बामदेब गौतम प्रचण्डको माओवादी प्रवेश गर्न लागेको चर्चा, के हो वास्तविकता ?

काठमाडौं – कुनै पार्टीमा नरहेका तर पार्टी फेरिरहने उम्मेद्धवार हुन बामदेब गौतम ।

आफ्नो निर्वाचन क्षेत्रमा चुनावका दौरान नमिठो हार ब्यहोरेपछि नेपाली राजनीतिमा साख गुमाएका तर चर्चामा आइरहने पात्र हुन गौतम ।

उसो त उनको निकट नेताहरुले उनी सिद्धान्तमा अडिग ब्यक्ति हुन भन्ने गर्छन तर बामदेब गौतम भने पार्टी फेर्नमा छेपारो भन्दा कम भने छैनन ।

पछिल्लो समय आफ्नै राजनीतिक करिअरको ठेगान नभएका गौतमले नयाँ यात्रा तय गर्ने संकेत देखाएका छन् ।

उनी सबै कम्युनिष्ठलाई एक बनाउने भन्दै माओवादी प्रबेश गर्न लागेको सूचना हामीलाई उनी निकट स्रोतबाट प्राप्त भएको छ । पछिल्लो समय उनले माओवादीमा प्रबेश गरेर सबै कम्युनिष्ठ पार्टीलाई एकताको सुत्रमा बाध्ने तयारी गरेका छन ।

नेकपा बिप्लब, माधब नेतृत्वको नेकपा एकिकृत समाजवादी र एमालेलाई समेत एकताको सुत्रमा बाध्ने तयारी गरेको उनी निकट स्रोतले बताएको छ । माओवादीमा रहेका तर अहिले छुट्टिएका पार्टीलाई समेत एकताबद्ध गर्ने गौतमको योजना छ ।

समग्रमा सबै कम्युनिष्ठ बिचारधाराका मानिसलाई एक ठाउँमा ल्याएर बृहत कम्युनिष्ठ पार्टी बनाउने गौतमको योजना छ । तत्कालका लागी उनी माओवादी केन्द्रमा प्रबेश गर्न लागेको खबर अनलाईनमार्गले प्रकाशन गरेको छ ।

यो पनि पढनुहोस : चितवनको भरतपुर क्षेत्रमा विद्युत आपूर्तिमा सम’स्या परेपछि बुधबार मध्यान्ह नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ चितवनको (भरतपुर) बसेनी सबस्टेसन पुगे ।

उनलाई हिजो दिउँसोदेखि नै सबस्टेसनमा धमाधम पुरानो ट्रान्सर्फमर हटाएर नयाँ राख्न काम भइरहेको रिपोर्टिङ थियो । तिहारको मुखमा सबस्टेसन नै बन्द भएपछि घिसिङले सबैखालको प्रयास गर्न निर्देशन दिएका थिए ।

तर, उनी भरतपुर पुग्दा जसरी काम भइरहेको देखे, उनलाई चित्त बुझाएनन् । सबस्टेसनमा ४-५ जना मात्रै प्राविधिकले काम गरिरहेको देखेपछि घिसिङले अस’न्तोष व्यक्त गरे ।

उनले कर्मचारीहरुलाई ग’म्भी’रतापूर्व’क काम नभएको भन्दै गति बढाउन आग्रह गरे । तिहारजस्तो उज्यालो पर्वमा ग्राहकलाई बिजुली दिन नसक्ने बिडम्बनापूर्ण अवस्थाको सम्वेदनशीलता बुझ्न अनुरोध गरे ।

तर, कर्मचारीले हिजैदेखि आफू निरन्तर सबस्टेसनमै बसेर ‘फोकस’ भएर काम लगाएको भन्दै रिपोर्टिङ गरेपछि घिसिङले फिल्डमै अस’न्तुष्टि पोखे । ‘तपाईं हरेको हेरेकै, अनि पाँच जनाले काम गरेर हुन्छ त यहाँ ?’ उनले कर्मचारीसँग झो’क्कि’एरै भने,’यहाँ जात्रा हेर्न आउनु भएको ?’

उनले फिल्डमा काम गरिरहेको प्राविधिकहरुसँग पनि सम्वाद गरे । प्राविधिकहरुले अहिलेको गतिले काम गर्दा निकै ढिलाइ हुने बताए ।

कार्यकारी निर्देशक घिसिङले मर्मतको काम गरिरहेका प्राविधिक टोलीको नेतालाई चाहिए जति जनशक्ति बोलाएर काम लगाउन आग्रह गरे । ‘काम गर्नेहरुले जे खान चाहानुहुन्छ, दिनुस्, खसी नै काटेर खानुहुन्छ भने पनि हामी गर्दिन्छौं, कति श्रमिक र पैसा चाहिन्छ भन्नुस्,’ घिसिङले प्राविधिक टोलीका नेतासँग भने,’२०-३० जना कति मान्छे चाहिन्छ तुरुन्तै ल्याउनुस्, तपाईं जे भन्नुहन्छ, म गर्दिन्छु ।’

घिसिङले अर्को ट्रान्सर्फमर बिहीबार विहानसम्म आइपुग्ने भएकाले बुधबार साँझसम्म पुरानो हटाएर तयारीको काम गर्न आग्रह गरे । जसरी भएपनि बिहीबार लक्ष्मीपूजाको दिन भएकाले जसरी पनि विद्युत आपूर्ति गर्ने गरी काम गर्न घिसिङले निर्देशन दिए ।

मंगलबार दिउँसोदेखि भरतपुरका ठूलो क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । भरतपुर महानगरपालिकास्थित १३२/११ बसेनी गि्रड सबस्टेसनको पावर ट्रान्सर्फमरहरुमा सम’स्या आएपछि प्राधिकरणको भरतपुर वितरण तथा ग्राहक सेवा केन्ऽ अन्तर्गत भरतपुर महानगरपालिका-१ देखि १३ तथा २९ नम्बर वडा र तनहुँको देवघाट क्षेत्रमा विद्युत आपूर्ति बन्द भएको हो ।

तिहारमा नै उपभोक्ताले लामो समय बिजुली नपाउने अवस्था बनेपछि सम’स्याहरु फुकाउन भन्दै घिसिङ चितवन पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...