सर्टिफिकेट धितोमा राखी हालसम्म १४८ जनाले लिए ऋण, यस्तो छ राष्ट्रबैंकको सहुलियतपुर्ण ऋण व्यवस्था

काठमाडौं –

सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम अन्तर्गत अहिलेसम्म एक लाख २९ हजार वटा कर्जा प्रवाह भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार

आर्थिक बर्ष २०७५÷०७६ मा कार्यक्रम सुरु भएयत्रा अहिलेसम्म एक लाख २९ हजार ६ सय ८० ओटा कर्जामार्फत दुई खर्ब ३१ अर्ब ४३ करोड रुपैया ख्ण स्वीकृत भएको छ ।

यसमध्ये एक करोड रुपैयाँ भन्दा धेरै कर्जा लिने ऋणीको संख्या एक हजार आड सय ९० रहेको छ । सहुलियपुर्ण कर्जामा प्रवाह भएको एक खर्ब ९८अर्ब ९२ करोड रुपैयाँ असुल हुन बाँकी रहेको बैंकले जनाएको छ ।

सहुलियतपुर्ण कर्जाका लागि सरकारले नौअर्ब ९२ करोड २१ लाख रुपैयाँ ब्याज अनुदान दिएको राष्ट्र बैंकले जनाएको छ । व्यावसायिक कृषि तथा पशुपंक्षि कर्जा अन्तर्गत अहिलेसम्म

५३ हजार सात सय ५५ ऋणीको एक खर्ब ४९ करोड रुपैयाँ ऋण स्विकृत भएको छ । यसमध्ये पाँच हजार नौ सय ९६ जनाले विना धितो तिनअर्ब ६२ करोड रुपैयाँ ऋण लगेका छन् । यो शिर्षकमा एक खर्ब २६ अर्ब ८१ करोड रुपैयाँऋण उठन बाँकी रहेको छ ।

प्रमाणपत्र धितो राखेर पाइने शिक्षित युवा स्वरोजगारकर्जा अन्तर्गत एक सय ४८ जनाको सात करोड ७८ लाख४३ हजार रुपैयाँ ऋण स्वीकृत भएको छ ।

यो शिर्षकबाट ६ करोड २२ लाख रुपैयाँ ऋण असुल हुन बाँकी रहेको छ । महिला उद्यमी कर्जा अन्तर्गत अहिलेसम्म ७३ हजार ७८ जना महिलाका

लागि ७६ अर्ब २८ करोड ३७ लाख रुपैयाँ ख्ण स्वीकृत भएको छ । यो शिर्षकको कर्जाबाट ६८ अर्ब करोड रुपैया उड्न बाँकी रहेको छ ।विदेशबाट फर्किएको युवा परियोजना कर्जा शिर्षकमा नौ सय २८

जना ऋणीले ७६ करोड ४२ लाख रुपैयाँ ऋण स्वीकृत भएको छ । यो शिर्षकको कर्जामा ६४ करोड ४६ लाख रुपैयाँ उठन बाँकी रहेको छ । दलित समुदाय व्यवसाय विकास कर्जा

अन्तर्गत एक हजार ७४ जनाको ७३ करोड ९४ लाख रुपैयाँ ऋण स्वीकृत भएको छ । यो शिर्षकमा ६३ करोड रुपैयाँ बाँकी कर्जा रहेको छ ।उच्च र प्राविधिक तथा

व्यावसायिक शिक्षा कर्जा अन्तर्गत एक सय ३८ जनाको चार करोड ५८ लाख रुपैया ऋण स्विकृकत भएको छ । यो शिर्षकमा तिन करोड ३३ लाख रुपैयाँ कर्जा बाँकी रहेको छ ।

भुकम्प पिडितको निजि आवास निर्माण कर्जा अन्तर्गत दुई सय २८ जनाले सात करोड ५५ लाख रुपैयाँ ऋण लिएकामा पाँच करोड आड लाख रुपैयाँ बाँकी कर्जारहेको छ ।

कपडा उद्योग सञ्चालनका लागि दुई सय ८२ ऋणीको चार अर्ब ११ करोड ९६ लाख रुपैयाँ स्वीकृत भएको छ । यो शिर्षकको कर्जामा दुई अर्ब ३६ करोड रुपैयाँउडन बाँकी रहेको छ ।

प्राविधिक तथा व्यवासयिक तालिम परिषदबाट मान्यता प्राप्त संस्थाबाट लिइने तालिमका लागि दुई जनाले चार लाख रुपैयाँ ऋण लिएकामा ७४ लाख १० हजार उठन बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ ।

देशमै उद्यमशिलता बढाउन र उत्पादन बढाएर आयात प्रतिसथापन गर्न भन्दै सरकारले २०७५ सालदेखि सहुलियतपुर्ण कर्जाका लागि ब्याज अनुदान कार्यक्रम थालेको थियो ।

संशोधन हुँदै गएको कार्यविधिअनुसार सहुलियपुर्ण ब्याजमा विभिन्न १० प्रकारका कर्जा पाइन्छ । यसरीदिइने सहुलियपुर्ण कर्जामा बैंक तथा वित्तिय संस्थाले आफ्नोआधार दरमा

दुई प्रतिशत बढी नहुने गरी ब्याज दर कायम गर्नुपर्ने तथा ब्याज,सुचना शुल्क, बिमा प्रीमियम र कर्जा सुरक्षण शुल्कबाहेक अरु शुल्कनपाइने व्यवस्था छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...