एजेन्सि –
चीनले शुक्रबार उत्तरी शान्सी प्रान्तको ताइयुआन स्याटेलाइट प्रक्षेपण केन्द्रबाट पृथ्वी विज्ञान उपग्रह अन्तरिक्षमा पठाएको छ ।
गुआङ्मु नामक उपग्रहलाई लङ मार्च–६ क्यारियर रकेटले बिहान १०ः १९ मा (बेइजिङ समय) मा प्रक्षेपण गरी लक्षित कक्षमा प्रवेश गरेको थियो । प्रक्षेपण केन्द्रका अनुसार यो लङ मार्च रकेट शृङ्खलाको ३९५ औं उडान मिसन थियो ।
चाइनिज एकेडेमी अफ साइन्सेज द्वारा विकसित, उपग्रह (SDGSAT-1) विश्वको पहिलो अन्तरिक्ष विज्ञान उपग्रह हो जुन दिगो विकासको लागि संयुक्त राष्ट्र २०३० एजेन्डाप्रति गर्न समर्पित छ ।
तीनवटा अप्टिकल पेलोडसहितको उक्त स्याटेलाइटले मानव र प्रकृति र दिगो विकास बीचको अन्तरक्रियाको अनुगमन, मूल्याङ्कन र अध्ययनका लागि अन्तरिक्ष अवलोकनका लागि डाटा उपलब्ध गराउन सक्ने एकेडेमीले जनाएको छ ।
यस्तै अमेरिकी रक्षा विभाग पेन्टागनले आफ्नो एक रिपोर्टमा चीनले आफ्नो आ’ण’वि’क ह’ति’या’रमा अपेक्षा भन्दा बढी विस्तार गरिरहेको बताएको छ ।
जवाफमा चीनले अमेरिकी आँकलनलाई पूर्वाग्रहबाट ग्रसित बताएको छ । पेन्टागनले आफ्नो यो वार्षिक रिपोर्टमा भनेको छ कि चीनसँग २०२७ सम्म ७०० र २०३० सम्म सम्भवतः १००० प’र’मा’णु ह’ति’या’र हुन सक्नेछन् ।
पेन्टागनले चीनको सैन्य क्षमताका विषयमा आफ्नो वार्षिक रिपोर्ट जारी गरेको छ । यो अनुमान त्यही रिपोर्टको एक अंश हो । रिपोर्टका अनुसार चीन ‘जमिन, आकाश र समुद्रबाट प’र’मा’णु ह’ति’या’र प्र’हा’र गर्ने प्लेटफर्महरुमा लगानी गरेर तिनीहरुको विस्तार गरिरहेको छ ।
चीन प’र’मा’णु शक्तिको ठूलो विस्तारको लागि आधारभूत ढाँचा तयार गर्दैछ ।’ अमेरिकी रक्षा विभागको यो रिपोर्ट देशको प्रतिनिधि सभालाई दिइन्छ ।
आफ्नो प’र’मा’णु ह’ति’या’र विस्तारका विषयमा अमेरिकी रक्षा विभागको यो रिपोर्ट वि’रु’द्ध चीनले बिहीबार प्रतिवाद गरेको छ । चीनले रिपोर्टलाई पूर्वाग्हबाट भरिएको बताएको छ । उसले अमेरिकाले प’र’मा’णु यु’द्धको ख’त’रालाई बढाइचढाइ पेश गरेको बताएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता वांग वेनबिनले भने ‘अमेरिकी रक्षा विभागको रिपोर्ट, आफ्ना पछिल्ला रिपोर्टजस्तै तथ्यहरुलाई नदेखेझैं गरिएको र पूर्वाग्रहले भरिएको छ ।’
उनले अमेरिकाले यो रिपोर्टको प्रयोग चीनबाट प’र’मा’णु ख’त’राको कुरालाई बढाउनको लागि गरिरहेको छ । उनले अमेरिका नै विश्वमा प’र’मा’णु ख’त’राको सबैभन्दा ठूलो स्रोत भएको बताए ।