यति सानो उमेरमै सुशान्तको यस्तो काम, देख्ने सबै चकित, कसरी पाईन उनले यस्तो सफलता ?

डोटी – डोटीको जोरायल गाउँपालिका–२ रिठा गाउँका ११ वर्षीय बालक सुशान्त पाठकले नाबालक उमेरमा ट्र्याक्टर चलाएर सम्पूर्ण काम गर्न थालेका छन् ।

खाने मुखलाई जुँगाले छेक्दैन भनेजस्तै काम गर्नलाई उमेरले छेक्दैन । यसको एक ज्वलन्त उदाहरण बनेका छन् । सुरु सुरुमा घरमा आमा, बुवाले ट्र्याक्टर चलाउन त परै जाओस् छुन समेत नदिने गरेको भए पनि उनले लुकिछिपी चलाउने  गरेका सुशान्त अहिले ले ट्याक्टर चलाउन सक्ने भएको छ ।

यसरी चलाउन सक्ने भएपछि आफुलाई बुवाले पनि कामका लागि ट्र्याक्टर दिने गरेको बालक सुशान्तले बताएको छ । सुशान्तले ट्याक्टरको ट्रली जोड्ने, खेत जोत्ने, गिट्टी, बालुवा ल्याउन थालेपछि घरका मान्छेदेखि अन्य छरछिमेकमा रहेका मानिस पनि चकित परेका छन् । 

अहिले उनले चलाएको ट्याक्टर हेर्नेको उनको गाउँमा भीड नै लाग्ने गरेको स्थानीयवासी भगवती कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, ‘सानो बालक छ, मजाले ट्र्याक्टर चलाएर खेत जोत्नेदेखि सामान ढुवानी गर्छ, हामी त अचम्म परेका छौँ ।’

बच्चालाई चोट पटक लाग्ला भनेर आफूले साकल समेत चलाउन नदिएको तर छोराले आफै ट्र्याक्टर चलाउन थालेपछि आफू चकित परेको सुशान्तकी आमा धर्मा जोशी पाठकको भनाइ छ ।

उहाँले भन्नुभयो, ‘साइकल पनि नचलाओस् भनेर मैले त्यसको खुट्टा नपुग्ने ठूलो साइकल किने, छोरो त ट्याक्टर चलाउने पो भयो, अचम्म नपरेर के गर्नु, खुसीसँगै चकित परेकी छु ।’

सुशान्तले ट्याक्टर, कार, मोटरसाइकल सबै चलाउन सक्षम भएका छन् । सानै उमेरमा ट्याक्टर, कार, मोटरसाइकल चलाउने सुशान्त सम्भवतः सुदूरपश्चिम प्रदेशमै पहिले बालक भएको उनका बुवा दीनेशराज पाठकले जानकारी दिएको छ ।

उहाँले भन्नुभयो, ‘मेरो छोरा अहिले ११ वर्षको भयो, उसले नौ वर्षदेखि ट्र्याक्टर चलाउन थालेको हो, सुदूरपश्चिममा पहिलो बालक होला यति सानो उमेरमा गाडी चलाउने व्यक्ति ।’

सुशान्तले ट्याक्टर चलाउन सिके सँगै उहाँका बुवालाई काममा पनि निकै हलुंगो भएको छ । तर नेपालको कानुनअनुसार १८ वर्ष उमेर नपुगी सार्वजनिक सडकमा सवारी साधन चलाउन पाइँदैन ।

अस्थायी ट्राफिक प्रहरी कार्यालय बुडरका प्रमुख हर्क साउदले १८ वर्ष भन्दा मुनिका व्यक्तिलाई सवारी चालक अनुमतिपत्र दिन नमिल्ने हुँदा उनले गाडी चलाउन नमिल्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘सुशान्तले सानै उमेरमा आफ्नो कलाकौशल देखाए, त्यो राम्रो विषय हो, तर १८ वर्ष नपुगी चालक अनुमतिपत्र नदिइने नियम रहेकाले सडकमा चलाउन नपाइने नियम छ, सडकमा गाडी ल्याउनु भएन ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...