एजेन्सि –
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लोकप्रिय नेता चुनिएका छन् ।
अमेरिकाको डेटा इन्टेलिजेन्स फर्म द मर्निङ कन्सल्टको सर्वेक्षणअनुसार मोदीले अप्रुवल रेटिङमा अमेरिकी राष्ट्रपति जो बाइडेन तथा ब्रिटिस प्रधानमन्त्री बोरिस जोनसन सहित अन्य शक्तिशाली १३ राष्ट्र प्रमुखलाई पछि पार्दै लोकप्रिय नेता चुनिएका हुन् ।
सर्वेक्षणमा मोदीले कुल ७० प्रतिशत मत पाएका छन् । अन्तिम ५ मा मोदीपछि मेक्सिकन राष्ट्रपति आन्द्रे म्यानुएल लोपेज रहेका छन् ।
यस्तै इटालीका प्रधानमन्त्री मारियो द्राघी, जर्मन चान्सलर एन्जेला मर्केल अमेरिकी राष्ट्रपति जो बाइडेनसमेतलाई मोदीले पछि पारेका हुन् । मोदीले ७० प्रतिशत मत पाउँदा बाइडेनले ४४ प्रतिशत पाएका छन् ।
सर्वेक्षणअनुसार भारतमा को’रो’नाको दोस्रो लहरका क्रममा मोदीको लोकप्रियतामा गिरावट आएको थियो । त्यतिबेला देशभर अक्सिजनको हा’हा’का’र भएको थियो भने मोदी सरकारलाई यो सबैको व्यवस्थापनमा समस्या भएको थियो ।
यही बीचपनि उनी विश्वका नेताबीच लोकप्रियतामा भने नम्बर वान नै रहेका हुन् ।
यो पनि पढनुहोस : सरकारले को’रो’ना महा’मा’रीबाट प्र’भा’वित काभ्रेपलाञ्चोकका ५ हजार ३ सय ३ वटा अति वि’प’न्न परिवारलाई जनही १० हजार रुपैयाँ राहत वितरण गरेको छ ।
राससका अनुसार काभ्रेका स्थानीय तहहरूले ज्यालादारी मजदुर र वि’प’न्न वर्ग पहिचान गरेर राहत वितरण गरेका हुन्।
विशेषगरी को’रो’ना रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दी र निषेधाज्ञाका कारण प्रभावित अति वि’प’न्न, असहाय र ज्यालादारी मजदुर, दैनिक ज्यालादारी गरी जीवन निर्वाह गर्ने तथा हातमुख जोर्न सम’स्या भएका परिवारलाई राहत वितरण गरिएको हो।
प्रतिस्थापन बजेटमा घोषणा गरिएअनुसार हालै मात्र उक्त शीर्षकको राहत रकम वितरण कार्यविधि मन्त्रिपरिषदबाट स्वीकृत गराई सरकारले राजपत्रमा प्रकाशन गरेको थियो ।
सोहीअनुसार देशभरका करिब ५ लाख वटा अति विपन्न परिवारलाई राहत वितरण भइरहेको हो । यसैअन्तर्गत काभ्रेपलाञ्चोकका ५ हजार ३ सय ३ परिवारलाई राहत वितरण गरिएको हो ।
गत मंगलबार प्रकाशित राजपत्रमा उल्लेखअनुसार काभ्रेका बनेपा नगरका ५०९, धुलिखेलका ३३५, पनौतीका ४१७, पाँचखालका ४७१, नमोबुद्धका ४८४ घरपरिवारले पाएका छन् ।
यस्तै मण्डनदेउपुरका ५८७ तथा चौंरीदेउराली गाउँपालिकाका ४८२, भुम्लुका ४०७, तेमालका ४२२, बेथानचोकका २४०, रोशीका ४५०, महाभारतका २८८ र खानीखोला गाउँपालिकाका २११ परिवारलाई राहत रकम दिइएको हो ।