एजेन्सि –
अमेरिकी राष्ट्रपति जो बाइडनले जलवायु परिवर्तन सम्बन्धी कोप २६ सम्मेलनमा चीन र रुसका नेता अनुपस्थित भएको भन्दै आ’लो’च’ना गरेका छन् ।
मङ्गलवार राति कोप २६ मा बोल्दै बाइडनले जलवायु “एउटा ठूलो मु द्दा” भएको र चीन त्यसबाट “टाढिएको” बताएका हुन् । उनले त्यस्तै व्यवहार रुस र त्यहाँका राष्ट्रपति पुटिनले पनि देखाएको आ’रो’प लगाए ।
ग्लास्गोमा नोभेम्बर १४ अर्थात् दुई सातासम्म चल्ने सम्मेलनमा चीन र रुस दुवै देशका राष्ट्रपति अनुपस्थित छन् । तर दुवै देशले वार्ताका लागि आफ्ना प्रतिनिधि भने पठाएका छन् ।
विश्वमा कार्बनडाइअक्साइड सबैभन्दा धेरै उत्सर्जन गर्ने देशमा चीन र त्यसपछि अमेरिका पर्छ । रुस भने युरोपेली सङ्घ र भारतपछि पाँचौ स्थानमा पर्छ ।
यो सम्मेलनका लागि विश्वका १२० भन्दा बढी मुलुकका नेताहरू उपस्थित भएका छन् ।
देशहरूको प्रतिबद्धता
देशहरूले सन् २०३० सम्ममा वनवि’ना’श अ’न्त्य गर्ने र त्यही वर्षभित्र मिथेन ग्यासको उत्सर्जनलाई पनि सीमित गर्ने विश्वव्यापी प्रतिबद्धतामा सहमति जनाएका छन् । वनविनाश अन्त्य गर्ने प्रतिबद्धतामा चीन र रुस दुवैले हस्ताक्षर गरेका छन् ।
बाइडनले मङ्गलवार सम्मेलनमा बोल्न सुरु गर्नुअघि रुसी राष्ट्रपतिले कोप २६ मा वन व्यवस्थापनसम्बन्धी बैठकलाई भर्चुअल रुपमा सम्बोधन गरेका थिए ।
क्रेमलिनले जारी गरेको विज्ञप्ति अनुसार पुटिनले रुसले वनको संरक्षण सशक्त र जोडदार रुपमा गर्ने बताए ।
अहिलेसम्मका वार्तामा चीन, रुस र साउदी अरेबियालगायतका देशले अहिलेसम्म कस्तो भूमिका खेले भन्नेबारे सोधिएको प्रश्नको जवाफ दिने क्रममा अमेरिकी राष्ट्रपतिले रुस र चीनबारे त्यस्तो टिप्पणी गरेका हुन् ।
चिनियाँ राष्ट्रपतिको अनुपस्थितिलाई बाइडनले “ठूलो ग ल्ती” भनेका छन् । उनले भने, “चीनले विश्व नेताका रुपमा विश्वमा आफ्नो नयाँ भूमिका रहेको देखाउन खोजिरहेको छ र यहाँ भने देखाएको छैन ।”
बाइडनले पुटिनबारे पनि त्यस्तै धारणा राख्दै रुसको जङ्गल क्षेत्र डढिरहेको र त्यहाँका राष्ट्रपति त्यस्तो मु द्दाबारे “मौन बसेको” आ रो प लगाए ।
किन अनुपस्थित ?
पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले राष्ट्रपति किन उपस्थित हुन सक्दैनन् भन्नेबारे कुनै कारण दिएनन् । उपस्थितिबारे गत अक्टोबरमा घोषणा गर्दै पेस्कोभले जलवायु परिवर्तन रुसको “महत्त्वपूर्ण” प्राथमकितामा रहेको बताएका थिए ।
अक्टोबर महिनामा नै अधिकारीहरूले चिनियाँ राष्ट्रपति सी जिनपिङ पनि उपस्थित नहुने ठानिएकोबारे यूकेका प्रधानमन्त्री बोरिस जोनसनलाई सचेत गराएका थिए । सन् २०२० को सुरुदेखि नै राष्ट्रपति सी चीनबाट बाहिर कतै नगएको ठानिएको छ ।
गत सेप्टेम्बरमा राष्ट्रपति सीले सन् २०६० सम्ममा कार्बन न्यूट्रल अर्थात् जति कार्बनडाइअक्साइड उत्सर्जन हुन्छ त्यतिनै मात्रामा कार्बनडाइअक्साइड वातावरणबाट सोस्ने अवस्थामा चीनलाई पुर्याउने घोषणा गरेका थिए ।
राष्ट्रपति पुटिनले पनि अक्टोबर १३ मा भएको उर्जासम्बन्धी एउटा अन्तर्राष्ट्रिय सम्मेलनमा रुस “सन् २०६० भन्दा ढिला नगरी” कार्बन न्यूट्रलको अवस्थामा पुग्ने बताएका थिए ।
नेट जिरो अर्थात् कार्बन न्यूट्रल बन्नुको अर्थ वायु मण्डलमा हरित गृह ग्यासको मात्रा नथप्नु भन्ने हो।