अमेरिकी राष्ट्रपति जो बाइडेनले ११० देशलाई निम्तो तर चीनलाई किन दिएनन् ? खुल्यो यस्तो कारण

एजेन्सि –

अमेरिकी राष्ट्रपति जो बाइडेनले संसारभरीका ११० देशलाई लोकतन्त्रबारे हुने एक भर्चुअल शिखर सम्मेलनलाई निम्तो पठाएका छन् ।

यो शिखर सम्मेलन ९–१० डिसेम्बरमा हुँदै छ तर रोचक कुरा के हो भने यो शिखर सम्मेलनका लागि चीनलाई निम्तो दिएका छैनन् ।

तर ता इ वा न भने यो सम्मेलनमा भाग लिनेछ । अमेरिकी विदेश विभागको तर्फबाट जारी एक पत्रमा यो जानकारी दिइएको छ ।

यसका साथै टर्कीलाई पनि अमेरिकाको तर्फबाट निमन्त्रणा पठाइएको छैन । रुसलाई पनि यो सूचीमा स्थान दिइएको छैन । यसका साथै दक्षिण एशियाली क्षेत्रमा अफगानिस्तान, बंगलादेश, श्रीलङ्कालाई पनि बाहिर राखिएको छ ।

राष्ट्रपति बाइडेनले लोकतन्त्रको रक्षालाई आफ्नो विदेश नीतिको महत्वपूर्ण हिस्सा बनाउन चाहन्छन् । 

यो पनि : संयुक्त राष्ट्रसंघको आह्वानमा शान्ति स्थापनार्थ ‘युएन मिसन’ अन्तर्गत सिरियामा खटिएका नेपाली शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।

सोही क्रममा काठमाडौंबाट मंगलबार नेपाली सैनिकको टोली सिरियातर्फ प्रस्थान गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार संयुक्त राष्ट्रसंघ अन्तर्गतको ‘डिसइङ्गेजमेन्ट अब्जर्भर फोर्स’

मा तैनाथ मेकनाइन्ज इन्फेन्ट्री गुल्म (शासे) चौथो डफ्फा, ईन्जिनियर सेमु (शासे) पाचौं डफ्फा, लेवल १ अस्पताल (शासे) दोस्रो डफ्फा र क्लोज प्रोटेक्सन युनिट (शासे) पहिलो डफ्फा बदली गरिएको हो ।

ती डफ्फालाई बदली गर्नका लागि मेकनाइज्ड इन्फेन्ट्री गुल्म (शासे) पाचौं डफ्फा, ईन्जिनियर सेमु (शासे) छैटौं डफ्फा, लेवल १ अस्पताल (शासे) तेस्रो डफ्फा र

क्लोज प्रोटेक्सन युनिट (शासे) दोस्रो डफ्फा गरी सेनानी राधाकृष्ण खड्काको नेतृत्वमा १९२ जना नेपाली शान्ति सैनिक मंगलबार त्यसतर्फ प्रस्थान गरेको निर्देशनालयले जनाएको छ ।

को भि ड-१९ महा मा रीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीति अनुरुप गरिएका अदली बदलीको दौरानमा सम्पूर्ण सुरक्षा सतर्कता तथा को भि ड-१९ प्रोटोकलहरूको पालना गरिएको नेपाली सेनाकाे जनसम्पर्क तथा सूचना निर्देशनालय,जंगी अड्डाले जानकारी दिएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...