काठमाडौं –
२०२० को जून महिनामा भारतीय र चिनियाँ सैनिकबीच हिं स्र क झ ड प भएको ग ल वा न उपत्यकामा चीनले नयाँ वर्षको अवसरमा आफ्नो झण्डा फहराएको छ ।
यो घटनाको भिडियो सार्वजनिक भएपछि भारतमा राजनीतिक ह ल च ल बढेको छ । ओपन सोर्स स्याटेलाइट इमेज र गुगल अर्थका साथै यो क्षेत्रको म्यापिङ एनालिसिसमा खुलासा भए अनुसार यो स्थान पट्रोल प्वाइन्ट १४ बाट करिब १.४ किलोमिटरको दूरीमा छ ।
पट्रोल प्वाइन्ट १४ त्यही स्थान हो जहाँ २०२० को जून १५ मा भारतीय र चिनियाँ सैनिकबीच हिं स्र क झ ड प भएको थियो ।
यो झ ड प मा २० जना भारतीय सैनिक मारिएको भारत सरकारले आधिकारिक वक्तव्यमा जानकारी दिएको थियो । चीनले आधिकारिक रुपमा आफ्ना ५ जना
सैनिक मा रि ए को बताएको छ तर भारत, अमेरिकी इन्टेलिजेन्स लगायतले भने अझै धेरै मारिएको बताएका छन् । अहिले चीनले झण्डा फहराएको क्षेत्रलाई लिएर भारतले चीन
लगातार अगाडि बढिरहेको आ रो प लगाउने गरेको छ । यो लामो समयदेखि चलिआएको वि वा द हो । चीनले झण्डा फहराएको भिडियो सामाजिक संजालमा
आ क्रा म क सन्देशका साथ पोस्ट गरिएका छन् । सामाजिक संजालमा गरिएका भिडियोले राजनैतिक बहस तीब्र भएको छ । ग ल वा न मा भारतको यथास्थितिप्रति
भारतभित्रै च र्को प्रश्न उठेका छन् । कांग्रेस नेता राहुल गान्धीले यस विषयमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग जवाफ मागेका छन् ।