैपनि काठमाडौंमा मिटरमा गुड्ने ट्याक्सी भेटाउन मुस्किल छ । झन पछिल्ला दिनमा त मिटरमा नयाँ भाडादर सेट नभएको कारण देखाएर मोलमोलाइ नटुंग्याई अधिकांश ट्याक्सीहरु यात्रु नपसुन् भनेर ढोका ‘लक’ गरेर राख्छन् ।

यसले गर्दा यात्रु झनै ठगिने अवस्था बनेको छ । ट्याक्सी चालक र यात्रुबीच भाडा दरमा हुने विवाद बढेको छ । मिटरमा नचल्ने ट्याक्सीहरुले ठ’ग्ने थप बाहना पाएका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता सञ्जीव शर्मा दास दैनिक औसत ५० वाट ट्याक्सी बढी  भाडा लिएका कारण कार’वाहीमा परिरहेको बताउँछन् । ‘दैनिक ४८ देखि ५५ वटासम्म ट्याक्सी कार’वाहीमा परिरहेका छन्,’ उनी भन्छन्,’ठ’गी घट्न सकेको छैन, हामी बढी भाडा लिएकालाई लगातार का’रवाही अभियान चलाइरहेका छौं ।’

उनका अनुसार मिटर समायोजन नभएसम्म नयाँ भाडा दर लिन पाइँदैन । तर, अहिले सबैजसो ट्याक्सीले थप भाडा मागिरहेका छन् । त्यस्ता सबै ट्याक्सी ट्राफिकको का’रवाहीमा पर्न सकेका छैनन् ।

प्रदेशको निर्णय अष्पष्ट

२० पुसमा बाग्मती प्रदेश सरकारले काठमाडौं उपत्यका सहित बागमती प्रदेशमा चलिरहेका ट्याक्सीको भाडादर बढाउने निर्णय गरेको थियो । प्रदेशको श्रम रोजगार तथा यातायात मन्त्रालयले मन्त्री स्तरको निर्णयबाट ट्याक्सी भाडा बढाएको थियो ।

निर्णयअनुसार काठमाडौं उपत्यकामा ट्याक्सीको न्युनतम भाडा ६० रुपैयाँ (एक किलोमिटरसम्म)को तोकिएको छ । एक किलोमिटर पश्चात प्रत्येक २०० मिटरको यात्रामा ९ रुपैयाँ ८० पैसाका दरले भाडा थप हुने गरी निर्णय भएको थियो ।

निर्णयअनुसार ट्याक्सीहरुले पूर्ण रुपमा मिटर प्रयोग गर्नुपर्ने हो । त्यस्तै ट्याक्सी प्रयोग गर्नेबित्तिकै सेवाग्रहीलाई सवारी साधनको नम्बर, चालकको नम्बरसहितको विवरण अंग्रेजी र नेपालीमा भएको भिजिटिङ कार्ड दिनुपर्ने निर्णय प्रदेश सरकारले गरेको थियो ।

बढेको भाडादर ट्याक्सी व्यवसायी र चालकले आफैंले मिटरमा सेट गर्न पाउँदैनन् । नापतौल विभाग अन्तरगतको काठमाडौं कार्यालयले समायोजन भएको दरअनुसार मिटर सेट गरेर ‘सिल’ गर्नुपर्छ । यसलाई ‘मिटर समायोजन’ भन्ने गरिन्छ ।

नापतौल विभाग, काठमाडौं कार्यालयका प्रमुख मनिषकुमार दास प्रदेश सरकारले भाडादरबारे गरेको निर्णय अस्पष्ट भएको बताउँछन् । केही स्पष्ट पानुपर्ने विषयमा जवाफ मागिएको तर, अहिलेसम्म प्रदेश सरकारबाट पत्र नपाएको दासले बताए । सोही कारण मिटर समायोजनको काम थाल्न नसकिएको उनको प्रष्टीकरण छ ।

‘प्रदेश सरकारको निर्णयमा निर्णयमा रातमा लाग्दै डेढी (अतिरिक्त भाडा) के गर्ने भन्ने स्पष्ट छैन,’ उनले भने,’ट्याक्सी वेटिङ (जाम)मा बस्दा लाग्ने चार्ज के गर्ने भन्ने पनि स्पष्ट छैन ।’ यी विषयहरु स्पष्ट गर्न प्रदेशलाई अनुरोध गरिएपनि कुनै पत्र प्राप्त नभएको दासले बताए ।

पत्र आएपछि कार्यालयले सबै ट्याक्सीका लागि मिटर समायोजना गर्न आउने दिन तोकेर सूचना प्रकाशित गर्नेछ । दैनिक ४० देखि ५० वटा मात्रै ट्याक्सीका मिटरहरु समायोजन गर्न सकिने कार्यालय प्रमुख दासले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...