काठमाडौं –
चीनले आफ्नो मुलुकलाई ऋणको पासोमा पारेको आ’रो’प लगाउँदै श्रीलंकाका सांसद एवं पूर्वशिक्षा मन्त्रीले चिनियाँ राष्ट्रपतिलाई सनसनीपूर्ण पत्र लेखेका छन् । उनको पत्रले सो सम्झौता गरिसकेको नेपाल र नेपालीलाई पनि झ’स्का’एको छ ।
श्रीलंकाको सत्तारुढ दलका सांसद एवं पूर्वशिक्षा मन्त्री विजेयादसा राजापाक्षेले गत हप्ता चिनियाँ राष्ट्रपति सी जिनपिङलाई लेखेको पत्रमा बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गतको ऋण एवं परियोजनाबाट आफ्नो मुलुक ऋण पा’सो’मा परेको बताएका छन् ।
विजेयादसाले हालको सत्तारुढ दल र महिन्दा राजापाक्षेको नेतृत्वमा रहेका यसअघिका सरकारले श्रीलंकालाई बीआरआईअन्तर्गतको ऋण तथा परियोजनाको पा’सोमा पारेको पनि आरोप लगाएका छन् । त्यस्तै, कोलम्बो र बेइजिङबीच भएका सहमतिले भ्र’ष्टा’चा’रको मार्ग कोरेको पनि पत्रमा उल्लेख छ ।
यसबाहेक, चिनियाँ मित्रता साँचो र इमान्दारीपूर्ण बन्न छोडेको भन्दै बेइजिङले श्रीलंकालाई अन्य राष्ट्रसँगको शक्ति संघर्षमा शिकार बनाएर हिन्द महासागरीय क्षेत्रलाई अशान्त पारेको पनि पत्रमा उल्लेख छ ।
वित्तीय तथा मानवीय संकट गहिरिँदै गएपछि श्रीलंका सन् २०२२ मै टा’ट पल्टिने देखिएको छ । पछिल्लो समय श्रीलंकाको मुद्रास्फीति हालसम्मकै उच्च तहमा पुगेको छ । खाद्यान्नको मूल्य अकासिएको छ भने सरकारी कोष रित्तिएको छ ।
राष्ट्रपति गोटाभयाराजापाक्षले श्रीलंकामा आर्थिक सं’क’ट घोषणा गरेपछि अत्यावश्यक सामग्रीको व्यवस्था गर्न सेनालाई भनिएको छ । चामल, चिनी लगायतका सामग्री सरकारले तोकेको मूल्यमा बिक्री गरिएको छ तर यसले नागरिकको दुः ख कम गर्नेमा निकै कम आशा देखिएको छ ।
श्रीलंकाले चीनलाई चुक्ता गर्नुपर्ने ऋण थुप्रिएको छ भने विदेशी मुद्रा सञ्चिति दशकयताकै कम पुगेको छ । यसैबीच श्रीलंकाली सांसद तथा पूर्व शिक्षामन्त्री विजयदासा राजापाक्षले
चिनियाँ राष्ट्रपति सी चिनफिङलाई लेखेको पत्र सार्वजनिक भएको छ । श्रीलंका पोदुजना पेरुमाना पार्टीका सांसद राजापाक्षले श्रीलंकाका लागि चिनियाँ राजदूत काई झेन्होङमार्फत राष्ट्रपति सीलाई पत्र पठाएका हुन् ।
उनले लेखेको पत्रमा वर्तमान सरकारलाई प्रजातान्त्रिक पद्धतिबाट हटाइनुपर्ने पनि बताएका छन् । विगत १५ वर्षयता विभिन्न मुलुकसँग गरिएका सम्झौता पुनरावलोकन हुनुपर्ने र भ्र’ष्टा’चा’र र ठ’ग प्रवृत्तिलाई हटाइनुपर्ने पनि सांसद राजापाक्षेको माग छ । ४५ बुँदे पत्रमा राजापाक्षाले श्रीलंका चीनको ‘ऋणको पासो’मा परेको उल्लेख गरेका छन् ।
राजापक्षले १५ नम्बर बुँदामा भनेका छन्, ‘तपाईँले प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा उपलब्ध गराउनु भएको सहयोग ऋणकै रूपमा आएको छ । त्यो पनि ८ प्रतिशतसम्मको व्यावसायिक ब्याजदरमा ऋणका रूपमा आएको छ ।’
उनले नोरोच्चोलेई पावर प्लान्ट बाहेकका अन्य परियोजना फगत लगानी भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘ नोरोच्चोलेई पावर प्लान्टबाहेकका अन्य परियोजना बालुवामा पानी खनाएजस्तै हो र श्रीलंकालाई ऋणको पासोमा पार्ने नियतले आएको देखिन्छ ।’ त्यस्तै उनले विश्वशक्ति बन्नका लागि चीनले श्रीलंकाली अर्थतन्त्र नियन्त्रणमा लिन खोजेको पनि आरोप लगाएका छन् ।
त्यस्तै उनले चीनले बिनाटेन्डर र वातावरणीय प्रभाव मूल्यांकनबिना नै १ अर्ब डलरको लगानीमा भुक्तानी गरेको पनि बताएका छन् । त्यस्तै हम्बनटोटा बन्दरगाहमा उपस्थितिले यस क्षेत्रको भूराजनीतिक क्षेत्रमा चीनले कब्जा गर्न खोजेको देखिने पनि सांसद राजापक्षको आरोप छ ।
श्रीलंकाजस्ता साना देशहरू भारत, अमेरिका र युरोपजस्ता देशका कारण पीडित हुने पनि बताएका छन् । उनले अमेरिका एमसीसी र सोफाजस्ता सम्झौता र भारतले कोलम्बो इस्ट पोर्ट टर्मिनल प्रयोगको माग गर्दै श्रीलंकामा आफ्नो दबदबा बनाउन चाहेको पनि बताएका छन् ।
को भि ड–१९ को सं क्र म ण फैलिएयता श्रीलंकामा ५ लाखभन्दा बढी मानिस गरिबीको रेखामुनि पुगेका विश्व बैंकले अनुमान गरेको छ । ५ वर्ष लामो गरिबीविरुद्धको
मिहिनेतपछि श्रीलंका त्यतिका संख्याका नागरिकको जीवनस्तर उकास्न सफल भएको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार श्रीलंकाको मुद्रास्फीति दर गत नोभेम्बरमा हालसम्मकै उच्च अर्थात् ११.१ प्रतिशत पुगेको थियो ।
देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत योगदान पुर्याउने पर्यटन क्षेत्र ठप्प प्रायः भएपछि कम्तीमा २ लाख मानिसले रोजगारी गुमाएका विश्व यात्रा र पर्यटन परिषद्ले जनाएको छ ।
श्रीलंकाको अर्थतन्त्रका लागि सबैभन्दा ठूलो समस्या विदेशी ऋणको भार हो । चीनको मात्र श्रीलंकामाथि ५ अर्ब डलरभन्दा बढी ऋण छ । आर्थिक संकट गहिरिन थालेपछि गत वर्ष श्रीलंकाले चीनसँग थप एक अर्ब डलर ऋण लिएको थियो ।
आगामी १२ महिनामा श्रीलंका सरकार र निजी क्षेत्रले ७ अर्ब ३ करोड डलर घरेलु र विदेशी ऋण भुक्तानी गर्नुपर्नेछ । त्यसमाथि जनवरीमै तिर्नुपर्ने ५० करोड डलरको सरकारी बोन्ड पनि छ । तर गत नोभेम्बरसम्म श्रीलंकासँग विदेशी मुद्रा सञ्चिति भने १ अर्ब ६ करोड डलर मात्रै छ ।
अर्थशास्त्री हर्ष डिसिल्भाले जनवरीसम्ममा श्रीलंकासँग कुल विदेशी मुद्राको अवस्था ४३ करोड ७ लाख डलर ऋणात्मक पुग्ने र फेब्रुअरीदेखि अक्टोबरसम्म ऋण तिर्नका लागि कम्तीमा ४ अर्ब ८ करोड डलर आवश्यक हुने जनाएका छन् । ‘देश पूर्णरूपमा टाट पल्टिनेछ,’ उनले भनेका छन् ।
यो पनि : चीनका विदेश मन्त्री वाङ यीले कर्जा सं’क’ट र विदेशी मुद्राको अभाव झेलिरहेको श्रीलंकाको भ्रमण गरेका छन् । चीनको महत्वाकांक्षी परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बीआरई) अघि बढाउने उद्देश्यसहित यी श्रीलंका पुगेका हुन् ।
माल्दिभ्सको भ्रमणपछि शनिबार श्रीलंका पुगेका यीले त्यहाँका राष्ट्रपति गोटाबाया राजापाक्षे र प्रधानमन्त्री महिन्दा राजापाक्षेसँग छलफल गरेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन् ।
आज नै चिनियाँ लगानीमा निर्माण गरिएको चर्चित कोलम्बो पोर्ट सिटीबाट यी र प्रधानमन्त्री राजापाक्षेले सम्बोधन गर्ने बताइएको छ । आन्तरिक एवं वैदेशिक ऋण सं’क’ट र विदेशी मुद्रा सञ्चिती हालसम्मकै न्यून हुँदा श्रीलंकाको अर्थतन्त्र टाट पल्टिने जो’खि’ममा रहेका बेला चिनियाँ विदेशमन्त्रीले श्रीलंकाको भ्रमण गरेका हुन् ।
श्रीलंकाले गत वर्षको आर्थिक सं’कटसँग जुध्न लिएको १ अर्बसँगै चीनलाई ५ अर्ब अमेरिकी डलरभन्दा बढी ऋण तिर्न बाँकी छ । विशेषगरी चिनियाँ ऋणमा बनेको पूर्वाधारबाट राजस्व संकलन हुन नसक्दा श्रीलंकामा ऋण संकट देखा परेको हो ।
यसबाहेक, श्रीलंकामा हाल विदेशी मुद्रा सञ्चिती केबल १ अर्ब ६० करोड रहेको छ । जुन रकम केही हप्ता आयात गर्न मात्रै पुग्छ । विदेशी मुद्राको अभावका कारण आयातकर्ताले अत्यावश्यक वस्तु बोकेका कार्गो भित्र्याउन सकेका छैनन् भने उत्पादकले बाहिरबाट कच्चा पदार्थ ल्याउन सकिरहेका छैनन् ।
हालसम्मकै खरा’ब आर्थिक सं’कट सामना गरिरहेको श्रीलंकामा मुद्रास्फीति र खाद्यान्नको मूल्य आकाशिँदा समेत जनजीवन निकै क’ष्टकर बनेको छ । पछिल्लो सं’कटमा को भि ड-१९ को महामारी र यसबाट पर्यटन क्षेत्रमा परेको असरको समेत हात रहेको छ ।