जनतालाई कम खान किमको आदेश, कारण थाहा पाउदै विश्व समुदाय नै चकित !

एजेन्सि –

२०२२ मा उत्तर कोरियाका तानाशाह किम जोङ उनले देशको मुख्य लक्ष्य आर्थिक विकास भएको बताएका छन् ।

यसैबीच परमाणु हतियारको विकासका विषयलाई लिएर अमेरिकाले प्रतिबन्ध लगाएका कारण उत्तर कोरिया खानेकुराको अभाव झेलिरहेको छ । 

यहीकारण किमले नयाँ आदेश जारी गरेका छन् । जसमा भनिएको छ, कम खानु । उत्तर कोरियाको सरकारी मिडियाका अनुसार कोरिया वर्कर्स पार्टीको बैठकमा किमले यो विषयमा जानकारी दिएका हुन् ।

तर देश विकाको मामिलामा उनी अझै आशावादी रहेका छन् । उनले भने, ‘अब देशमा कारखाना बनाउने काम हुनेछ र जनताको जीवनस्तरमा सुधार ल्याइने छ । यो समय देश जिन्दगी र मृत्युको अवस्थासँग जुझिरहेको छ ।’

मिडियाले किमको नयाँ तस्बिर सार्वजनिक गरेको छ । त्यसमा उनी पहिलेको तुलनामा काफी दुब्लो देखिएका छन् ।

सरकारी अधिकारीका अनुसार देशमा भोजनको कमी मध्यनजर गर्दै किमले आफ्नो खानेकुरा पनि कमी गरिदिएका छन् । यसले आफ्नो अवस्था सामान्य भएदेखि नै जनतालाई पनि कम खाने आदेश दिएका हुन् ।

यो पनि : गायक राजेशपायल राईमाथि अमेरिकामा भएको अ’भ’द्र व्यवहारको अमेरिकामा रहेका कलाकारहरुले निन्दा गरेका छन् ।

गायक राईमाथि शुक्रबार न्युुयोर्कमा एक सांगीतिक कार्यक्रमका क्रममा पासाङ दावा शेर्पा नाम गरेका व्यक्तिले अ’भ’द्र व्यवहार गरेका थिए ।

अमेरिकामा रहेका कलाकारहरुले दोषीलाई का’र’बा’हीको दायरामा ल्याउन जोडदार माग समेत गरेका छन् । स्टेजमा गीत गाइरहेको समयमा राजेशपायलमाथि शेर्पाले हा’त’पा’त गरेका थिए ।

उनको घाँटी निमोठ्दै उनीमाथि स्टेजमा शेर्पाले दु’र्व्य’व’हा’र गरेका थिए । आयोजकले घटना सामान्य भएको भन्दै ढाकछोप गर्न खोजेको विषयलाई समेत अमेरिकामा रहेका कलाकारहरुले भर्त्सना गरेका छन् ।

नेपाली सांगीतिक क्षेत्रका चर्चित हस्तीहरुले समेत गायक राईमाथि भएको दुर्व्यवहारको कडा शब्दमा निन्दा गरेका छन् ।

यस्तै, गायिका निशा सुनार अध्यक्ष रहेको नेपाली अमेरिकन कलाकार संघले पनि गायक राईमाथि भएको आ’क्र’म’णको भर्त्सना गरेको छ । उनीहरुले दो’षीलाई कडा भन्दा कडा का’र’बा’ही गर्न माग गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...