भो क म रीको सं क ट टार्न सरकारले चाले यस्तो कडा कदम, सबैले गरे देउवा सरकारको खुलैरै तारिफ !

भो’क’म’रीको मा’रमा परेका हुम्लाको नाम्खा गाउँपालिका– ६ लिमीका नागरिकलाई सरकारले तत्काल खाद्यान्नको व्यवस्था गर्ने भएको छ । गृह मन्त्रालयले सेनाको हेलिकोप्टर मार्फत हिल्सा नाकामा अड्किएको खाद्यान्न शुक्रबार लिमी पुर्‍याउने बताएको छ ।

आलु र उवा मात्रै उत्पादन हुने लिमी क्षेत्रमा भो क म री हुने भएपछि स्थानीय बासिन्दा राज्यसँग चामल माग्दै सदरमुकाम सिमकोट हुँदै सिंहदरबार गुहार्न काठमाडौं आइपुगेका थिए ।

उनीहरू पाँच हजार मिटर उचाइको न्यालुलेकमा तीन फिट जमेको हिउँमा जोखिमपूर्ण यात्रा गर्दै पाँच दिन हिँडेर शनिबार सदरमुकाम सिमकोट आएका थिए । तिल, जाङ र हल्जीका बासिन्दाको बैठकले ‘सरकारलाई पीडा सुनाउन’ उनीहरूलाई पठाएको थियो ।

उनीहरूमध्ये नाम्खा– ६ का वडाध्यक्ष पाल्जोर तामाङ र हुम्लाका सांसद छक्कबहादुर लामा सिंहदरबारलाई गुहार्न सोमबार साँझ काठमाडौं आइपुगेका थिए ।

नयाँ पत्रिकाले सोमबार ‘राज्यसँग चामल माग्न हुम्लाबाट काठमाडौंतिर’ शीर्षकमा मुख्य समाचार प्रकाशित गरेको थियो । त्यस्तै, मंगलबारको अंकमा ‘हुम्लाका लागि छुट्याइएको ३० हजार क्विन्टल चामल सुर्खेत, नेपालगन्ज र धनगढीका गोदाममा थन्कियो, हुम्ली भोकै’ शीर्षकमा समाचार प्रकाशित गरेको थियो ।

चामल माग्न जनप्रतिनिधिहरू हुम्लाबाट काठमाडौं आएको खबर फैलिएपछि गृहले चासो देखाउँदै तत्काल हेलिकोप्टरबाट ढुवानी गर्न निर्देशन दिएको हो ।

त्यस्तै, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले स्थलमार्ग हुँदै सुर्खेत, नेपालगन्ज र धनगढीबाट पनि सिमकोटमा खाद्यान्न ढुवानी गर्ने बताएको छ ।

सरकारले हुम्लाको नाम्खा गाउँपालिकामा गत वर्षदेखि चामल पठाएको छैन । करिब एक महिनाअघि चीनले चार हजार ६ सय ८० बोरा मैदा र आठ सय बोरा चामल सहयोग गरेको थियो ।

त्यसमध्ये एक हजार आठ सय ४६ बोरा मैदा र २० बोरा चामल तिल, जाङ र हल्जी गाउँमा पठाउने निर्णय गाउँपालिकाले गरेको थियो । तर, हिमपातका कारण बाटो अवरु’द्ध भएपछि हिल्सामा आइपुगेको चिनियाँ सहयोगको खाद्यान्न पनि गाउँ ल्याउन राज्यले पहल गरेको थिएन ।

मंगलबार गृह मन्त्रालयले सोही खाद्यान्न हेलिकोप्टर मार्फत तत्काल लिमी पुर्‍याउने निर्णय गरेको हो । १० मंसिरबाट स्थानीयले खाद्यान्न पाउने गृहको भनाइ छ । 

‘हुम्लाको उत्तरी भेगका नागरिकले खाद्यान्नको चरम अभाव झेलिरहेको विषयमा जानकारी भएपछि तत्काल हेलिकोप्टरबाट ढुवानी गर्न मंगलबार बिहानै निर्देशन दिइसकेका छौँ,’ गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले भने, ‘हामीले त भोलि (बुधबार)बाटै ढुवानी सुरु होस् भन्ने चाहेका थियौँ, तर हेलिकोप्टरमा सामान लोड–अनलोड गर्न हिल्सामा जनशक्ति नभएको हुनाले १० मंसिरबाट ढुवानी हुने भएको छ ।’

गृहका अनुसार खाद्यान्न ढुवानी गर्न नेपाली सेनाको एमआई–१७ हेलिकोप्टर प्रयोग हुनेछ । हिल्सादेखि लिमीसम्म हेलिकोप्टरबाट ढुवानी गर्न एक खेपको औसतमा १० मिनेट समय लाग्छ ।

प्रतिकूल मौसमका कारण एक खेपमा १५ देखि २० क्विन्टल मात्रै खाद्यान्न ओसार्ने सम्भावना रहेको हुम्लाका सिडिओ गणेश आचार्यले बताए ।

‘गृह मन्त्रालयको निर्देशनपछि लिमी क्षेत्रका बासिन्दाले भोग्न लागेको खाद्य सं क टको सम स्या तत्काललाई सम्बोधन भएको छ । यो सं क ट टर्‍यो भने नि हुन्छ,’ सिडिओ आचार्यले भने ।

सरकारले दुर्गम क्षेत्रमा खाद्य कम्पनी तथा व्यापार कम्पनी लिमिटेडका माध्यमबाट अनुदान दिएर खाद्यान्न ढुवानी गर्दै आएको छ । तर, यसपटक गृह मन्त्रालयको विपत् व्यवस्थापन कोषबाट खर्च बेहोर्ने गरी खाद्यान्न ढुवानी गरिने भएको हो । छिटो र सरल प्रक्रियाका लागि गृहको कोषबाट ढुवानी गर्न लागिएको स्रोतको भनाइ छ । 

गाउँमा खाद्यान्न पुग्ने भएपछि नाम्खा गाउँपालिका– ६ का अध्यक्ष पाल्जोर तामाङले खुसी व्यक्त गरे । ‘काठमाडौं सम्म धाएर भए पनि जनतालाई खाद्य सं क टबाट जोगाउन मद्दत मिल्यो । यसमै खुसी छु,’ उनले भने । सरकारले समयमै ध्यान दिएको भए लिमी क्षेत्रका बासिन्दाले अहिलेको दुः ख नपाउने उनको भनाइ छ । 

सिडिओ आचार्यले हेलिकोप्टरमा खाद्यान्न लोड–अनलोड गर्न सघाउने जनशक्ति लिमी क्षेत्रबाट बुधबार बिहानै हिल्साका लागि हिँड्ने बताए । ‘उनीहरू एक दिनको पैदल बाटो भएर हिल्सा पुग्छन् ।

अर्को दिन खाद्यान्नको अवस्था निरीक्षण, प्याकेजिङ, हेलिप्याड व्यवस्थापन लगायत बन्दोबस्ती गरिन्छ,’ उनले भने, ‘त्यसलगत्तै खाद्यान्न ढुवानी हुन्छ ।’

सिडिओ आचार्यले लिमी क्षेत्रसँगै सदरमुकाम सिमकोटआसपासमा पनि चामल सकिएकाले स्थानीय अत्तालिन थालेको बताए । ‘यहाँको खाद्य कम्पनीको डिपोमा मुस्किलले सय क्विन्टल मात्रै चामल होला ।

त्यसले धेरै धान्दैन,’ उनले भने, ‘त्यसैले अबको एक साताभित्र सुर्खेतबाट सिमकोटमा हेलिकोप्टरबाटै चामल ढुवानी गर्ने तयारीमा जुटेका छौँ । गृहले पनि हामीलाई निर्देशन दिएको छ ।’

खाद्य कम्पनीको सुर्खेतस्थित गोदामबाट सेनाको ‘स्काई ट्रक’का माध्यमबाट सिमकोटमा खाद्यान्न ढुवानी गर्ने योजना बनाएको उनले बताए । स्काई ट्रकबाट ढुवानी गर्दाको लागत खाद्यबाट भर्पाई गराउने उनले बताए । 

चालू आवका लागि दुर्गमका २२ जिल्लामा खाद्यान्न ढुवानी गर्न सरकारले खाद्य कम्पनीलाई करिब ४५ करोड रुपैयाँ अनुदान उपलब्ध गराएको छ ।

हुम्लामा जहाजबाट १० हजार क्विन्टल चामल ढुवानी गर्न खाद्यले गत भदौमा टेन्डर आह्वान गरेको थियो । त्यसमा सिम्रिका कार्गोले प्रतिकिलो एक सय १२ रुपैयाँका दरले गरेको प्रस्ताव छनोट भएको थियो ।

तर, त्यसभन्दा कम रकम कबोल गर्ने विभिन्न विमान कम्पनीले बढी रकम कबोल गर्नेलाई ठेक्का दिएको भन्दै मु द्दा दायर गरेका छन् । जसकारण असोजबाटै हुम्लाको सिमकोटमा ढुवानी हुनुपर्ने खाद्यान्न अहिलेसम्म पुग्न सकेको छैन ।

सरकारसँग चामल माग्न काठमाडौं आएका नाम्खा गाउँपालिका– ६ का वडाध्यक्ष पाल्जोर तामाङले गाउँको भोकमरीको सम’स्या समाधानको आग्रह गर्दै मंगलबार सिंहदरबारमा दुई घन्टा बिताए ।

उनीसँगै हुम्लाका सांसद छक्कबहादुर लामा पनि थिए । उनीहरू सोमबार साँझ काठमाडौं उत्रिएका थिए । सुरुमा अर्थमन्त्रीलाई ज्ञापनपत्र बुझाएर गृह मन्त्रालय जाने उनीहरूको योजना थियो ।

तर, मिडियामा आएको समाचारले सरकार सचेत भइसकेको थियो । अर्थमन्त्री प्रधानमन्त्री कार्यालयमा रहेको थाहा पाएपछि उनीहरू गृह मन्त्रालय पुगे । दिउँसो १:१५ मा उनीहरू गृह मन्त्रालय प्रवेश गरे ।

र, सचिव टेकनारायण पाण्डेलाई ज्ञापनपत्र दिए । सचिव पाण्डेले ‘गृह मन्त्रालयबाट बिहान नै हुम्लाका सिडिओलाई फोन गरेर सेनाको हेलिकोप्टरबाट हिल्सामा रहेको खाद्यान्न लिमी क्षेत्रमा ढुवानी गर्न निर्देशन दिइसकेको’ खबर सुनाए ।

पाण्डेलगायतका कर्मचारीसँग केही समय चिया गफ गरेर दुवैजना अपराह्न ३ बजेतिर मन्त्रालयबाहिर निस्किए ।

‘गृहसचिवलाई भेट्नासाथ खाद्य संकट भएको लिमी क्षेत्रमा खाद्यान्न ढुवानी गर्न निर्देशन भइसकेको जानकारी पायौँ । यो खबरले साह्रै खुसी लाग्यो,’ वडाध्यक्ष तामाङले भने ।

तर, राज्यको दायित्वभित्र पर्ने काम गराउन र जनताले स–साना गुनासा सुनाउन पनि सिंहदरबार धाउनुपर्ने व्यवस्था अन्त्य हुनुपर्ने उनले बताए । नयाँ पत्रिकाबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...