काठमाडौँ –
एमसीसी सम्झौता र चुनावी गठबन्धनको विषयमा सत्तारुढ गठबन्धनभित्र खटप’ट देखिएको समयमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भने स्थानीय चुनावलाई ध्यानमा राखेर दुई रणनीति अघि बढाएको छ ।
नेकपा र त्यसपछि एमाले विभा’जित भएपछि पुगेको क्ष’तिलाई माओवादी तथा अन्य दलका नेताहरुलाई प्रवेश गराएर पूर्ति गर्ने र सत्ता बाहिर रहेका विभिन्न दलहरुसँग
सहकार्य गरेर सत्तारुढ गठबन्धनलाई टक्कर दिने रणनीति अख्तियार गर्ने देखिएको छ । एमसीसीको विषयमा सत्ता गठबन्धनको
प्रमुख दल कांग्रेस तथा अन्य दलहरु नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी दुई कित्तामा देखिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी पारित गराउने पक्षमा देखिएका छन् भने माओवादी केन्द्र र एकीकृत समाजवादी परिमार्जन बिना एमसीसी पारित गराउन नहुने पक्षमा रहेका छन् ।
त्यसैगरी आसन्न तीनै तहको चुनावमा कुनै दलसँग गठबन्धन नगरी एक्लै प्रतिस्पर्धामा जानुपर्ने कांग्रेसभित्र मत बलियो बन्दै गएको छ । जसले चुनाव पुग्दासम्म गठबन्धन तोडिनसक्ने अनुमान कतिपयको छ ।
कांग्रेस जस्तै एमालेका नेताहरु औपचारिक प्रतिक्रिया दिँदा एक्लै चुनावी प्रतिस्पर्धा जाने बताउँँछन् । तर सत्तारुढ गठबन्धनलाई टक्कर दिनका लागि प्रमुख प्रतिपक्षी दल
एमालेले सहकार्यको संभावना बोकेका दलहरुसँग सम्पर्क बढाउन सुरु गरिसकेको छ । गत साता भएको राष्ट्रिय सभा चुनावबाट एमालेले
त्यसको संकेत पनि दिएको छ । मधेस प्रदेशमा राष्ट्रिय सभा चुनावका लागि एमाले र महन्थ ठाकुर नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी गठबन्धन भएको थियो ।
सत्तारुढ पाँच दलीय गठबन्धनमा संख्यात्मक रुपमा निकै बलियो अवस्थामा रहेको त्यस प्रदेशमा गरिएको गठबन्धनलाई कतिपयले तीनै तहको चुनावको पूर्वाभ्यास रुपमा हेरेका छन् ।
एमालेले लोसपासँग मात्रै नभएर राप्रपादेखि नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग पनि चुनावी सहकार्य गर्न चाहेको छ । राप्रपा र नेकपा जस्तो देशभर संगठन भएको र क्षेत्रीय रुपमा सक्रिय रहेका विभिन्न दलहरुसँग सहकार्य गर्न चाहेको छ ।
जसमा भर्खरै लोसपासँग छुटिएर नेपाल उन्मुक्ति पार्टी गठन गरेका रेशम चौधरी, हृदयेश त्रिपाठीको जनता प्रगतिशील पार्टी, सिके राउतको जनमत पार्टीसम्म रहेका छन् ।
एमाले प्रचार विभागमा उपप्रमुख विष्णु रिजाल पार्टीविरु’द्ध जारी गठबन्धनलाई कमजोर बनाउनका लागि अर्को गठबन्धन निर्माण हुने बताउँछन् । रिजाल गठबन्धन निर्माण गर्नु कार्यनीतिको एउटा पाटो भएको बताउँछन् ।
‘एमालेविरु’द्ध भैरहेको मोर्चाबन्दीलाई हरसंभव पराजित गर्नु पहिलो प्रयास हुन्छ । यो घेराबन्दीलाई कमजोर बनाउने हो । त्यसका लागि जुन-जुन शक्तिलाई लिएर जान सकिन्छ त्यसलाई साथमा लिएर जान्छौं ।
अन्यका विरु’द्ध भन्दा पनि आफ्नो अनुकुल हुने गरी गठबन्धन गर्ने हो’ रिजाललेे भने ‘जसको संकेत मधेस प्रदेशमा लोसपासँग राष्ट्रियसभा चुनावमा गरेका थियौं ।
अन्यत्र पनि संभव हुने शक्तिसँग हामी हातेमालो गर्छौं । जुन रुपमा असंवैधानिक कदम चाल्नका लागि गठबन्धन गरिएको छ त्यसलाई परास्त गर्नका लागि कदम चालिने छ ।’
पछिल्लो समयमा एमालेले विगतमा आफूसँग कुनै कुनै रुपमा जोडिएका शक्तिसँग सहकार्यलाई अघि बढाउन खोजेको छ ।
लोसपाका नेता जितेन्द्र सोनाल मिश्रित निर्वाचन प्रणाली रहेको नेपालमा चुनावहरुमा गठबन्धनकै राजनीति अघि बढ्ने बताउँछन् ।