एजेन्सि – चीनले भारतको सीमानजिकै अ त्या धु नि क ह ति या रका साथ सैन्य परीक्षण गरेको छ ।
चिनियाँ सञ्चारमाध्यमहरुका अनुसार आइतबार उच्च उचाइमा प्रयोग गर्न सकिने ह ति या र सहित चिनियाँ सेनाले भारतसँगको सीमाक्षेत्रमा सैन्य परीक्षण गरेको हो ।
चिनियाँ सरकारी टेलिभिजन सीसीटीभीले सार्वजनिक गरेको भिडियोमा भारतको ल द्दा खको सीमा नजिकै ५२ सय मिटरको उचाइमा यु द्धाभ्यास गरिरहेको देखिएको छ। यु द्धाभ्यासको क्रममा अत्याधुनिक ह ति या रको प्रयोग गरिएको छ ।
जसमा रिमोटबाट सञ्चालन गर्न सकिने हतियार प्रणाली, ब न्दु क, ब म व र्ष क र मि सा इ ल सुरक्षा प्रणालीको पनि प्रयोग गरिएको थियो । विश्लेषकहरुले धेरै उचाइको सीमामा हुन सक्ने सैन्य आ क्र म णको लागि तयारी स्वरुप चीनले यो यु द्धा भ्या स गरेको बताएका छन् ।
यसले सीमाक्षेत्रमा चीनको सुरक्षा उपस्थिति पनि बलियो हुने जानकारहरुले बताएका छन् । भारतसँग गत वर्ष सीमा क्षेत्रमा भएको झ ड पपछिको वार्तामा कुनै निष्कर्ष निस्किन नसकेसँगै चीनले सीमा क्षेत्रमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेको छ ।
भारतले पनि सीमा क्षेत्रमा सडक तथा अन्य पूर्वाधार विकास गर्ने र सैन्य परिचालन गर्नेजस्ता कार्य गर्दै आएको छ ।
बेइजिङस्थित सैन्य विज्ञान तथा प्रविधि इन्स्टिच्युटका झोउ चेन्मिङले चीनको नयाँ ह ति या र प्रणालीले भारतको सैन्य क्याम्प, हतियार र अन्य लक्ष्यलाई सजिलै उ डा इ दि न सक्ने बताएका छन्।
अहिलेसम्म चीनले ५ हजारभन्दा उचाइमा खासै ठूलो सैन्य अभ्यास नगरेको पनि जानकारहरुले बताएका छन्। यसले पछिल्लो समय चीनको सैन्य क्षमता पनि बढ्दो क्रममा रहेको देखाएको जानकारहरुको भनाइ छ।
यो पनि : उत्तर कोरियाका नेता किम जोङ उनले चीनसँगको सीमा नजिक रहेको सामिज्योन शहरको भ्रमण गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले मंगलवार खबर दिएको छ ।
विगत एक महिनामा किम पहिलोपटक सार्वजनिक स्थानमा देखिएका हुन् । चीनको सिमा नजिकै किमको भ्रमणले चीनामा त रं ग पैदा गरेको छ ।
कोरियाली प्रा य द्वी पको सबभन्दा अग्लो पर्वत माउन्ट पाएक्दुको फेदमा रहेको सामिज्योन किमका पिता जोङ इलको जन्मस्थान मानिन्छ । किमले सन् २०११ मा शासन चलाउन थालेदेखि यस शहरलाई विकसित गर्ने परियोजना निर्माण गरेका छन् ।
उत्तर कोरियाले सन् २०२० सम्ममा शहर विकसित गर्ने योजना बनाएको भए पनि विदेशी प्रतिबन्ध तथा कोभिडका कारण सीमानाका ब न्द गर्नुपरेकाले तोकिएको मितिमा काम सक्न पाएन ।
किमले यो परियोजनालाई अघि बढाएकोमा अधिकारीहरूलाई बफादारी, दृढ इच्छाशक्ति र पसिनाका लागि प्रशंसा गरे । चार वर्षमा भएको निर्माणले आफ्नो राज्य आफ्नै तरिका तथा प्रयासले समृद्धि पाउन तत्पर रहेको प्रमाणित गरेको उनले बताए ।
किमले देशको पञ्चवर्षीय विकास योजनाको पहिलो वर्षको उपलब्धिलाई प्रवर्धन गर्न खोजेको हुनसक्छ । अनि आफ्नो शासनको एक दशकमा उत्तर कोरियालीहरूको जीवनमा सुधारका लागि प्रयास गरेको देखाउन पनि उनले कोशिश गरेको हुनुपर्छ ।
सामिज्यानलाई देशकै सबभन्दा धनी शहर बनाउने योजना सरकारले बनाएको छ । यता अमेरिकाबाट अर्को महत्वपूर्ण खबर प्राप्त भएको छ ।
अमेरिकाका राष्ट्रपति जो बाइडेनले एक ट्रिलियन अमेरिकी डलर बराबरको पूर्वाधार विकास निर्माणसम्बन्धी विद्येयकमा हस्ताक्षर गरेका छन् ।
ह्वाइट हाउसमा सोमबार आयोजित हस्ताक्षर कार्यक्रमपछि अमेरिकी कंग्रेसमा डेमोक्रेट र रिपब्लिकनबीच रहेको दुरी अब कम हुने आशा गरिएको छ ।
यो रकमले अमेरिकामा हाल रहेका कमजोर र जिर्ण बनेका संरचना पुनः निर्माण, ग्रामीण भेगका लाखौं व्यक्तिसम्म ब्रोडब्याण्ड इन्टरनेट विस्तार गरिनेछ । जसका कारण स्थानीय स्तरमा रोजगारी सिर्जना हुने विश्वास गरिएको छ ।
हस्ताक्षर कार्यक्रम ह्वाइट हाउसको दक्षिण क्षेत्रको चौरमा आयोजना गरिएको थियो । उक्त कार्यक्रममा दुवै पार्टीका सांसदहरू उपस्थित थिए । बाइडेन अमेरिकी राष्ट्रपति भएसँगै यहाँ बेरोजगारीको दर बढीरहेको छ ।
यो हस्ताक्षरसँगै अब रोजगारी सिर्जना हुने विश्वास गरिएको छ । उक्त अवसरमा राष्ट्रपति बाइडेनले भने, ‘अब दुवै पार्टी एकै ठाउँमा उभिएर परिणम दिनेतर्फ लाग्नुपर्छ ।’ उनले यो हस्ताक्षरलाई अमेरिका पुनःनिर्माणको ‘ब्लुप्रिट करार दिएका छन् ।