बेइजिङ –
चीनले संसारकै तेस्रो ठूलो वायु सैन्य बल तयार गरेको छ।
चीनको पिपुल्स लिवरेसन आर्मी एयर फोर्स (पीएलएएएफ) र पिपुल्स लिवरेसन आर्मी नेभी (पीएलएएन)ले संसारकै तेस्रो ठूलो वायु सैन्य बल तयार गरेको हो ।
दक्षिण चीन सागरमा अमेरिकी सेनाको बढ्दो उपस्थितिलाई मध्यनजर राख्दै आफूले सो तयारी गरेको चीनको दाबी छ।
अमेरिकी रक्षा विभागद्वारा नोभेम्बरमा जारी वार्षिक प्रतिवेदनले चीनले दक्षिण एसियाकै ठूलो र संसारको तेस्रो ठूलो वायु रक्षा बल तयार गरेको जानकारी दिएको हो।
विभागका अनुसार ड्रोन र ट्रेनर विमानबाहेक पीएलएएएफ र पीएलएएनसँग हालः हाराहारी २८ सय सैन्य विमान छन्।
जसमध्ये २२ सय ५० लडाकु विमान हुन् भने ६ सय विमान फोर्थ जेनेरेसन जेट विमान हुन्। लामो दूरीसम्म वायु शक्ति ओगट्न, आ क्रा म क र रक्षात्मक कार्यको लागि चीनले वायु क्षमता तयार गरेको विभागको रिपोर्टमा उल्लेख छ।
हालसम्म संसारमा सबैभन्दा ठूलो वायु सेना बल अमेरिकासँग छ भने दोस्रो ठूलो वायु सेना बल रुससँग छ।
इराकको सुरक्षित क्षेत्रमा दुईवटा रकेट प्र हा र
बग्दादः इराकको राजधानी बग्दादस्थित सुरक्षित क्षेत्रमा दुईवटा रकेट प्रहार भएका छन्। बग्दादस्थित अमेरिकी दूतावासलाई लक्षित गर्दै सो क्षेत्रमा आइतबार बिहानै दुई वटा रकेट प्र हा र भएका हुन्।
स्थानीय मिडियाका अनुसार अमेरिकी दूतावास सहित इराकका अधिकांश सरकारी कार्यालय भएको ग्रिन जोन क्षेत्रमा आइतबार बिहानै दुई वटा रकेट प्र हा र भएका हुन्।
जसमध्ये एउटा रकेटलाई सी र्याम डिफेन्स प्रणाली मार्फत् न ष्ट गरिएको छ भने दोस्रो रकेट नजिकैको क्षेत्रमा खस्दा दुईवटा कारमा क्ष ति पुगेको छ।
यद्यपि सो रकेट प्र हा र बाट अन्य क्ष ति भने नभएको बताइएको छ। रकेट प्र हा र किन र कसले गरेको भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ।