चीनलाई लिएर अमेरिकामा अचम्मको ‘आ तं क’, किन यसरी त र्सिँ दै छ न् अमेरिकी अधिकारी ?

अमेरिकाको हार्वर्ड विश्वविद्यालयको रसायनशास्त्र विभागका पूर्व प्रमुख चार्ल्स लाइबरलाई चीनद्वारा सञ्चालित भर्ती कार्यक्रमसँगको सम्बन्ध लुकाएकोमा दो षी ठहर गरिएको छ । यस घटनाले धेरैजनाको ध्यान आकर्षित गरेको छ ।

यसरी चिनियाँ कार्यक्रमसँग सम्बन्ध राख्नु अ प रा ध हैन तर लाइबरलाई अधिकारीहरू समक्ष झू टो बयान दिएको, ग ल त करदाखिला गराएको र चीनमा रहेको बैंक खाताको जानकारी नदिएकोमा कसूरदार ठहर गरिएको छ । 

तत्कालीन ट्रम्प प्रशासनले चाइना इनिसिएटिभ नामक अभियान शुरू गरेपछि सन् २०२० मा लाइबर प क्रा उ परेका थिए । उक्त कदम मार्फत अमेरिकी सरकारले फेडरल ब्युरो अफ इन्भेस्टिगेसनलाई ह ति या र बनाएर अमेरिकाका विद्वान र वैज्ञानिकहरूलाई तारो बनाउन खोजेको हो ।

ती वैज्ञानिकहरूले विज्ञान तथा प्रविधिको क्षेत्रमा गुप्तचरी गर्न सक्ने जोखिम रहेको सरकारको आकलन छ । उनीहरूलाई चीनसँगको सानतिनो र वैध सम्पर्क राख्दा समेत अभियोजन गर्ने गरिएको छ ।

लाइबर गोरा अमेरिकी हुन् । तर चाइना इनिसिएटिभले चिनियाँ मूलका अमेरिकी विद्वानहरूको आ क्रा म क प्रोफाइल तयार पारेको अनि मक्कार्थीको जस्तो चरित्र देखाउँदै कम्युनिस्ट वि रो धी त्रा स फैलाउँदै वैध अनुसन्धान र विद्वत् कार्यमा क्षति पुर्‍याएको भन्दै व्यापक आलोचना गरिएको छ ।

फाइनान्सियल टाइम्सको चिनियाँ संस्करणका प्रधानसम्पादक वाङ फङले यस घटनाक्रमलाई ऐतिहासिक क्षणका रूपमा वर्णन गरे । उनले लेखे, ‘अमेरिकामा कमै मात्र चिनियाँ अमेरिकी प्राज्ञिकहरूले सुरक्षित अनुभव गर्नेछन् ।’

चीनसँग सम्बन्धित सबै कुराले हिजोआज अमेरिकामा पागलपन, उन्माद र विवेकहीनता छाउने गरेको छ । चीनका मानिस वा प्राविधिक उत्पादन सबैलाई अमेरिकाले गुप्तचरीको स्रोत मान्ने गरेको छ जुन शी त यु द्ध को सोच हो । 

चीनले विज्ञान तथा महत्त्वपूर्ण प्रविधिको क्षेत्रमा अमेरिकालाई उछिन्ला भन्ने चिन्ता नै यस पागलपनको मुख्य कारण हो । चीनले प्रविधि चो रे र नै प्रगति गरिरहेको हो भन्ने ग ल त तथा जातिभेदी अनुमानका साथ अमेरिकाले आ क्र म ण गरिरहेको हो । 

यही अवसरवादी र ग ल त मनसायको शंकामार्फत सबै कुरा हेर्ने गरिएको छ । चिनियाँ विद्यार्थीहरूलाई कम्युनिस्ट पार्टीले जासूसी र चोरी गर्न पठाएको आ रो प ट्रम्पका परराष्ट्रमन्त्री माइक पम्पेओले एकपटक लगाएका थिए । अमेरिकालाई बेचिएका चीनमा बनेका भूमिगत (सबवे) ट्रेनलाई अमेरिकी सिनेटरहरूले जासूसी ट्रेन नाम दिएका थिए ।

त्यसैगरी प्रत्येक चिनियाँ प्रविधि कम्पनीमाथि जासूसीको आ रो प लगाइएको छ, चाहे त्यसमा प्रमाण होस् कि नहोस् । मानवअधिकार उ ल्लं घ न को कार्डले काम नगरेमा राष्ट्रिय सुरक्षामाथिको ख त रा को कार्ड खेल्ने गरिएको छ अनि त्यसैका आधारमा चिनियाँ कम्पनीहरूमाथि लगाइने प्र ति ब न्ध लाई जायज ठहर्‍याउने गरिएको छ । 

तर सामान्य शंकाको भरमा विद्वानहरूलाई तारो बनाउने काम धेरै खतरनाक छ किनकि यसको वि’ना’श’का’री मानवीय असर पर्छ । यो वाशिङटनको ग’म्भी’र त्रु’टि र ग’ल’त आकलन हो । चीनसँग जोडिएका सबै प्राज्ञिक र विदल्वानहरूलाई कलंकित पार्ने तथा एउटै डालोमा राखेर उनीहरू सम्भावित जासूस तथा प्रविधि चोर भन्नु चरम पूर्वाग्रह तथा जातिभेदी कुरा हो ।

यो उनीहरूको क्षमताको अवमूल्यन पनि हो । चिनियाँ मूलका व्यक्तिका लागि अमेरिका श त्रु ता पूर्ण समाज बनेमा उनीहरू अमेरिकी संस्थाबाट टाढिनेछन् । संसारको पहिलो अर्थतन्त्रका रूपमा अमेरिकाले गरीब मुलुकहरूबाट भइरहेको ब्रेन ड्रेनको फाइदा उठाइरहेको छ ।

विकासशील मुलुकका टाठा, प्रतिभाशाली र विभिन्न उपलब्धि हासिल गरेका मानिस प्राकृतिक रूपमा अवसर पाइने ठाउँतर्फ आकर्षित हुन्छन् । त्यसले गर्दा उनीहरू जन्मेको मुलुकलाई बेफाइदा हुन्छ र तिनको आर्थिक विकास सुस्त बन्छ । 

क्षमतावान मानिसहरूको आप्रवासनबाट इतिहासमै सबभन्दा धेरै फाइदा लिने मुलुक अमेरिका हो अनि चीनले पनि त्यसमा ठूलो योगदान गरेको छ । लाखौं चिनियाँ विद्यार्थीहरूले अमेरिकामा पढेको कम्युनिस्ट पार्टीले ठूलै ष ड्य न्त्र अन्तर्गत पठाएको भएर हैन, बरू उनीहरूलाई चीनमा उपलब्ध नभएको शैक्षिक सम्भावना अमेरिकामा पाइएर हो ।

राष्ट्रपति सी चिनपिङकी छोरी समेत हार्वर्ड विश्वविद्यालयमा पढेकी हुन् । त्यसले आफैं धेरै कुरा भन्छ, हैन र ? सन् २००६ देखि २००८ सम्म विज्ञान र इन्जिनीयरिङमा विद्यावारिधि सकेका ९० प्रतिशत चिनियाँ विद्यार्थीहरू अमेरिकामै बस्न रुचाउनु आश्चर्यको कुरा हैन ।

चीनका विश्वविद्यालय र उद्योगहरू विश्व मञ्चमा थप प्रतिस्पर्धात्मक भइरहे पनि अमेरिका नै यसको सबभन्दा ठूलो लाभार्थी भएको कुरा तथ्यपरक छ । मक्कार्थीका नयाँ अनुयायीहरूले त्यो प्रवेशद्वार बन्द गर्न खोजिरहेका छन् ।

अहिले अमेरिकामा विज्ञान तथा प्रविधिको क्षेत्रमा स्नातकोत्तर अध्ययन गर्ने चिनियाँ विद्यार्थी हुनु भनेको अधिकारीहरूको निगरानीमा पर्नु र सताइनु हो अनि जासूसको आरोप खेप्नु हो । 

ट्रम्प प्रशासनले चिनियाँ विद्यार्थीहरूलाई उम्दा स्नातकोत्तर कोर्सहरूमा रोक्नका लागि विभिन्न ब न्दे ज लगाएको थियो । लाइबर प्र क र ण ले त्यसलाई थप त्रा स द बनाएको छ ।

अमेरिकामा विज्ञान विषयको प्राज्ञिक हुनु र चीनसँग कुनै किसिमको सम्बन्ध हुनु तपाईंलाई दो षी ठहर्‍याउन पर्याप्त छ, चाहे तपाईंले कुनै अ वै ध काम गर्नुभएको नहोस् ।

त र्सा उ न र अमेरिका आउनबाट रोक्नका लागि जानाजान यसो गरिएको हो । निर्दोष साबित नहुन्जेल दो षी मान्ने सोचको उपज हो यो । यस प्रक्रियामा निर्दोषलाई चो ट पुर्‍याउने उद्देश्य लिइएको छ । चीनसँग जोडिएको प्राज्ञिकका लागि अमेरिका ड र ला ग्दो ठाउँ बनेको छ ।

उनीहरू अब कहाँ जान्छन् त ? अन्य धेरै पश्चिमी मुलुकहरूले पनि अवसर दिने गरेका छन् तर तीमध्ये धेरैजसोले त्यही मक्कार्थीवाला सोच पाल्ने गरेका छन् तर त्यसलाई धेरै अभिव्यक्त गर्दैनन् । जर्मनीको कम्पनीमा काम गर्ने एकजना वैज्ञानिकलाई आधारहीन शं का गरिएको छ र उनी चीन फर्कन चाहन्छन् ।   

अमेरिकाको आत्मघाती ग ल्ती यही हो : कम्युनिस्टको हौवा पिटाएर उसले क्षमतावान मानिसहरूलाई देशबाट धपाउँदै चीन पठाएको छ । त्यसले गर्दा बेइजिङलाई उच्च प्रतिभाशाली कामदारहरू राख्न झन् सहज बनेको छ । अमेरिकाको दबाबका कारण चीनले प्रविधि क्षमतालाई बढाइरहेको बेलामा यसो भइरहेको हो । 

चीनसँगको श त्रु ता लाई चर्काउने सुरमा अमेरिकाले आफूलाई एक्ल्याइरहेको र क्षति गरिरहेको ताजा उदाहरण यस पछिल्लो घटनाले प्रस्तुत गरेको छ । अमेरिकाले अन्य मुलुकका क्षमता तथा नवप्रवर्तनलाई आकर्षण गरेर आफूलाई विशिष्ट बनाइरहेको हो ।

ठूलो संख्यामा प्रतिभाशाली भारतीयहरू सिलिकन भ्यालीमा काम गरिरहेका छन् । तर अहिले अमेरिका संसारका सबभन्दा प्रतिबद्ध तथा शिक्षित मानिसहरू अर्थात् चिनियाँहरूका लागि ढोका बन्द गर्न खोज्दैछ । 

ट्रम्पले अपनाएको जातिभेदी सोचबाट सं क्र मि त यस नीतिलाई त्यतिखेर राम्ररी पर्गेलिएको थिएन किनकि चीन वि रु द्ध कठोर देखिने चलन चलेको थियो । तर यसले अमेरिकालाई दीर्घकालीन रूपमा कथित प्रविधि चोरीभन्दा बढी घाटा लगाउने निश्चित छ । 

– आरटी डट्कममा प्रकाशित टम फाउडीको विश्लेषण विन्देश दहालले भावानुवाद गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...