काठमाडौँ –
संयुक्त राज्य इमिरेट्स (यूएई)का राजकुमार मोहम्मद विन जायद अल नाहयानले यूएईमा अप्ठ्यारोमा परेका नेपालीको सम’स्या लिएर सिधै आफूकहाँ आउन यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकाललाई आग्रह गरेका छन् ।
‘यूएईको विकास र समृद्धिमा नेपालीको ठूलो योगदान छ । नेपालीले पुर्याएको योगदानको कदर गर्दछु,’ राजदूत ढकाल समक्ष आफ्नो निजी मजलिसमा भएको भेटमा भने,
‘नेपाली साँचिक्कै अप्ठ्या’रोमा परेको अवस्थामा सिधै मलाई भेट्न आउनू । नेपालीलाई परेको अप्ठ्या’रोलाई समाधान गर्न म हरपल तयार रहनेछु ।’
सन् २०१४ मा यूएईका अध्यक्ष खालिफ अल नाहयान स्वास्थ्य अवस्था बिग्रि’एदेखि नै राजकुमार मोहम्मद विन जायद अल नाहयानले शासकीय बागडोर समाल्दै आएका छन् ।
यूएईको नीतिलाई दैनिक कार्यान्वयन गर्न उनी आफैं सक्रिय छन् । उनी यूएई सैन्य शक्तिका सहायक सर्वोच्च कमाण्डर पनि हुन् ।
राजकुमार नाहयानले यूएईमा कार्यरत नेपाली सहितको आप्रवासी श्रमिकलाई अझ सुरक्षित र मर्यादित बनाउन आफू हरदम तयार रहेको बताए । उनले आफू नेपालीको इमानदारिता र स्नेहबाट प्रभावित रहेको पनि बताए ।
भेटमा राजदूत ढकालले राजकुमार नाहयानलाई नेपाल भ्रमणको पुन: स्मरण गराएका छन् । तीन वर्षअघि राष्ट्रपति विद्यादेवि भण्डारीले नेपाल भ्रमणको लागि निम्तो दिएकी थिइन् ।
‘हामी अहिले को भि ड वि रु द्ध ल डि रहेका छौं । यसलाई सबै मिलेर परास्त गरौं । म नेपालको भ्रमण अवश्य गर्नेछु’, नाहयानको भनाइ उद्धृत गर्दै ढकालले भने ।
राजदूत ढकालले कोभिड विरुद्ध लड्नको लागि यूएई सरकारले पुर्याएको सहयोगप्रति धन्यवाद दिएका थिए । युएईले आधुनिक स्तरको एक सय ५० वटा भेन्टिलेटर सहित स्वास्थ्य सामग्री नेपाललाई पठाएको थियो । कान्तिपुरबाट