एजेन्सी –
चीनले संसारकै सबैभन्दा तीब्र गतिको यात्रुवाहक विमान बनाउँदैछ । हा इ प र सो नि क प्रविधिमा आधारित यो जहाजले १० जना यात्रुलाई लिएर संसारको जुनसुकै ठाउँसम्म १ घण्टाभित्र पुग्न सक्छ ।
चीनले बनाएको प्रोटोटाइपमा एक जोडी ‘डे ल्टा’ पखेटाहरु जडान गरिएका छन् । यी पखेटाहरु फ्रान्स र बेलायतले डिजाइन गरेको ‘कंकर्ड’ सुपरसोनिक विमानको जस्तै देखिन्छ । तर यसका टुप्पाहरु माथितिर फर्किएका छन् ।
चीनले हालै ६ हजार माइल प्रतिघण्टाको गतिमा उड्न सक्ने न्यूक्लियर मि सा इ ल इन्जिन बनाएको चर्चा बढेका बेला यो विमान बनाउने कुरा बाहिरिएको हो ।
चीनका अन्तरिक्ष वैज्ञानिकहरुले गरेको एक अध्ययनअनुसार यो हा इ प र सो नि क विमान बोइङ ७३७ विमानभन्दा ठूलो छ । १४८ फिट लामो यो विमानमा दुईवटा एयर ब्रिथिङ इन्जिन बडीको माथिपट्टि जडान गरिएको साउथ चाइना मर्निङ पोस्टले जनाएको छ ।
विमानको कम्प्लेक्स एरोडायनामिक डिजाइनले गर्दा यो विमान आवाजको गतिभन्दा ५ गुणा तीब्र गतिमा उड्न सक्छ । यो अवधारणा चीनले यो विमानको प्रदर्शन परीक्षण गर्नको लागि गरेको पछिल्लो अन्तरिक्ष मिशनमा प्रभावकारी प्रमाणित भइसकेको छ ।
अनुसन्धानकर्ताहरुले परीक्षणमा प्रभावकारी देखिएको नयाँ एरोडायनामिक मोडल यो विमानमा प्रयोग गरेका छन् । यो परीक्षणमा वैज्ञानिकहरुले विमानमा थप बलियो बनाउनुपर्ने क्षेत्रहरु पत्ता लगाएका थिए ।
बेइजिङ इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ता लिउ रुइका अनुसार परीक्षणमा प्राप्त नतिजाहरु यस्तै किसिमको इन्जिनियरिङ परियोजनामा प्रयोग गरिनेछन् ।
दुई अन्तरिक्ष मिशनको सफलतापछि यो अवधारणाले काम गर्ने देखिएको छ । यो परीक्षण कुनै पनि देश पहिलो प्रयासमै सफल भएको पहिलो परीक्षण पनि थियो । हाइपरसोनिक एयरक्राप्ट चीनको हाइटेक योजनामध्येको प्रमुख हो र यो क्षेत्रमा चीनले ठूलो लगानी पनि गरिरहेको छ ।
हाइपरसोनिक प्रविधिको विकास र परीक्षण विभिन्न देशहरुले गरिरहेको भए पनि चीनबाहेक अन्य कुनै पनि देश यो प्रविधिमा सफल हुन सकेका छैनन् ।
तर, चीनले भने हा इ प र सो नि क प्रविधि विकास गरिसकेको पश्चिमी देशका वैज्ञानिकहरुले विश्वास गर्छन् । चीनले केही हप्ता अगाडि पनि हा इ प र सो नि क एयरक्राफ्टबाट मि सा इ ल परीक्षण गरेको दावी गरिएको थियो ।
तर, चीनले भने आफूले यो प्रविधि हासिल गरिसकेको सार्वजनिक रुपमा बताएको छैन । चीनले २०२५ सम्ममा हा इ प र सो नि क विमानको उडान गर्न सक्ने लक्ष्य सहित काम अगाडि बढाएको छ ।
यो अवधिमा उसले एयर ब्रिथिङ इन्जिनको नयाँ पुस्ताको समेत विकास गर्ने लक्ष्य राखेको छ । त्यसको १० वर्षपछि चीनले व्यवसायिक रुपमै हा इ प र सो नि क जहाजको उडान सुरु गर्ने लक्ष्य राखेको छ जुन जहाजमा १० जनाले यात्रा गर्न सक्नेछन् ।
यो जहाजले यात्रुलाई पृथ्वीको कुनै पनि ठाउँमा एक घण्टाभित्रै पुर्याउनेछ । चीनको लक्ष्यअनुसार २०४५ सम्म यी विमानले एउटा उडानमा १०० भन्दा धेरै यात्रु बोक्न सक्नेछन् ।
यसअघि चीनले अक्टोबरमा पृथ्वीवरिपरि हा इ प र सो नि क मि सा इ ल हानेको थियो र चीनको सैन्य शक्तिको यो प्रदर्शनले अमेरिका स्तब्ध भएको थियो ।
त्यतिबेला चीनले अन्तरिक्षमा हा इ प र सो नि क ‘ग्लाइड वाहन’ बोकेको रकेट प्रक्षेपण गरेको थियो । यो वाहन आफ्नो लक्ष्यतर्फ जानुभन्दा पहिले पृथ्वीको वरिपरि घुमेको थियो जसलाई देख्दा अमेरिकी अन्तरिक्ष तथा सैन्य अधिकारीहरु स्तब्ध भएको बताइएको थियो ।
यो पनि : अन्तरिक्ष क्षमतामा चीनले अमेरिकालाई आगामी सन् २०३० भित्र उछिन्ने अमेरिकी विज्ञहरुले प्रक्षेपण गरेका छन्। अमेरिकी स्पेस फोर्सका उपप्रमुख जेनरल डेभिड थम्पसनले चीनले अमेरिकाभन्दा दोब्बर दरमा अन्तरिक्ष क्षमता विकास गरिरहेको जानकारी दिएका हुन्।
यसकारण चीनले सन् २०३० भित्रमा अमेरिकालाई अन्तरिक्ष क्षमताको होडमा उछिन्नु आश्चर्य नहुने उनको भनाइ छ। सीएनएनका अनुसार रेगन नेसनल डिफेन्स फोरममा अन्तरिक्ष विज्ञहरुको अगाडि बोल्दै थम्पसनले यो दशकको अन्तिमसम्ममा चीनले अमेरिकालाई उछिन्न सक्ने भन्दै चिन्दा व्यक्त गरेका हुन्।
‘वास्तवमा उनीहरूले हामी भन्दा दोब्बर दरमा अन्तरिक्ष क्षमताहरू अद्यावधिक गर्दैछन् भन्ने तथ्यले के जनाउँछ भने यदि हामीले पनि अन्तरिक्ष क्षमताहरूलाई गति दिन थालेनौं भने तिनीहरू हामीभन्दा अगाडि हुनेछन्’ जनरल थम्पसनले भने,‘सन् २०३० एक अव्यावहारिक अनुमान होइन।’
सो क्रममा सशस्त्र सेवा समितिको रणनीतिक बल उपसमितिका अध्यक्ष जिम कुपरले पनि थम्पसनको कुरामा सहमति जनाए। उनका अनुसार अमेरिकाको अन्तरिक्ष क्षमतालाई बढाउन अमेरिकी उद्यमीहरु इलोम मस्क र जेफ बेजोसभन्दा धेरै अब्बल तरिकाले सोच्नुपर्छ।
जेफ बजोस र इलोन मस्कले हाल अन्तरिक्षलाई पर्यटन क्षेत्र बनाउने सोच बनाएका छन्। उनीहरुले रकेटहरु पनि निर्माण गरिरहेका छन्। कुपर भन्छन्,‘निजी क्षेत्रले विज्ञान र प्रविधिको क्षेत्रमा राम्रो प्रगति गरिरहेको छ। तर हाम्रो हवाई सेना र स्पेस फोर्स अझ बढी रचनात्मक हुन जरुरी छ।’
‘साँच्चै अब्बल हुनको लागि हामी मस्क र बेजोसको सोचभन्दा अगाडि हुनुपर्छ उनीहरुको मुठ्ठीभर सोचमा सीमित बन्नुहुन्न’ उनी भन्छन्,‘अहिले अन्तरिक्षको लागि अमेरिकी सरकारले १७ अर्ब डलर खर्च गर्दछ। तर त्यो अन्तरिक्ष क्षमतामा अगाडि हुन पर्याप्त छ त ?’
चीनले यतिबेला अन्तरिक्षमा आफ्नै स्पेस स्टेसन खडा गरिरहेको छ। जसले अबको केही वर्षपछि दबदबा कायम गर्नेछ। किनभने अमेरिका, रुस, जापान लगायतले निर्माण गरेको अन्तर्राष्ट्रिय स्पेस स्टेसन निकै पुराने भइसकेको छ। त्यो बिग्रने अवस्थामा पुगिसकेको छ।
स्पेस स्टेसन अन्तरिक्षयात्रीको घर हो त्यहाँ बसेर अन्तरिक्षयात्रीले अन्तरिक्षको साथै पृथ्वीको अध्ययन गर्न सक्दछन्। हाल सक्रिय रहेको अन्तर्राष्ट्रिय स्पेस स्टेसनमा चीनलाई प्र ति ब न्ध लगाइएको छ।
अमेरिकाले चीनलाई सुरक्षा ख त रा भन्दै प्र ति ब न्ध लगाएको हो। अब चीनको स्पेस स्टेसन संचालनमा आए अन्तरिक्षमा चीनको रजाई हुने निश्चित छ।
चीनले चन्द्रमामा आफ्नो यान पठाउन थालेको छ भने उसले चन्द्रमामा आलु फलाउने प्रयास पनि गरेको थियो। चीनले रातो ग्रह मंगलमा पनि अन्तरिक्षयान पठाउने प्रयास गरिरहेको छ।
समग्रमा पछिल्लो समय चीन विज्ञान र प्रविधिको क्षेत्रमा निकै अगाडि बढिसकेको छ। यसरी चीन अन्तरिक्षमा पनि बलवान भइरहँदा अमेरिका चि न्ति त छ। सीएनएन र एजेन्सीको सहयोगमा