दुर्गा प्रसाइँको चुरीफूरी सकियो: सरकारले चाले यस्तो कडा कदम, त’ना’बमा प्रसाई !

काठमाडौं –

गृहमन्त्रालयको विशेष व्यक्ति सुरक्षा मापदण्ड विपरित नेपाल प्रहरीको सुरक्षागार्ड लिएर रवाफ देखाउँदै हिँडेका दुर्गा प्रसाई अब सुरक्षाकर्मी विहिन भएका छन् ।

झापाको बिएण्डसी मेडिकल कलेजका मालिक रहेका उनले आफूलाई धेरै ट्याक्स तिरेकै आधारमा व्यक्तिगत सुरक्षागार्ड दिइएको बताएका थिए ।

उनलाई नेपाल प्रहरीको एक कर्मचारी सुरक्षा गार्डको रुपमा दिएको थियो । उक्त समाचार सार्वजनिक भएपछि जिल्ला प्रशासन कार्यालय झापाले उनलाई दिएको प्रहरी फिर्ता गरेको हो ।

सरकारले दिएको प्रहरी बाहेक १० जना अन्य निजी सुरक्षा गार्ड लिएर हिँडेका उनले सुरक्षाकर्मी दु’रुपयोग गरेको पाइएको थियो । तत्कालिन केपी ओली सरकारले उनको सुरक्षाका लागि राष्ट्र सेवक नेपाल प्रहरी खटाएको थियो ।

यो पनि : झापास्थित बिएण्डसी अस्पतालका बारेमा एक सञ्चारमाध्यममा प्रकाशित समाचारको खण्डनका लागि अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले

पत्रकार सम्मेलन गरेर पत्रकारहरूलाई सार्वजनिक रूपमा ध म्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघले ग म्भी र ध्यानाकर्षण भएको जनाएको छ ।

महासंघ झापा शाखाका अनुसार कार्यकारी निर्देशक प्रसाईले अस्पतालबारे एक सञ्चारमाध्यममा आएको समाचारको खण्डन गर्न माघ १९ गते

पत्रकार सम्मेलनको आयोजना गरी पत्रकारहरूलाई सार्वजनिक रूपमा ठाडो ध म्की दिएका थिए । महासचिव रोशन पुरी द्वारा जारी विज्ञप्तिमा भनिएको छ,

कुनै पनि सञ्चारमाध्यममा सम्प्रेषित समाचारप्रति चित्त नबुझे या कुनै गुनासो रहे त्यस उपर कानुनी उपचार खोज्न सकिने प्रावधान र स्थापित पद्धति छ ।

यसलाई बेवास्ता गर्दै अस्पतालजस्तो संवेदनशील निकायका जिम्मेवार व्यक्तिबाट पत्रकारलाई सार्वजनिक रूपमा ठाडो ध म्की दिनु आ प त्ति जनक हुनुका

साथै प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता वि रो धी काम हो । महासंघ पत्रकारलाई पेसाप्रति हतोत्साहित र त्र सि त बनाउने गरी ध म्की दिनेलाई कानुनी का र बा ही गरी सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...