काठमाडौं –
अफ गा नि स्ता नका पूर्वराष्ट्रपति असरफ घनीले ‘देशमा वि ध्वं स नहोस् भन्ने चाहेर आफू भागेको’ बताएका छन् । ता लि बा न वि द्रो ही हरूले देशका प्रमुख सहरहरूलाई नियन्त्रणमा लिएर राजधानी घेरेपछि घनी देश छोडेर भागेका थिए ।
ता लि बा न ले गत अगस्टमा अफ गा नि स्ता नको शासनसत्ता हातमा लिएका हुन् । अगस्ट १५ का दिन बिहान बिउँभिँmदासम्म त्यो दिन आफू अफ गा नि स्ता नमा रहने अन्तिम दिन हुनेमा कुनै संकेत नपाएको दाबी गरे ।
बीबीसी रेडियोसँग कुराकानी गर्दै उनले अन्तिम अवस्थासम्म पनि आफू देश छाड्ने पक्षमा नरहेको बताए । देशलाई अलपत्र अवस्थामा त्यागेका भन्दै उनको त्यतिबेला निकै आलोचना भएको थियो । उनी हाल संयुक्त अरब इमिरेट्स (यूएई) मा छन् ।
ता लि बा न ल डा कु हरूले त्यतिबेला राजधानी प्रवेश नगर्ने प्रतिबद्धता जनाएका तर पूरा नगरेका घनीको भनाइ छ । ‘दुईतर्फबाट ता लि बा न का दुई भिन्न समूह राजधानीतर्फ अघि बढेका थिए,’
घनीले भने, ‘उनीहरूसँगको द्व न्द्व ले ५० लाख मानिसहरू रहेको सहर ध्वस्त हुने अवस्था थियो ।’ जसका कारण आफूले राष्ट्रिय सुरक्षा सल्लाहकार र पत्नी कारमा का बु ल छाड्न तयार भएको बताए ।
तर कारको प्रबन्ध हुन नसकेपछि आफू हेलिकोप्टर चढेको उनको दाबी छ । ‘हेलिकोप्टर नउड्नुसम्म मैले अफ गा निस्ता न छाड्दै छु भन्ने पनि मलाई थाहा थिएन,’ घनीले बताए ।
घनीले देश छाड्दा ठूलो रकम लिएर भागेको आरोप पनि अस्वीकार गरेका छन् । त्यसबारे आफू स्वतन्त्र अन्तर्राष्ट्रिय छानबिनका लागि तयार रहेको उनको भनाइ छ ।
‘म स्पष्ट रूपमा भन्न चाहन्छु, मैले कुनै पनि रकम देशबाहिर ल्याएको छैन,’ उनले भने, ‘मेरो जीवनशैली सबैलाई थाहा छ । पैसाले मैले के गर्ने?’
अन्तर्राष्ट्रिय समुदाय अ फ गा नि स्ता न मा रहिरहन्छन् भन्ने ठान्नु आफ्नो गल्ती भएको घनीले बताए । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प र ता लि बा न बीच भएको सम्झौताले नै ता लि बा न लाई सत्ता क ब्जा को बाटोमा उन्मुख गराएको उनको दाबी छ ।
‘शान्ति प्रक्रियाको साटो हामीले सैनिक फिर्ता प्रक्रिया सुरु गर्यौं,’ घनीले भने, ‘जुन सम्झौता भयो त्यसले हामीलाई मेटाइदियो ।’
ता लि बा न सँगको सम्झौतामा अमेरिका र उसका सहयोगीहरूले अफगा नि स्ता नमा तैनाथ फौजको संख्या घटाउन सहमति जनाएको थियो ।
त्यसका साथै कैदी साटासाट गरिएसँगै ता लि बा न अ फ गा न सरकारसँग वार्ता गर्न तयार भएको थियो । तर तोकिएको समयसम्म पनि वार्तामा कुनै प्रगति नभएपछि अमेरिकी राष्ट्रपति जो बाइडेनले सेप्टेम्बर ११ देखि सेना फिर्ता गरिसक्ने वाचा गरेका थिए ।