Advertisement

बेइजिङका स म्भ्रा न्त उत्साहित हुँदा वासिङ्टनका किन नि रा श ? खुल्यो चकित हुने यस्तो कारण

Advertisement

एजेन्सि –

ग्रेग ट्रेभर्टन अमेरिकाका सबैभन्दा घागडान पूर्वानुमानकर्ता कहलिन्थे। अमेरिकी गुप्तचर निकायहरुलाई नीतिनिर्मातासँग गाँस्ने संस्था नेसनल इन्टेलिजेन्स काउन्सिलको प्रमुख छँदा उनले हरेक चार वर्षमा प्रकाशित हुने सरकारी ‘ग्लोबल ट्रेन्ड्स रिपोर्ट’ तयार गरेका थिए।

२०१७ को उनको रिपोर्टले ‘बढ्दो असमानता’ र ‘अत्यन्त ध्रुवीकृत राजनीति’ जस्ता अमेरिकाका केही कमजोरीहरु रहेको स्वीकार गरेको थियो। तर, आशावादी हुँदै रिपोर्टले निष्कर्ष निकालेको थियो– ‘अमेरिकाको समावेशी आदर्श उसको अत्यन्त ठूलो फाइदा हो।’

त्यसयता चार वर्ष बितिसकेको छ। ट्रेभर्टन अहिले प्राज्ञिक क्षेत्रमा सक्रिय छन्। तर, अहिले उनको दृष्टिकोण उतिबेलाको भन्दा नाटकीय रुपमा नि रा शा ज न क छ।

गतसाता उनले करेन ट्रेभर्टनसँग संयुक्त रुपमा ‘गृ ह यु द्ध नजिकिँदैछ’ शीर्षकको लेख छपाए। अमेरिकामा रिपब्लिकन र डेमोक्रेटिक पार्टीलाई मत दिने दुई क्षेत्रबीच चरम विभाजन आइसकेकाले कुनै न कुनै प्रकारको फुट अवश्यंभावी रहेको तर्क लेखले गरेको छ।

सो विभाजन शान्तिपूर्ण हुनसक्छ र ‘एउटा निकै खुकुलो संघ’ का रुपमा रहन सक्छ। र, त्यो हिं सा त्म क पनि हुनसक्छ। ट्रेभर्टनद्वयले अशुभ संकेत गर्दै लेखेका छन्ः ‘डेमोक्रेटहरुसँग भन्दा रिपब्लिकनहरुसँग ब न्दु क हुने सम्भावना दोब्बर छ।’

कोही एक जनाको मात्र यस्तो दृष्टिकोण भएको भए त्यसले खासै ठूलो अर्थ राख्दैनथ्यो। तर, अमेरिकाका अरु प्रमुख विश्लेषकहरु यनि यस्तै अन्धकारमय निष्कर्षमा पुग्दैछन्।

अर्को महिना युनिभर्सिटी अफ क्यालिफोर्नियाकी बारबरा वाल्टरको ‘हाउ सिभिल वार्स स्टार्ट’ नामक पुस्तक प्रकाशित हुँदैछ। उनी यो विषयकी प्रमुख विज्ञ मानिन्छिन्। उनको तर्क छ– हिं सा त्म क आन्तरिक द्व न्द्व को संघारमा रहेका मुलुकहरुको स्थिति जस्तो छ, अमेरिकाको स्थिति पनि त्यस्तै छ। 

राजनीतिक हिं सा का विषयमा केन्द्रित नभएका विद्वानहरुको धारणा समेत झनझन् नि रा शा जनक बन्दै गएको छ। समाज विज्ञानका प्रवृत्तिहरुलाई नियाल्ने न्युयोर्क टाइम्सका टमस एड्सलले गतसाता लेखेका छन्–

‘राजनीतिशास्त्रीहरु अमेरिकामा परम्परागत लोकतान्त्रिक मूल्यमान्यता पहिलेकै अवस्थामा फर्किन असम्भव नभए पनि अत्यन्त कठिन हुँदै गएको छ भन्ने तर्क गर्दैछन्।’

यस्तो खालको चिन्ता र उदासी डेमोक्रेटहरुमा मात्र सीमित छैन। डेमोक्रेटभन्दा बढी रिपब्लिकनहरु अमेरिकाको लोकतन्त्र ख त रा मा रहेको बताउँछन्।

यसमा २०२० को चुनावमा आफ्नो पक्षमा आएको नतिजा खोसिएको डोनाल्ड ट्रम्पको दाबी प्रतिबिम्बित भएको छ। दक्षिणपन्थी अमेरिकीहरुमाझ गृ ह यु द्ध को चर्चा पनि व्यापक मात्रामा हुने गरेको छ। सिनेटर टेड क्रुजले गत महिना टेक्सस राज्य संघबाट अलग्गिन सक्ने बताए।

ट्रम्पको कार्यकालमा राष्ट्रिय सुरक्षा परिषदमा काम गरेका माइकल एन्टोनले हालै आजको अमेरिकालाई गृ ह यु द्ध हुनुअघिको अमेरिकासँग तुलना गरेका छन्। ‘त्यो यु द्ध को पूर्वसन्ध्यामा भन्दा आज अमेरिकीहरु बढी विभाजित छन्,’ उनको तर्क थियो। 

अमेरिकी सम्भ्रान्तहरुमा रहेको चरम नि रा शा अमेरिकाको राष्ट्रिय अधोगतिको आम भावनासँग पनि जोडिएको छ। रिपब्लिकन र डेमोक्रेटहरु एकाध विषयमा मात्र सहमत छन्।

त्यस्तै विषयमध्ये एक हो– अब अमेरिकाले चीनलाई एक ग म्भी र र ख त र ना क प्रतिस्पर्धीको रुपमा व्यवहार गर्नुपर्छ। भर्खरैसम्म धेरैजसो अमेरिकीहरुको सोच के थियो भने अरु स म स्या जेसुकै हुन्, प्रविधिको क्षेत्रमा अमेरिका चीनभन्दा एक कदम अगाडि रहनेछ। 

तर, अब त्यो पनि सुनिश्चित छैन। हावर्ड युनिभर्सिटीका ग्राहम एलिसन र गुगलका पूर्वप्रमुख कार्यकारी एरिक स्मिटले पछिल्लो लेखमा भनेका छन्– ‘प्रविधिमा चीनले चाँडै नै अमेरिकालाई पछि पार्नेछ।’

अमेरिकामा छाएको यस्तो निराशाले चिनियाँ सम्भ्रान्तहरुमा भने ठिक विपरीत भावना उरालिरहेको छ। उनीहरु विश्वस्त हुँदैछन्– जुनसुकै क्षेत्रमा अमेरिकाले भन्दा चीनले राम्रो गरिरहेको छ।

र, अन्ततः विश्वको महाशक्तिका रुपमा चीनले अमेरिकालाई विस्थापित गर्नेछ। हालैको एक भाषणमा चिनियाँ नेता सी चिनफिङले घोषणा गरे– ‘पूर्व उदाउँदै छ र पश्चिम अस्ताउँदै छ।’

को भि ड–१९ म हा मा री का कारण ८ लाख अमेरिकीले ज्यान गुमाए। जबकि चीनमा मृ त क को संख्या ५ हजारमुनि रह्यो। चिनियाँ व्यवस्था उत्तम छ भन्ने प्रमाणका रुपमा बारम्बर यो तथ्यलाई उल्लेख गर्ने गरिन्छ। 

बेइजिङ र वासिङ्टनबीचको आधिकारिक संवादहरुमा पनि चीनको बढ्दो आत्मविश्वास पोखिन थालेको छ। गत मार्च महिनामा अलास्कामा अमेरिकी र चिनियाँ कूटनीतिज्ञबीच बैठक भएको थियो।

सो बैठकमा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केनले जब हङकङ र ता इ वा न को विषयमा चीनको भर्त्सना गरे, तब उनका चिनियाँ समकक्षी याङ चिचीले नाटकीय रुपमा ब्लिन्केनलाई झपारे– ‘चीनलाई तल पारेर बोल्ने हैसियत अमेरिकासँग छैन।’

अन्य व्यवस्थाभन्दा चिनियाँ प्रणाली श्रेष्ठ छ भन्ने सरकारी भनाइले चीनजस्तो बन्द समाजमा वास्तवमै आत्मविश्वास बढाउँछ या बढाउँदैन, जान्न कठिन छ। सी चिनफिङका आलोचकहरु प्रायः जे ल पर्छन्।

वुहानमा के भएको थियो भन्ने विषयमा सरकारी भाष्यमा शं का गर्ने चाङ चानलाई चार वर्षको जे ल स जा य सुनाइएको छ। तर, बेइजिङभन्दा बाहिर धेरै घुमेका विदेशी पर्यवेक्षक तथा पत्रकारहरुले कम्युनिस्ट पार्टीका कार्यकर्ता र आम मानिसमा पनि केन्द्र सरकारकै जस्तो आत्मविश्वास र राष्ट्रवाद देखिएको जनाएका छन्। 

अमेरिकी लोकतन्त्रको सं क ट र नि रं कु श शक्तिहरुको बढ्दो आत्मविश्वासको यो सम्मिश्रणले १९३० को दशकको सम्झना दिलाउँछ। त्यसबेलाको ‘द ग्रेट डिप्रेसन’ले अमेरिका र अन्यत्रका थुप्रैलाई उदार लोकतन्त्र साह्रै कमजोर छ भन्नेमा विश्वस्त तुल्याएको थियो।

अर्कोतिर सोभियत संघ, मुसिलोनीको इटली र नाजी जर्मनीका एकदलीय शासनले भने आफूहरु उत्कृष्ट भएको घोषणा गरेका थिए। तर, यथार्थमा १९३० को दशकका निरंकुश शक्तिहरुको बाहिरी छवि जति चम्किलो भए पनि भित्र उनीहरुले ग म्भी र स म स्या

लुकाएर राखेको खुलासा भइछाड्यो। जबकि अमेरिकाको बाहिरी कमजोरीले भित्री शक्तिलाई छोपेको थियो। जो अझै पनि अमेरिकालाई विश्वको राजनीतिक स्वतन्त्रताको रक्षक मान्छन्, उनीहरुले त्यो इतिहास दोहोरिने आशा गर्नुको विकल्प छैन। 

(फाइनान्सियल टाइम्सबाट)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...