यस्तो विरता देखाई स्वर्ण पदक जितेका मुसाको आठ वर्षमा मृ त्यु

एजेन्सी –

वि स्फो ट क पदार्थ पत्ता लगाउने वीरतापूर्ण कार्यका लागि स्वर्ण पदक पाएको चर्चित मुसा मागावाको आठ वर्षमा मृ त्यु भएको छ ।

पाँच वर्ष लामो सेवामा मागावाले क्याम्बोडियामा जमिनमुनि बिछ्याइएको वि स्फो ट क पदार्थ पत्ता लगाएको थियो । बेल्जियमको संस्था अपोपोले वि स्फो ट क पदार्थबारे

मानिसलाई जानकारी दिने काममा तालिम दिएकोमध्ये त्यो सबैभन्दा कामयाव मुसा थियो । अपोपोले ‘अफ्रिकन जायन्ट पाउच’ प्रजातिको सो मुसाको गत सप्ताहान्तमा मृ त्यु भएको जनाएको हो ।

तान्जानियामा जन्मिएको मागावालाई एक वर्षको तालिमपछि क्याम्बोडिया पठाइएको थियो ।

क्याम्बोडियामा ६० लाख ल्याण्डमाइन, जमिनमुनि राखिएका वि स्फो ट क पदार्थ रहेको मानिन्छ । वि स्फो ट क पदार्थको रसायन सुँघ्ने तालिम पाएको मागावाले २० वटा फुटबल मैदानजत्रो जमिनलाई सफा गर्न सघाएको थियो ।

एक किलो २ सय ग्राम तौल र २८ इन्च लामो मागावा अन्य प्रजातिको मुसाको तुलनामा ठूलो भए पनि वि स्फो ट क पदार्थमाथि पर्दा पनि वि स्फो ट नगराउने तौलको थियो ।

मागावाले एउटा टेनिस मैदान जति जमिन २० मिनेटमा निरीक्षण गर्न सक्थ्यो, जुन कार्य गर्न मानिसलाई धातु पत्ता लगाउने यन्त्रको सहायताले एकदेखि चार दिन लाग्ने सक्थ्यो ।

सन् २०२० मा मागावालाई जीवन बचाउने कार्य गरेको भनेर पीडीएसए स्वर्ण पदक दिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...