के गर्दैछन् भारतका मा’ओ’वा’दी ? खुल्यो यस्तो भित्रि रहस्य सबै चकित

७ नोभेम्बर  विश्व कम्युनिष्ट आ न्दो ल नको इतिहासमा एउटा  विशेष महत्व बोकेको दिन हो । त्यस दिन रुसमा लेनिनको नेतृत्वमा बोल्सेभिक क्रा न्ति सम्पन्न भएको थियो, जो ‘अक्टोबर क्रा न्ति’को नामले चिनिन्छ ।  

त्यसपछि पूर्वी युरोपका अनेकौं मुलुकहरू, भियतनाम, चीन र उत्तर कोरियाजस्ता मुलुकहरूले त्यही बाटो पछ्याएका थिए । आज न त सोभियत संघ छ, न पूर्वी युरोपका मुलुकहरूमा साम्यवादी शासन छ, न त चीन नै बोल्सेभिक क्रा न्तिले देखाएको  मार्गमा छ ।

लेनिन र माओले प्रतिपादित गरेको  क्रा न्तिको मार्गको अनुशरण गर्ने पेरुको ‘साइनिङ पाथ’को  मूलतः अवसान भैसकेको छ । मार्क्सवाद र लेनिनवादलाई आधार मानेर फार्क नामले चिनिने रिभोल्युशनरी आम्र्ड फोर्सेज् अफ कोलम्बियाले सञ्चालन गरेको विद्रोही समूहले पनि ह’ति’या’र समर्पण गरेपछि २०१६ मा अन्त भएको छ ।  

टर्कीका माओवादीहरू आफ्नो अस्तित्वका लागि संघर्षरत छन् भने  र लगभग आधी शताब्दीदेखि छा’पा’मा’र यु द्ध सञ्चालन गरेका  फिलिपिन्सका माओवादीहरू पनि सानो भूगोलमा मात्र सीमित छन् ।

यता दक्षिण एसियाली माओवादीहरूको संगठन कम्पोसाले १९९० को दशकमा दक्षिण एशियालाई क्रा न्तिको तुफानी केन्द्रका रुपमा परिभाषित गरेको थियो ।  नेपालका माओवादीहरूको नेतृत्वमा सञ्चालन भएको सशस्त्र संघर्षको अन्त भैसकेको छ भने भारतका माओवादीहरू आफ्नो अस्तित्व रक्षाका लागि संघर्षरत् छन् ।

७ नोभेम्बर अक्टोबर समाजवादी क्रान्तिले १०४ वर्ष पुरा गर्दा त्यसैलाई आदर्श मानेर सञ्चालन गरिएको भारतीय माओवादी आन्दोलनको अवस्था के छ भन्नेबारे अगाडिका पंक्तिहरूमा संक्षिप्त चर्चा गरिएको छ । भारतको माओवादी आन्दोलन पाँच दशक पुरानो हो ।

चारु मजुमदारको सन् १९७२ मा गि र फ्ता री र हिरासतमा दिइएको यातनाबाट मृ त्यु भएपछि  आन्दोलनले ठूलो क्ष ति बेहोरेको थियो ।नक्सलवादीहरूको व्यापक द म नपछि राज्यले नक्सलवाडी आ न्दो ल न अन्त हुने अपेक्षा गरेको थियो ।

तर असीको दशक लगत्तै कोण्डापल्ली सितारमैयाको नेतृत्वमा दक्षिणी राज्य आन्ध्रप्रदेशबाट माओवादी आन्दोलनले पुनर्जीवन प्राप्त गरेको थियो । सन् २००४ मा एमसीसीको नामले चिनिने माओइस्ट कम्युनिष्ट सेन्टर पनि माओवादी आन्दोलनमा मिसिएपछि यसले तीव्रता प्राप्त गरेको थियो ।  

कांग्रेस नेतृत्वको मनमोहन सिंह सरकारको कार्यकालमा माओवादीहरूमाथि चौतर्फी द म न भएपछि  आन्दोलन क्रमशः कमजोर हुन पुग्यो । हाल भारतीय माओवादी आ न्दो ल न अत्यन्त रक्षात्मक अवस्थामा छ । धेरै केन्द्रिय नेताहरू अहिले जेलमा छन् ।

केही वर्ष यता शहरी क्षेत्रमा जनाधार विस्तार गर्ने जिम्मामा रहेका नेताहरूको  गि र फ्ता रीपछि आन्दोलन अझै सं क टमा परेको देखिन्छ । यसबीच भारत सरकारले माओवादीहरूको वेभसाइट बेन्डथट्स डटकम माथिसमेत प्र ति ब न्ध लगाएपछि आ न्दो ल न सम्बन्धी गतिविधि र सूचनाहरू बाहिर आउन पनि बन्द प्रायः छ ।

बितेको एक दशकका प्रत्येक वर्षहरूमा माओवादीहरूले नबिराइकन सशस्त्र प्रहरीहरूमाथि वर्षमा एक पटक ठूलो फौ जी का र्वा ही गर्ने गरेका छन् । यस्ता हरेक फौ जी का र्वा हीमा केही दर्जन सुरक्षाकर्मी मारिने गरेका छन्  ।

उनीहरूको त्यो फौजी का र्वा ही दिल्लीका सञ्चारमाध्यममा केही दिनका लागि चर्चाको विषय बन्ने गरेको छ ।  त्योबाहेक भारतीय माओवादीहरूको  प्रभाव भारतको राष्ट्रिय राजनीतिमा देखा पर्दैन । 

प्रभाव क्षेत्रका हिसाबले हेर्दा पनि  छत्तीसगढ, झारखण्ड, महाराष्ट्र उडिसाका केही आदिवासी जिल्लाहरूका सीमित क्षेत्रमा बाहेक माओवादीहरूको अन्यत्र उपस्थिति देखिन्न ।

एक सय चालीस करोडको विशाल जनसंख्या रहेको भारतमा ५० वर्षको संघर्ष र ठूलो ब लि दा नका वावजुद् माओवादीहरूको उपस्थिति र प्रभाव एकाध लाख जनसंख्यामा सीमित हुनुबाट आ न्दो ल न ग म्भी र सं क टबाट गु ज्रि रहेको स्पष्ट हुन्छ ।

रुसमा कम्युनिष्ट पार्टीको स्थापना भएको दुई दशकभित्रै वोल्सेभिकहरूले सत्ता आफ्नो हातमा लिएका थिए । चीनमा कम्युनिष्ट पार्टीको स्थापनापछिको  अढाई दशकमै जनवादी क्रान्ति सम्पन्न भएको थियो ।

तर भारतमा आधी शताब्दीपछि पनि माओवादी आन्दोलन छत्तीसगढको  द ण्डकारण्य जंगलभित्रका गाउँ र त्यस वरपरको भूगोलका केही गाउँहरूमा मात्र सीमित छ । निकट वा सुदूर भविष्यमा आन्दोलनले गति लिने कहीं कतै संकेत देखिंदैन ।

क्रा न्ति वा सामाजिक  परिवर्तन समाज विज्ञानको अकाट्य नियम हो । तर क्रा न्तिका लागि वस्तुगत र आत्मगत दुवै परिस्थिति अनुकूल हुनुपर्दछ । रुसमा वोल्सेभिकहरूको नेतृत्वमा क्रा न्ति सम्पन्न हुनुका पछाडि जार शासकहरूको पहिलो वि श्वयु द्धमा संलग्नतालाई लिन सकिन्छ, जसले गर्दा त्यहा मजदुर किसान र सैनिकहरू जारको वि रु द्ध खडा हुन पुगे ।

यु द्धबाट जर्जर बनेका बेलायत फ्रान्सजस्ता रुसका मित्र शक्तिहरूले पनि जारको सत्ता जोगाउन सक्ने स्थिति रहेन । किनकी ती मुलुकहरू आफै यु द्धबाट कमजोर बनेका थिए । घरेलु र बाह्य परिस्थिति बोल्सेभिकहरूको अनुकूल थियो ।

चीनको क्रान्ति दोस्रो वि श्व यु द्धलगत्तै सम्पन्न भएको थियो । त्यतिखेर पनि विश्वका बेलायत, अमेरिका, जापान, जर्मनी जस्ता शक्तिहरू यु द्धमा फसेका थिए । च्याङ काई शेकको सत्ता आन्तरिक रुपमा चीनिया जनता र अन्तर्राष्ट्रिय शक्तिहरूको समर्थन नभएपछि कमजोर बनेको थियो ।

यसै अनुकूल घरेलु र बाह्य अवस्थाका कारण कम्युनिष्टहरूको जीत सम्भव भएको थियो । एकोहोरो रूपमा फौ जी कार्यदिशामा मात्र जोड दिनु र जनतालाई सचेत र संगठित गर्ने संसदीय विधिसहित संघर्षका अन्य रूपहरूप्रति देखाएको संकीर्णता नै भारतीय माओवादी आन्दोलनको संकुचनको मुख्य कारण रहेको देखिन्छ ।

गाउँबाट शहर क ब्जा गर्ने र स्थानीय सत्ता क ब्जा गर्दै केन्द्रिय सत्ता क ब्जा गर्ने चिनिया कम्युनिष्टहरूले अस्सी–नब्बे वर्ष पहिले प्रयोगमा ल्याएको रणनीति हो । समय सापेक्ष नयाँ रणनीतिको तर्जुमा बिना भारतीय माओवादी आ न्दो ल न टिक्न र विकसित हुन सम्भव देखिन्न ।

पेरुको कम्युनिष्ट आ न्दो ल नको आज नामोनिशान नरहनु र कोलम्बियाको फार्क वि द्रो ह समाप्त हुनु, टर्की, फिलिपिन्स, श्रीलंका आदिका असफल वि द्रो हहरूको एउटा मुख्य शिक्षा यो पनि हो । नेपालको माओवादी आ न्दो ल न पनि स श स्त्र स्वरुपमै जारी राख्न सम्भव नभएपछि सम्झौतामा गएर टुंगिएको हो ।

विश्वको आर्थिक सामाजिक र राजनैतिक स्वरुपमा बितेका एक सय वर्षमा ठूलो परिवर्तन आएको छ । विश्व बहुध्रुवीय बन्न पुगेको छ । सा म्रा ज्य वा द र उत्पीडित राष्ट्रहरूको अन्तरवि रो ध पनि पुरानै अवस्थामा छैन । आजको श्रमिक वर्गको आर्थिक सामाजिक अवस्था पनि अठारौं र उन्नीसौं शताब्दीको श्रमिकवर्गको जस्तो छैन ।

श्रमिक र पूँजीपति वर्गको बीचमा रहेको मध्यमवर्गको आकार विशाल छ । यो वर्ग आज विश्वव्यापी रूपमा शक्तिशाली वर्गका रूपमा रहेको छ । यसले के देखाउँछ भने श्रमजीवी वर्गको मात्र स म स्या उठाएर अब पुग्दैन, विशाल मध्यवर्गलाई पनि क्रा न्तिले सम्बोधन गर्न सक्नुपर्दछ ।

आज विश्वभरि नै उत्पादनको क्षेत्रभन्दा सेवाक्षेत्र बढी शक्तिशाली  छ । उत्पादनमा लागेको पूँजी र  श्रमिकको भन्दा सेवाक्षेत्रमा लागेको पूँजी र जनशक्तिको आकार धेरै ठूलो छ । भारतसहित विश्वभरि आएका यी महत्वपूर्ण आर्थिक राजनैतिक परिवर्तनहरूलाई हिसाब नगरी एक सय वर्ष पहिलेकै क्रा न्तिको रणनीति र कार्यनीतिमा टाँसिएर क्रान्तिको विकास सम्भव छैन ।

आज ग्रामीण वर्गसंघर्षको नीतिको विकास जरुरी छ । किनकी अब विश्वमै शहरमा बस्ने जनसंख्याले क्रमशः गाउँको जनसंख्यालाई उछिन्दै छ । गाउँको ठूलो श्रमशक्ति शहरमा स्थानान्तर भएको छ । शहरमा जस्तै  धेरैजसो गाउँहरूमा पनि विद्युत, सञ्चार  र यातायातजस्ता सुविधा पुगेका छन् । कृषिमा यन्त्रहरूको प्रयोग बढ्दो छ । 

रुस वा चीनमा  क्रान्ति हुँदा जुन विश्व परिवेश विद्यमान थियो, आज भारत र अन्य कुनै पनि मुलुकमा न त त्यस्तो घरेलु परिवेश छ, न विश्व परिवेश नै । बेलायती शासनको उत्तराधिकारीका रूपमा रहेको भारत विश्वकै तेस्रो ठूलो सैन्यशक्ति भएको महाशक्ति राष्ट्र हो ।

पञ्जाब, नागा, मिजो आदि विद्रोहहरू साम्य गर्न भारतीय राज्य सफल भएको छ । यस्तो अवस्थामा ह ति या रको बलमा भारतीय राज्य सत्तालाई उल्टाएर भारतमा कम्युनिष्ट शासनको स्थापना वा निरन्तरता सम्भव देखिन्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...