मोदीलाई गान्धीले सोधे ओठतालु नै सुक्ने गरि यस्तो कडा प्रश्न, तनावमा गान्धी !

दिल्ली –

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई विपक्षी पार्टी काँग्रेस आईका नेता राहुल गान्धीले सीमा वि वा द बारे प्रश्न गरेका छन्।

गान्धीले ट्विटरमा भनेका छन्,‘चीनले मिराम तारोनलाई फिर्ता गरेको थाहा पाउँदा सान्त्वना मिल्यो। तर चीनले क ब्जा गरेको जमिन भारतले कहिले पाउने, प्रधानमन्त्री जी ?’

हालै चिनियाँ सेनाले भारतका १७ वर्षीय किशोर मिराम तारोनलाई अ प ह र ण गरेको खबर आएको थियो। त्यसपछि सीमा क्षेत्रमा चिनियाँ सेनाले उनलाई भारतीय सेनाको जिम्मा लगाएको छ।


पछिल्ला दिनहरुमा चिनियाँ सेनाहरु लद्दाखको सीमा क्षेत्रमा पुनः देखा पर्न थालेको समाचारहरु आइरहेका छन्।
भारतीय राज्य

अरुणाचललाई त चीनले दक्षिणी तिब्बत भन्ने गरेको छ। त्यहाँ चिनियाँ गाउँ बसाइएको खबर पनि आइरहेका छन्। यस सन्दर्भमा गान्धीले मोदीसँग सीमा क्षेत्रको वि वा द बारे प्रश्न गरेका हुुन्।

यो पनि : पाकिस्तानले भारतसँगको यु द्ध का लागि चीनले एसएच–१५ हावित्जर किनेको छ ।

हावित्जरलाई मुख्य रूपमा पहाडी क्षेत्रहरूमा भारत सीमामा तैनाथ गरिनेछ । चीनमा बनेको यस हतियारले १५५ एमएमको गोला हान्न सक्छ ।

यसलाई ट्रकको चेसिसमा जडान गरिएको छ । सजिलैसँग कम समय लगाएर यसलाई एक ठाउँबाट अर्को ठाउँसम्म लग्न सकिन्छ ।

पाकिस्तानले चीनसँग सन् २०१९ मा २३६ वटा एसएच-१५ १५५ एमएम हावित्जर किन्न सम्झौता गरेको थियो ।

त्यसमध्ये केही युनिट पाकिस्तानलाई चीनले दिएको छ । सन् २०१८ मा यो हावित्जर कराचीमा आयोजित डिफेन्स एक्सपोमा देखिएको थियो ।

पाकिस्तानले हावित्जरको परीक्षण कराचीको पहाडी क्षेत्रमा गरेको थियो । यसको रेन्ज ५३ किलोमिटर रहेको बताइन्छ ।

चीनको सरकारी हतियार कम्पनी नर्दन इन्डस्ट्रीज कर्पोरेसनले यो हतियार बनाएको हो । कम्पनीका अनुसार, यसलाई पहाडी क्षेत्र र दलदलमा समेत सजिलै उपयोग गर्न सकिन्छ ।

कतिपय रिपोर्टमा यसले आणविक गोला समेत प्रहार गर्न सक्ने दाबी गरिएको छ । तर विश्वसनीय स्रोतबाट यसको पुष्टि हुन सकेको छैन ।

पाकिस्तानले सन् १९८४ देखि नै सानो आकारका आणविक हतियार बनाउन शुरू गरेको हो ।

पाकिस्तानले चीनसँग भीटी–४ ट्यांक पनि किनेको छ । सन् २०२१ को अप्रिलबाट चीनले पाकिस्तानलाई यसको डेलिभरी शुरू गरेको थियो । तर अहिलेसम्म कतिवटा युनिट सुम्पिइसकेको हो भन्ने जानकारी छैन ।

पाकिस्तानभन्दा अघि थाइल्यान्ड र नाइजेरियाले चीनसँग यो ट्यांक किनेका थिए । गत सेप्टेम्बर महिनामा पाकिस्तानी सेनाले टिल्ला फील्ड फायरिङ रेन्जमा यस ट्यांकको परीक्षण गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...