एजेन्सि – सन् २०२० अर्थात् गतवर्षको जुन १५ मा ग ल वा न उपत्यकामा चिनियाँ र भारतीय सेनाबीच हिं स्र क झ ड प भएको थियो ।
त्यसबेला भारतका २० सेना र चीनका ५ सेनाको मृ त्यु भएको थियो । सीमांकन नगरिएको क्षेत्र एलएसीमा भारत र चीनबीच दशकौंयता सीमा वि वा द छ ।
लद्दाख नजिकैको ग ल वा न उपत्यकालाई यी दुवै राष्ट्रले दाबी गर्दै आएका छन् । एलएसीको नियम अनुसार यो क्षेत्रमा दुवै तर्फको सेना जान नपाउने नियम छ ।
तर यो झ ड पपछि भारत र चीन दुवैले एकअर्कालाई एलएसीको नियम तो डे र ग ल वा नमा घु से काले झ ड प भएको आ रो प लगाउँदछन्।
सीमा क्षेत्रमा भारत र चीन दुवै राष्ट्रले गो ली नचलाउने सहमति गरेका छन् । गतवर्ष दुवै देशका सेनाले गो ली नचलाएता पनि ढुंगा, मुडा र भाला प्रयोग गरेका थिए ।
त्यसबेला भारत र चीनका दर्जनौं सेना घा इ ते भएका थिए। तीमध्येका एक कि फाबिओ पनि एक सेना हुन् जो झ ड प पछि ग म्भी र घा इ ते भएका थिए। चिनियाँ जनमुक्ति सेनाका लेफ्टिनेन्ट कर्णेल उनी कोमामा गएका थिए।
उनको टाउकोमा ग म्भी र चो ट लागेको थियो जसकारण उनी महिनौं बे हो स भएका थिए। यतिबेला उनी निको भाइसकेका छन्। उनी आफू सीमा क्षेत्रमा फेरि तै ना थ हुन आतुर भएको बताउँछन् ।
उनले सीसीटीभीसँग भनेका छन्, ‘म अब यु द्धको मैदानमा जान तयार छु, फेरि देशको लागि ल ड्ने छु।’ गतवर्ष उनले भारत वि रु द्ध सिनजियाङ मिलिटेरी डिस्ट्रिक्टका सेनाको नेतृत्व गरेका थिए ।
उनले त्यसबेलाको घटना सम्झिँदै भनेका छन्,‘जब हामी भारतीय सेनासँग छलफल गर्न जानको लागि खोला तरिरहेका थियौं भारतीय सेनाले हामीलाई आ क्र म ण गरे ।’
उता भारतीय सेनाले भने चिनियाँ पक्षले आ क्र म ण थालेपछि नै आफूले आ क्र म ण गरेको बताउने गरेको छ ।
हाल भारत र चीनका सेनाबीच १२ पटक सैन्यस्तरमा वि वा द टुंगो लगाउने विषयमा छलफल भएता पनि हालसम्म सीमा वि वा द साम्य हुन सकेको छैन ।
यो पनि : यु द्धका बेला अग्रिम मोर्चामा तै ना थ हुन चीनले तीन लाख थप सैनिक भर्ती गर्ने भएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले यु द्धलाई धा रि लो र मजबुत बनाउनका लागि सैनिक भर्तीको निर्देशन दिएका हुन् ।
यसका लागि तीन लाख सैनिकको आवश्यकता पर्नेछ । चिनियाँ सेनाका मुख्य कमान्डर समेत रहेका सी जिनपिङले सैन्य प्रतिभाका लागि भएको सम्मेलनलाई सम्बोधन गर्दै ती प्रतिभासँग सशस्त्र चिनियाँ सेनामा उच्च गुणवत्ताको विकासशील चाबी भएको बताए ।
साथै सैन्य प्रतिस्पर्धामा विजयी हुन र भावी युद्धमा सक्रिय हुन सैनिक थप प्रतिभावान् हुनु जरुरी रहेको बताए । सीका अनुसार पिपल्स लिब्रेसन आर्मी (पीएलए) को सन् २०२७ सम्मको लक्ष्यलाई निर्धारित गर्न नयाँ प्रतिभालाई समर्थन गर्न आवश्यक छ ।
वार्षिक २ सय ९ अर्ब डलर सैन्य बजेट खर्चेर चिनियाँ सेनालाई अत्याधुनिक बनाउने प्रयत्न जारी छ । संगठनात्मक सुधार गर्दै सेनाको हाइपरसोनिक हतियारलाई समेत कम गरी नयाँ अस्त्रशस्त्रले सुसज्जित बनाइँदै छ ।
अमेरिकी सेनाले चीनले हालसालै मात्र लामो दूरीको मिसाइल लन्च गरेको र त्यसले विश्वलाई फन्को लगाउन सक्ने बताएका छन् । त्यसलाई हाइपरसोनिक वाहनमार्फत छोडिएको थियो । लक्ष्यलाई भेद गर्दै उक्त मिसाइल चीन फर्किएको थियो ।
चिनियाँ राष्ट्रपतिले भने लड्ने क्षमतालाई थप बलियो बनाउन जितको सुरुवाती बिन्दु सशक्त बनाउन जरुरी रहेको बताएका छन् । यसका लागि सैन्य प्रतिभालाई निर्खानु नै पहिलो लक्ष्य हुने उनको भनाइ छ ।
‘यु द्ध जित्नका लागि सैन्य अधिकारीले वैज्ञानिक शिक्षाका साथै प्राविधिक क्षमतालाई पनि बढाउनुपर्ने हुन्छ । सैन्य अधिकारीलाई प्रथम श्रेणीको सैन्य प्रशिक्षण मिलोस् भन्नका लागि प्रथम श्रेणीको सैन्य स्कुलसमेत स्थापना गर्नुपर्ने आवश्यकता छ’ सीले भनाइ छ ।