एजेन्सि –
रुसले युक्रेनमाथि आ क्र म ण गरेमा उसलाई आर्थिक रुपमा ध्व स्त पारिने चे ता व नी अमेरिकाले दिएको छ । युक्रेनमा त ना व का बीच सोमबार जेनेभामा अमेरिका र
रुसका शीर्ष कुटनीतिक अधिकारीको बैठक हुने भएको छ । तर बाइडन प्रशासनले बैठक अगावै रुस युक्रेनबाट पछि नहटेसम्म कुनै सम्झौता नहुने स्पष्ट पारिसकेको छ ।
यदि रुस पछि नहट्ने हो भने अमेरिकाले युरोपमा आफ्नो रणनीतिक उपस्थिति बढाउने बाइडेन प्रशासनले जनाएको छ । यदि रुस पछाडि हटेमा बाइडेन प्रशासन युक्रेनमा
मि सा इ ल को तै ना थी र पूर्वी युरोपमा नेटोको सैन्य अभ्यासमा पनि कमी ल्याउने विषयमा रुससँग चर्चा गर्न तयार हुनेछ । बाइडेन प्रशासनले भनेको छ, ‘यदि रुसले युक्रेनमा ह म ला गरे रुसलाई
आर्थिक रुपमा ध्व स्त पारिने छ । अमेरिका र सहयोगी देशले केवल रुसको सरकारी संस्थामा कडा आर्थिक प्र ति ब न्ध मात्रै लगाउन होइन कि आर्थिक मोर्चामा घे रा ब न्दी गरेर उसलाई विश्वकै सर्वाधिक ख रा ब आर्थिक अवस्था भएको देशको श्रेणीमा पुराइने छ ।’
ठ प्प हुने छ रुसका उद्योग
अमेरिकाले उर्जा र उपभोक्ता वस्तुका साथै आधुनिक र विकसित विद्युतीय कम्पोनेन्ट, सफ्टवेयर प्रविधिको रुसमा हुने निर्यातमा प्र ति ब न्ध लगाउने छ ।
यस्तो भएको खण्डमा रुसले एकीकृत सर्किट र सम्बन्धित उत्पादन पाउने छैन । यसबाट रुसको एयरक्राफ्ट, मेसिन टुल्स, स्मार्टफोन, गेम कन्सोल, ट्याबलेट, टिभी, आर्टिफिसियल इन्टेलिजेन्स र क्वान्टम कम्प्यूटिङ जस्ता प्रविधि उद्योग ध रा सा यी हुनेछ ।
अमेरिकी अ भि व्य क्ति को जवाफ दिइरहेको छैन रुस
ह्वाइट हाउसका एक अधिकारीका अनुसार रुसको तर्फबाट हालसम्म जवाफ नआउनाले युक्रेनमा त ना व कम गर्नका लागि ह्वाइट हाउसको तर्फबाट टेलिफोनको
माध्यमबाट गरिएको पहल ख त रा मा परेको छ । अमेरिकाले रुसबाट युक्रेन सीमामा सैन्य उपस्थिति घटाउने आग्रह गरेको थियो । तर रुसले अझैसम्म पनि यसमाथि फैसला गरेको छैन ।
अधिकारीका अनुसार युक्रेनमा रुसी ह म ला भयो भने अमेरिकाले कदम उठाउने छ । रुसको माग अनुसार अमेरिका पूर्वी युरोपमा आफ्नो सैन्य उपस्थिति कम गर्ने अवस्थामा छैन ।