चीनले बनायो अ प रा धी पहिचान गर्न सक्ने यस्तो मेसिन !

एजेन्सी

चीनले अ प रा धी लाई अ भि यो ग लगाएर स जा य दिन सक्ने आर्टिफिसियल इन्टेलिजेन्स जडित मेसिनको विकास गरेको छ ।

अनुसन्धानकर्ताले आर्टिफिसियल इन्टेलिजेन्स सहितको मेसिनले कुनै त्रु टि बि ना अभियोग लगाई अ प रा धी लाई द ण्डि त गर्न सक्ने बताएका छन् ।

उक्त मेसिनले राष्ट्र वि रो धी मानिसको पहिचान गर्न सक्ने र बयान सुनेपछि अ प रा धी लाई कानुन अनुसार स जा य तोक्न सक्ने दावी गरिएको छ ।

अ प रा धी लाई स जा य सुनाउन सक्ने एआई मेसिन शाङ्घाइको पुडोङ पिपुल्स प्रोटेक्टरेटले विकास र परीक्षण गरेको हो । यो मेसिनले डेस्कटप कम्प्युटरमा समेत काम गर्न सक्ने समाचारमा उल्लेख छ ।

मौखिक बयान दिएपछि अ भि यो ग लगाउन र स जा य सुनाउन सक्ने एआई मेसिनको सफलता दर ९७ प्रतिशतभन्दा बढी रहेको पनि अनुसन्धानकर्ताको भनाइ छ ।

साउथ चाइना मर्निङ पोष्टका अनुसार सन् २०१५ देखि २०२० सम्मका १७ हजारभन्दा बढी मु द्दा बाट संकलित सूचनाका आधारमा एआई मेसिनलाई तालिम दिइएको थियो ।

मेसिनले क्रेडिट कार्डको अनधिकृत प्रयोग, चोरी, कुटपिटजस्ता सामान्य अ प रा ध मा मानिसलाई स जा य तोक्न सक्ने समाचारमा उल्लेख छ ।

चीनका अभियोजनकर्ताले २०१६ देखि नै एआईको प्रयोग गर्दै आएका छन् । हाल कतिपय वकिलले प्रयोग गर्दै आएको ‘सिस्टम २०६’ले प्रमाणको सामर्थ्य विश्लेषण गर्न, परिवेशको मूल्याङ्कन गर्न र सन्दिग्धबाट उत्पन्न हुने जोखिम जाँच गर्न सक्छ ।

तर, हाल प्रयोगमा रहेका एआई टुल्सले निर्णय गरी अभियोग लगाउन र सजाय दिन सक्दैनन् । निर्णयका लागि सम्बन्धित सूचनालाई नछुटाइकन जटिल भाषालाई गणितीय ढाँचामा बदल्न सक्ने मेसिन चाहिन्छ र पछिल्लो मेसिनसँग यस्तो क्षमता रहेको समाचारमा उल्लेख छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...