ता इ वा न मु द्दाबारे चीनिया राष्ट्रपति सीले बाइडेनलाई दिए यस्तो कडा चे ता व नी, झ स्कि यो अमेरिका

एजेन्सि –

मंगलबार बिहान अमेरिकी राष्ट्रपति जो बाइडेन र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच भर्चुअल भेटवार्ता सम्पन्न भएको छ ।

अपेक्षा गरिएभन्दा केही लामो समयसम्म चलेको यो वार्तामा दुई मुलुकबीच जारी विभिन्न म त भे दको विषयमा छलफल भएको थियो । उनीहरुबीच तीन घण्टाभन्दा लामो समयसम्म यो बैठक चलेको थियो ।

चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले दुई मुलुकका नेताबीचको वार्ता सिर्जनात्मक भएको बताएकी छिन् । उनले दुई मुलुकको आपसी समझदारी बढाउन यो वार्ताले सहयोग पुग्न सक्ने बताएकी छिन् ।

चुन्यिङका अनुसार वार्तामा चिनियाँ राष्ट्रपति सीले चीन र अमेरिका समुद्रमा तैरिरहेका दुई डुङ्गा रहेको भन्दै ठो क्कि नु भन्दा आफ्नो दिशामा आफ्नै गतिले अघि बढ्नु राम्रो हुने बताएका थिए ।

मंगलबारको वार्ताको महत्वपूर्ण विषय बनेको ता इ वा न मु द्दाको विषयमा पनि सीले अमेरिकालाई चे ता व नी दिएका छन् । उनले ता इ वा नले आफ्नो स्वतन्त्रताको एजेन्डामा अमेरिकाको साथ खोज्ने प्रयास गरेको भन्दै यस किसिमको कदम आ गोसँग खे ल्नुजस्तै भएको बताएका छन् ।

उनले आगोसँग खेल्दा त्यसले आफैंलाई नोक्सानी हुने चे ता व नी दिए । उनले केही अमेरिकीले चीनलाई स म स्यामा पार्न ता इ वा नको प्रयोग गर्न खोजिरहेको भन्दै यस्तो कदम नचाल्न चे ता व नी दिएका थिए । 

सीले ता इ वा नसँगको एकीकरण सबै चिनियाँको चाहना भएकाले उचित कदम चालेर शान्तिपूर्वक उक्त प्रक्रिया पूरा गरिने बताएका छन् । 

वार्तापछि अमेरिकी राष्ट्रपति जो बाइडेनले सीसँगको वार्तामा दुई मुलुकको प्रतिस्पर्धा द्व न्द्वमा परिणत नहोस् भन्ने विषयमा छलफल भएको बताएका छन् । बाइडेनले वार्ताको क्रममा मानव अधिकार र इन्डो प्यासिफिक क्षेत्रका अन्य मु द्दाप्रति प्रतिबद्ध रहेको बताएका थिए । 

बाइडेन र सीबीच पहिलोपटक आमनेसामने भएर वार्ता भएको हो । यसअघि गत सेप्टेम्बर महिनामा उनीहरुबीच टेलिफोन वार्ता भएको थियो। 

यो पनि : रुसले भारतलाई एयर डिफेन्स मि सा इ ल सिस्टम एस ४०० आपूर्ति गर्न थालेको छ । रुसी सैन्य सहयोग एजेन्सीका प्रमुख दिमित्री शुगायेभलाई उद्धृत गर्दै रुसी समाचार एजेन्सीहरूले आइतबार यो जानकारी दिएका हुन् ।

वायु रक्षा क्षे प्या स्त्र प्रणालीको आपूर्ति सुरु भएसंगै भारत अहिले अमेरिकी प्र ति ब न्धको चपेटामा परेको छ । वास्तवमा, सन २०१७ मा अमेरिकाले विश्वलाई रूसको सैन्य उपकरण किन्नबाट रोक्नको लागि एक कानून बनाएको थियो ।

दिमित्री शुगायेभ आइतवार एक एयरोस्पेस ट्रेड शो मा उपस्थित थिए । समाचार एजेन्सी इन्टरफ्याक्सले उनलाई उद्धृत गर्दै भन्यो, “यसको पहिलो खेपको आपूर्ति अब सुरु भएको छ ।”

उनले एस–४०० प्रणालीको पहिलो युनिट यसै वर्षको अन्त्यसम्ममा भारत पुग्ने बताए । पाँच लामो दूरीको सतहबाट हावामा मा र हा न्न सक्ने क्षे प्या स्त्रहरूको यो प्रणाली किन्नको लागि २०१८ मा ५.५ अरब डलरको सम्झौता भएको थियो ।

यस सम्झौताको बारेमा भारतले चीनको ध म्कीको सामना गर्न यो आवश्यक रहेको बताउँछ । अमेरिकी प्रतिबन्धको खतरा बढ्दै गएपछि भारतले (सीएएटीएसए) नामक कानून अन्तर्गत अमेरिकाबाट धेरै आर्थिक प्र ति ब न्धको सामना गर्नुपर्ने हुनसक्छ ।

यस कानूनको पूरा नाम सीएएटीएसस हो । यस का नू न अनुसार रुस, उत्तर कोरिया र इरान संयुक्त राज्य अमेरिकाका वि रो धी हुन्

युक्रेन वि रु द्ध का र बा ही गर्ने, २०१६ को अमेरिकी चुनावमा ह स्त क्षे प गर्ने र सिरियालाई सहयोग गरेकोमा अमेरिकाले रुसलाई आफ्नो श त्रुको रूपमा हेर्छ ।

तर, भारतले अमेरिका र रुस दुवै आफ्नो रणनीतिक साझेदार भएको बताएको थियो । तर अमेरिकाले भारतलाई सीएएटीएससबाट छुट पाउने सम्भावना नरहेको बताएको छ ।

अमेरिकाले गत वर्ष नाटोको सहयोगी टर्कीमाथि पनि यही कानून अन्तर्गत प्र ति ब न्ध लगाएको थियो । वास्तवमा टर्कीले रुसबाट एस ४०० मिसाइल प्रणाली पनि किनेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...