काठमाडौं – उनी नेपालमा छिन् र उनलाई फेरि अस्ट्रेलिया जान पाउने हो या होइन भन्ने पीरले असाध्यै सताएको छ । न उनको मेलबर्नस्थित कलेजमा सुरु भएको पढाइ सक्किएको छ न त उनले त्यहाँ जानका लिएको ऋण नै तिरिसकेकी छन् ।
“पढाइ सकेर काम गर्छु, पैसा कमाउँछु र ऋण तिर्छु भन्ने योजना थियो । तर सीमा बन्द भएकाले सबै योजना प्रभावित भयो । अब फेरि भिसा पाइन्छ कि पाइँदैन भन्ने चि न्ताले निन्द्रै बिथोलिसक्यो,” शेर्पाले भनिन्।
सन् २०२० को मार्चमा हजुरबुवाको नि ध न भएपछि आपत्कालीन बिदा लिएर उनी नेपाल आएकी थिइन् । नेपाल आएको एक महिना नबित्दै को रो ना भा इ र सको स ङ्क्र म ण फैलियो। अस्ट्रेलियाले स ङ्क्र म ण नियन्त्रणका लागि सीमा ठप्प पार्यो। शेर्पा नेपालमै रहिन्।
“हरेक दिन समाचार हेर्थेँ। अस्ट्रेलियामा भएका साथीहरू र कन्सल्टेन्सी सञ्चालकहरूलाई सोध्थेँ- सीमा कहिले खुल्छ ?,” उनले भनिन्,”सीमा खुल्नु अघि मेरो भिसा सकियो ।”
दुई वर्षदेखि ठप्प सीमा खुल्ने, नखुल्ने अन्यौलता
झन्डै दुई वर्षदेखि ठप्प अस्ट्रेलियाको सीमा डिसेम्बर १ तारिख देखि खुला गरिने बताइएको थियो। तर विश्वका विभिन्न देशमा को रो ना भा इ र स को नयाँ भेरिअन्ट ओमिक्रन पुष्टि भयो।
नयाँ भेरिअन्ट फैलने जो खि म न्यून गर्न त्यहाँको सरकारले सीमा खोल्ने निर्णय पुनः स्थगन गर्यो । जसका कारण हतारहतार हवाई यात्राका लागि टिकट खरिद गरेका विद्यार्थीहरू फेरि अन्योलमा परे।
विद्यार्थीसँगै कन्सल्टेन्सी र ट्राभल कम्पनी सञ्चालकहरू पनि मा र मा परे। उक्त अन्यौलता चिर्दै डिसेम्बर १३ बुधवार अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले फेसबुक स्ट्याटस लेखे ।
जसमा डिसेम्बर १५ तारिखदेखि अन्तर्राष्ट्रिय विद्यार्थी, जनशक्ति लगायतका लागि सीमा खुला गर्ने जनाइएको छ। प्रमुख स्वास्थ्यकर्मीहरूसँगको सल्लाहमा दुवै मात्रा खोप लगाएकाहरूले प्रवेश गर्न दिइने उल्लेख गरिएको छ।
“प्रधानमन्त्रीले नै पुष्टि गरे पनि म ढुक्क हुन सक्दिनँ। त्यसैले हतारहतार टिकट काट्ने भूल गर्दिनँ। भोलि कुनै ठाउँमा स ङ्क्र म ण दर बढ्यो भने तत्काल सीमा बन्द भएको खबर आउनसक्छ,” २० वर्षीय राजेश चौलागाईँ भन्छन्।
उनले डिसेम्बर १ मा टिकट काटेकाहरूले यात्रा रोकिएपछि पैसा फिर्ता लिन भोगेको झमेला नजिकबाट देखेका छन्। त्यसैले केही समय उत्साहित नभई अवस्था अवलोकन गर्ने योजना रहेको सुनाए।
चौलागाईँ अध्ययनका लागि सिड्नी जाने तयारीमा थिए। सन् २०२० को मार्चमा भिसा लाग्यो र केही दिनमै हवाई टिकट समेत खरिद गरे। जानुअघि को भि ड-१९ को स ङ्क्र म ण फैलियो र टिकट र द्द गर्न बाध्य भए।
“त्यस वर्ष जुलाईमै जान पाउँछु भन्ने थियो। तर डेल्टा भेरिअन्ट देखियो। र यस वर्षको ज्यानुअरीसम्म कुनै सम्भावना देखिएन, त्यसैले यतै काम गर्न थालेँ,” उनले भने।
कलेजले अनलाइनमार्फत कक्षामा सहभागी हुन भनेको थियो। तर उनले आफ्नो पढाइ सन् २०२२ को शैक्षिक सत्रमा सार्न आग्रह गरे। कलेजले उनको आग्रह स्वीकार गर्यो जसका कारण तिरिसकेको अध्ययन शुल्क खेर गएन।
“तर समय खेर गयो। रकम रोक्का भयो, जुन अरू काम गर्न वा यतै पढ्नका लागि खर्च गर्न सकिन्थ्यो।” काठमाण्डूकी २० वर्षीय आरिया श्रेष्ठ डिसेम्बर ८ मा सिड्नी जाने तयारीमा थिइन्।
सीमा बन्द भएपछि टिकट शुल्क फिर्ता लिने तयारीमा थिइन् तर पुनः सीमा खुलेको खबर आयो। अब उनी आउँदो २८ तारिख नेपालबाट उड्ने योजना बनाइरहेकी छिन्।
भिसा लागेका विद्यार्थीहरू छिट्टै जानु उचित
शैक्षिक परामर्श केन्द्रहरूको सङ्गठन एजुकेसनल कन्सल्टेन्सी एसोसियसन नेपालका अध्यक्ष प्रकाश पाण्डे भिसा लागेका विद्यार्थीहरूले यात्रा तय गर्नु उचित देख्छन्।
पाण्डे भन्छन्,”अब पर्खनुभन्दा उचित को भि ड-१९ बाट जोगिएर र यसलाई व्यवस्थापन गर्दै अघि बढ्नु पर्छ। यसबाट भागेर हुँदैन।”
उनका अनुसार सन् २०२० को मार्च महिनादेखि हालसम्म करिब ४,००० नेपाली विद्यार्थी भिसा पाएर पनि नेपालमै छन्। ती विद्यार्थीसँगै अभिभावक समेत आर्थिक एवम् मानसिक द बा व मा परेको उनी बताउँछन्।
“लामो समय सीमा बन्द हुनुले आर्थिक क्ष ति त पुर्यायो नै, मानसिक त ना व पनि निम्तियो। अब चाहिँ हातमा भिसा बोकेका ती विद्यार्थी १५ देखि २० दिनसम्ममा अस्ट्रेलिया पुग्ने निश्चित छ,” उनले भने। सन् २०१८ र २०१९ मा प्रत्येक वर्ष करिब १५,५०० नेपाली विद्यार्थी अस्ट्रेलिया गएको उनको दाबी छ।
“नेपालमा करिब ४,००० हजार शैक्षिक परामर्श केन्द्र छन्। तीमध्ये ७०० देखि ८०० ले विद्यार्थीलाई अस्ट्रेलिया पठाउँछन्। उनीहरू जान नपाउँदा सेवा शुल्कबाट सञ्चालित परामर्श केन्द्रहरू पनि मा र मा पर्नु स्वाभाविक हो,” पाण्डेले भने। “अब चाहिँ बिस्तारै लयमा फर्कन्छौँ भन्ने आशा जागेको छ।”
म हा मा री पछि टिकट फिर्ता गर्नेको लर्को
अस्ट्रेलियाली प्रधानमन्त्री मोरिसनको फेसबुक स्ट्याटस सार्वजनिक भएपछि पुतलीसडक स्थित रोयल ट्राभल्सका कर्मचारीले फुर्सद नपाएको सञ्चालक प्रकाश पाण्डेले सुनाए।
“हिजोसम्म टिकटको पैसा फिर्ता लिने वा यात्रा पुन: निर्धारण गर्नेहरूको लर्को थियो । आज सिट खोज्दै सम्पर्क गर्नेहरू बढेका छन्,” उनले बताए।
उनको कार्यालयबाट मात्रै एक सातामा करिब १५० जनाले टिकटको पैसा फिर्ता लिने वा नयाँ समयका लागि उडान तय गरेका छन्। त्यस्तै म हा मा री यता उक्त सङ्ख्या १,००० सम्म भएको सुनाउँछन्।
पाण्डे भन्छन्,”हामीले पनि सिट बुकिङका लागि रातभर जागै बसेर काम गरेका थियौँ। पटकपटक ‘सीमा बन्द’ भन्ने खबर थला परेको व्यवसाय नउठ्ने सङ्केत थियो। अब यो पटक त्यस्तो नहोस् भन्ने कामना गरिरहेको छु,” उनले भने।
अब टिकटको पैसा फिर्ता लिएकाहरूले नयाँ टिकट काट्नु पर्नेछ भने फिर्ता नलिएकाहरूले यात्राका लागि नयाँ मिति र समय तय गर्नुपर्नेछ।
चि न्ता मु क्त परामर्शदाता
अप्टिमस ग्लोबल एजुकेसन कन्सल्टेन्सीका निर्देशक असीम मैनाली भिसा लागेर पनि अस्ट्रेलिया जान नपाएका विद्यार्थी सरह आफूहरू पनि चि न्ता मा रहेको सुनाउँछन्।
आर्थिक लगानी गरेका अभिभावक र पढाइ प्रभावित विद्यार्थीहरूले प्रत्यक्ष प्रश्न परामर्शदातालाई नै गर्ने भएकाले अस्ट्रेलियाको सीमा खुल्नु आफ्नो चासोको विषय भएको उनी बताउँछन्। मैनाली भन्छन्, “अभिभावकहरू पैसा फिर्ता मगाइदिन द बा व दिनुहुन्थ्यो जुन धेरैको हकमा सम्भव थिएन।”
“सम्भव भएकाहरूको शैक्षिक सत्र नै सार्न सहयोग गर्यौँ। नभएकाहरू निश्चित पाठ्यक्रमको रकम तिरेर यतैबाट पढ्नु भयो। तर अब त्यो अवस्था बाँकी रहेन। उहाँहरू जान पाउनुहुन्छ।”
घुमफिर लगायत अन्य प्रयोजनका अस्ट्रेलिया जानेहरूभन्दा उच्च शिक्षा आर्जनका लागि जाने विद्यार्थीहरूको सङ्ख्या निकै बढी छ। त्यसैले अस्ट्रेलियाली प्रधानमन्त्रीको भनाइले नेपालमै रोकिएका विद्यार्थीहरू निकै खुशी देखिएका छन्।
“अस्ट्रेलियाका प्रधानमन्त्रीले फेसबुकमा स्ट्याटस राख्दा हामी दङ्ग पर्नु पर्ने दिन आयो,” दुई सातापछि सिड्नी जाने तयारी गरेकी रोशनी सुनुवारले भनिन्। बीबीसीबाट