विवाह गरेकै दिन श्रीमान्‌ले बलात्कार गरेपछि श्रीमतिले चालिन यस्तो कदम दुनियाँ चकित

इजिप्टका महिला यौनहिंसाबारे गरिने ‘तैँ चुप मै चुप’ को परम्परा तोडिरहेका छन् र वैवाहिक जीवनमा हुने ब’ला’त्कारमाथि खुलेर आफ्नो कुरा राखिरहेका छन् । यो एउटा यस्तो मुद्दा हो जसबारे इजिप्टमा कमै कुरा हुने गर्छ ।

चेता’वनीः यो लेखमा यौन हिंसाबारे कुरा गरिएको छ । ३४ वर्षकी सफाको विवाह भएकै दिन उनका श्रीमानले उनलाई बला’त्कार गरे । उक्त यौ’न हमलामा उनको गुप्ता’ङ्ग, ना’डी र अनुहारमा चो’ट लाग्यो ।

उनी भन्छिन्, ‘म महिनावारी भइरहेकी थिएँ र म यौ’न सम्बन्धका लागि तयार थिइनँ । मेरा श्रीमानलाई लाग्यो कि म उनीसँग सम्बन्ध स्थापित नगर्न बहाना बनाइरहेकी छु । उनले ममाथि कु’टपि’ट गरे, मेरो हात बाँधिदिएँ, मेरो मुख दबाए र बला’त्कार गरे ।’

सामाजिक ब’दनामीको डरले सफाले आफ्ना श्रीमान विरु’द्ध मु’द्दा दर्ता गरिनन् । इजिप्टको समाज पितृसत्तात्मक छ र त्यहाँ पी’डित महिलामाथि नै आ’रोप लगाइने संस्कृति छ । सफालाई त्यतिबेला यस विरु’द्ध आवाज उठाउनुपर्छ जस्तो लाग्यो जब उनले टिभीमा प्रसारित धारावाहिक न्यूटन्स क्रेडलको एउटा दृश्य देखिन् ।

यसमा एक श्रीमानले आफ्नी श्रीमतीलाई बला’त्कार गरिरहेको देखाइएको थियो । यो दृश्य देखेर ती महिलालाई आफूमाथि भएको उ’त्पीडनको याद ताजा भयो । यसले उनलाई यसबारे सोसल मिडियामा खुल्ला रुपमा कुरा गर्न र आफ्नो अनुभव साझा गर्ने मौका पनि दियो । केही हप्ताभित्रै सयौं महिलाले सोसल मिडियामा आफूमाथि भएको अत्या’चार बारे लेखे ।

फेसबुकमा स्पीक अप नामबाट बनाइएको एउटा पेजमा सात सयभन्दा बढी महिलाले आफ्नो कुरा राखे । यीमध्ये २७ वर्षकी साना पनि थिइन् । ‘विवाहको एक वर्षपछि म गर्भवती भएँ र मेरो सुत्केरी हुने समय नजिकिँदै थियो ।’

एक प्रचलित सामाजिक कु’संस्कारः

साना लेख्छिन्, ‘एउटा निकै साधारण कुरामा हामीबीच झ’गडा भयो र उनले मलाई स’जाय दिने निश्चित थरे । उनले ममाथि ज’बरजस्ती गरे र बला’त्कार गरे । मेरो गर्भपतन भयो ।’ सानाले सम्ब’न्ध वि’च्छेदको लडा’ईं एक्लै लडिन् ।

अब उनी आफ्ना श्रीमानसँग होइन, एक्लै बस्छिन् । उनी आज पनि आफ्नो बच्चालाई सम्झेर रु’न्छिन् । इजिप्टका थुप्रै इलाकामा श्रीमतीमाथि जबरजस्ती यौ’नसम्बन्ध स्थापित गर्नु, विशेषगरी विवाह भएको दिन, एउटा प्रचलित सामाजिक कु’संस्कार हो ।

यो मु’द्दामाथि बहस त्यतिबेला थप तीब्र भयो जब एक चर्चित गायककी पूर्व श्रीमतीले इन्स्टाग्राममा आफ्नो अनुभव साझा गरिन् । उनले रुँ’दै आफ्नो वैवाहिक जीवनमा भएको ब’लात्कारको कहानी सुनाइन् । यो भिडियो इजिप्टमा भाइरल भयो । यसबारे मिडियामा पनि लेख प्रकाशित भयो ।

श्रीमानले यसको जवाफमा इन्स्टाग्राममा नै एउटा भिडियो पोस्ट गरेर सबै आ’रोपलाई आधारहीन बताउँदै यसलाई खारेज गरिदिए । उनकी श्रीमतीले यसलाई अपराध घोषणा गर्नुपर्ने बताउँदै यसका लागि कानूनमा परिवर्तनको माग गरेकी छिन् । बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...