गु ण्डा ग र्दी पृष्ठभूमिका गणेश लामा यति धेरै लोकप्रिय मत सहित कांग्रेस केन्द्रीय सदस्यमा विजय

काठमाडौं –

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत आइतबार खुला ३५ केन्द्रीय सदस्यको मत परिणाम सार्वजनिक भएको छ । शनिबार र आइतबार दुई दिनसम्म भएको मतगणनाको आइतबार साँझ मतपरिणाम सार्वजनिक भएको हो ।

खुल्ला ३५ केन्द्रीय सदस्यका लागि भएको निर्वाचनमा ९९ जना उम्मेदवार रहेका थिए । त्यसमा १६ जना पहिलो पटक केन्द्रीय सदस्य बनेका छन् भने १९ जना पुरानै अनुहार दोहोरिएका छन् ।

केन्द्रीय सदस्यमा निर्वाचित नयाँ अनुहारमा अधिकांश चर्चित युवा नेताहरु छन् । निर्वाचित हुनेमा अधिकांश नेपाल तरुण दल र नेपाल विद्यार्थी संघको नेतृत्व गरिसकेका नेताहरु छन् ।

पहिलो पटक केन्द्रीय सदस्य बन्नेमा उदयशमशेर राणा, रामहरि खतिवडा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दनराज काफ्ले, गुरु बराल रहेका छन् ।

त्यस्तै राजीव ढुंगाना, सञ्जयकुमार गौतम, गोविन्दराज पोखरेल, दिनेश कोइराला, मदनबहादुर अमात्य, अजयबाबु शिवाकोटी पनि पहिलो पटक केन्द्रीय सदस्य बनेका हुन् ।

केन्द्रीय कार्यसमितिमा नयाँ अनुहारमा उमेशजंग रायमाझी, कृष्णकिशोर घिमिरे र मोहन आचार्य रहेका छन् । केन्द्रीय सदस्यमा सर्वाधिक मतसहित निर्वाचित राणा तरुण दलका पूर्वअध्यक्ष एवं संविधान सभा सदस्य हुन् ।

खतिवडा पार्टी राजनीतिबाटै आएका नेता हुन् भने बस्नेत तरुण दल अध्यक्ष हुन् । काफ्ले नेविसंघका पूर्वमहामन्त्री हुन् भने बराल नेविसंघका पूर्वउपाध्यक्ष हुन् । त्यस्तै ढुंगाना नेविसंघका अध्यक्ष हुन् ।

गौतम बर्दियाका निवर्तमान जिल्ला सभापति हुन् । पोखरेल राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष हुन् । अमात्य कांग्रेस ललितपुर जिल्लाका निवर्तमान सभापति हुन् ।

शिवाकोटी पत्रकार हुन् भने रायमाझी नेविसंघबाट पार्टी राजनीतिमा आएका हुन् । त्यस्तै लामा तत्कालीन फोरम लोकतान्त्रिकबाट नेपाली कांग्रेसमा आएका हुन् । घिमिरे कांग्रेसको आमन्त्रित केन्द्रीय सदस्य हुन् भने आचार्य रसुवाबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

यस्तै विजय कुमार गच्छदार निकट गणेश लामा काँग्रेस केन्द्रीय सदस्यमा विजयी भएका छन् । आइतबार सम्पन्न खुला केन्द्रीय सदस्यको मतगणनाअनुसार काभ्रेका लामा केन्द्रीय सदस्यमा विजयी भएका हुन् । 

उनले १७८२ मत पाएर विजय हासिल गरे । उनी गच्छदारको कोटामा शेरबहादुर देउवा प्यानलबाट केन्द्रीय सदस्यको उम्मेदवार रहेका थिए ।

गच्छदार भने उपसभापतिमा दुई मतले पराजित भएका थिए भने उनले पुनः मतगणनाको माग गर्दै आएका छन् । लामाको विगत भने वि वा दा स्प द रहेको छ । उनी गु ण्डा ग र्दी को आ रो प मा मुछिँदै आएका थिए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...