एजेन्सि –
अमेरिकाले चीनसँग प र मा णु अप्रसार सन्धि गर्ने प्रयास गरिरहेको छ । यसको लागि तयारी अगाडि बढाइएको छ ।
पेन्टागनको एक रिपोर्ट अनुसार चीनले २०३० सम्म आफ्नो ह ति या रको भण्डारमा लगभग १ हजार प र मा णु ह ति या र जम्मा गर्नेछ ।
अहिले चीनसँग करिब ३५० प र मा णु ह ति या र छन् । अमेरिकाको ड रको प्रमुख कारण हो – चीनसँग अहिले अमेरिकाको तुलनामा निकै उन्नत प्रविधि छ ।
चीनले हालै डिएफ–१७ हाइपरसोनिक मि सा इ ल विकसित गरेको छ । यो मि सा इ ल आवाजको गतिभन्दा पाँच गुणा तीब्र गतिमा कुनै पनि लक्ष्यमा हान्न सक्छ ।
न्यूयोर्क टाइम्सका अनुसार अमेरिकी राष्ट्रपति जो बाइडेन र चीनका राष्ट्रपति शी जिनपिङ बीच हालै भएको भर्चुअल बैठकपछि अमेरिकाले कुटनैतिक च्यानलबाट प र मा णु अप्रसार सन्धिको लागि ग म्भी र ताका साथ प्रयास गर्न सुरु गरेको छ ।
बाइडेनका राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानका अनुसार बाइडेन र जिनपिङको बैठकपछि अब यस प्रकारको सन्धिको प्रयासको लागि अनुकूल परिस्थिति छ ।
उनका अनुसार यसको लागि चीनको तर्फबाट सकारात्मक सन्देश आउनुपर्छ । चीनसँग यस्तो कुनै सन्धि भएमा एसिया प्रशान्त क्षेत्रमा शान्ति स्थापना हुन सक्नेछ ।
तर, यसको लागि अमेरिकाले चीनमाथि भूराजनीतिक दबाब बनाउनुपर्छ । बललिँदो समीकरणमा अमेरिकालाई रुसभन्दा कैयौं धेरै चीनको बढ्दो सैन्य शक्तिबाट ख त रा छ ।
अमेरिकाको लागि सबैभन्दा ठूलो ख त रा चीनको एन्टि स्याटेलाइट प्रविधि हो । एन्टि स्याटेलाइट प्रविधिबाट चीनले अमेरिकाको स्याटेलाइट र अर्ली वार्निङ सिस्टमलाई पंगु बनाउन सक्छ ।
रुसजस्तै अमेरिकासँग चीनको साथमा कुनै न्यूक्लियर हटलाइन पनि छैन । चीनले हाइपरसोनिक मि सा इ लको १५० भन्दा धेरै परीक्षण गरेको छ भने अमेरिकाले ९ वटा परीक्षण मात्र गर्न सकेको छ । यसमाथि चीनका हाइपरसोनिक मि सा इ लमा घुम्दै उड्ने क्षमता समेत छ ।
यो पनि : अमेरिकामा ओ मि क्रो न भेरिअन्टका आठ स ङ्क्र मि त देखिएपछि राष्ट्रपति जो बाइडनले यात्रासम्बन्धी क डा नियमहरूको घोषणा गरेका छन् ।
तर बाइडनले आफ्नो योजनामा ल क डा उ न भने नपर्ने र खोप सम्बन्धी यसअघिको निर्णयमा पनि परिवर्तन नहुने बताएका छन् ।
न्यू योर्क राज्यमा पाँच जनामा तथा मिनेसोटा र कोलोराडोमा अहिलेसम्म ओ मि क्रो नको स ङ्क्र मण एकएक जनामा देखिएको छ। अमेरिकामा बुधवार क्यालिफोर्निया राज्यमा पहिलो ओ मि क्रो न स ङ्क्र मण देखिएको थियो ।
स्वास्थ्य अधिकारीहरूले ओ मि क्रो न भेरिअन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षणहरू देखिएको बताएका छन् । उक्त भेरिअन्ट अहिलेसम्म कम्तीमा २३ वटा देशमा देखिइसकेको छ।
अति उत्परिवर्तिन ओ मि क्रो न बढी स ङ्क्रा म क छ वा खोपले काम नगर्ने जोखिम बढी छ भन्ने अझै स्पष्ट छैन ।
बाइडनको योजनामा के छ ?
बिहीवार सार्वजनिक गरिएको विवरण अनुसार अब सबै अन्तर्राष्ट्रिय यात्रुले अमेरिका जानुभन्दा २४ घन्टाअघि अनिवार्य रूपमा को भि डको परीक्षण गरेको हुनुपर्छ।
यो नियम पूर्ण मात्रा खोप लगाइसकेका मानिसको हकमा पनि लागु हुन्छ। विमान, रेल वा बसमा चढ्दा अनिवार्य रूपमा मास्क लगाउनुपर्ने नियम मार्च महिनासम्मका लागि लागु गरिएको छ।
अमेरिकी सरकारले निजी बिमा कम्पनीको माध्यमबाट लाखौं मानिसलाई घरमै बसेर को रो ना भा इ र सको नि:शुल्क परीक्षण गर्ने व्यवस्था गर्न खोज्दैछ ।
बिमा गरेका मानिसहरू बाहेकका हकमा भने स्वास्थ्य केन्द्र र ग्रामीण क्षेत्रमा रहेका क्लिनिक मार्फत् त्यस्तो सुविधा दिइनेछ। प्रशासनको योजना अन्तर्गत हिउँद महिनामा वयस्क मानिसहरूलाई बुस्टर खोप लगाउन प्रोत्साहन गरिने भन्ने पनि छ।
चार करोडभन्दा बढी अमेरिकीहरूले बुस्टर खोप पाइसकेका छन्। तर बाइडनले भने १० करोड थप मानिस बुस्टरका लागि योग्य भएको तर उनीहरूले लिन बाँकी रहेको बताएका छन्।
बालबालिका र किशोरकिशोरीमाझ खोप लगाउने दर बढाउने प्रयास स्वरुप देशैभरि सयौँ परिवार खोप क्लिनिकहरूको व्यवस्था गरिनेछ। अमेरिका सहित थुप्रै अन्य देशहरूले आठवटा दक्षिण अफ्रिकी देशहरूमाथि यात्रा प्र ति ब न्ध लगाएका छन्।
स्वास्थ्य विज्ञहरूले यात्रा प्र ति ब न्ध लगाउँदा आफूहरूलाई नयाँ भेरिअन्टबारे अध्ययन गर्न समय मिल्ने बताएका छन्। ओमिक्रोन भेरिअन्ट देखिएसँगै को रो ना भा इ र स फैलिन नदिनका लागि जो बाइडन नयाँ नियमहरू सहित अमेरिकी जनता समक्ष देखिएका छन्।
उनका विगतका महत्त्वपूर्ण कदमहरू भन्दा यसपटक प्रशासनको योजना सरकारी आदेशबारे त्यति कडा छैन। बरू बाइडनले परीक्षणका लागि पहुँचलाई जोड दिएका छन् र बुस्टर खोप लगाउनका लागि सबैलाई अनिवार्य नभए पनि प्रोत्साहित गरेका छन्।
उनले विद्यालयहरू खोल्ने र विद्यार्थीहरू कक्षा कोठामा हुनुपर्ने बारे पनि विशेष उल्लेख गरेका छन्। बिहीवारका कदमहरूले सामान्य अवस्थामा फर्किन अझै टाढाको कुरा हो भन्ने बाइडनलाई थाहा छ भन्ने देखाउँछ।