चिनले संसारका विभिन्न देशमा जमिन किन्दै, किन किनिदै छ त जमिन ? भयो पर्दाफास

एजेन्सि – विश्वकै शक्तिशाली देश मध्येको एक चिनले संसारका विभिन्न देशमा जमिन किनिरहेको छ ।

चिनले हालको समयमा नयाँ रणनीतिक पहलअन्तर्गत संसारका विभिन्न देशमा जमीन किनिरहेको छ । एसिया र अफ्रिकामा विभिन्न देशमा चीनका सरकारी निकायहरू आक्रामक रूपमा विदेशमा जमीन किनिएको छ ।

चिनियाँहरूले विगत एक दशकमा आफ्ना कम्पनी मार्फत किनेको वा भाडामा लिएको जमीनको क्षेत्रफल श्रीलंका जत्रो छ । अमेरिका र अन्य देशका कम्पनीहरू यस मामिलामा चीनभन्दा कोसौं पछि छन् ।

जापानी मिडिया निक्केई एसियाको रिपोर्टअनुसार, विकासशील देशहरूको खाद्य तथा प्राकृतिक साधनस्रोतमा चीनको कब्जा हुने चि’न्ता बढेको छ । ती देशमा सुरक्षा व्यवस्थाका विषयमा पनि प्रश्न उठेको छ ।

यस विषयमा अध्ययन गरिरहेका जापानको हिमेजी विश्वविद्यालयका प्राध्यापक हिदेकी हिरानोले चिनियाँ कम्पनीहरूबाट भूमि कब्जा गरिएको विषयमा ती देशहरूले आफ्नो कानूनलाई थप कडा बनाउनुपर्छ । म्यान्मारको उत्तरी राज्य कचिनमा केराको खेती व्यापक रूपमा हुने गर्छ ।


त्यहाँ चिनियाँ कम्पनीहरूले केरा खेतीमा व्यापक लगानी गरेका छन् । उत्पादित केरा धेरैजसो चीनतिरै जाने गर्छ । त्यस्तै भियतनामको दक्षिणी भागमा रहेको बिन्ह फुओक प्रान्तमा रबर व्यापक मात्रामा उत्पादन गरिन्छ । तर यो खेती चीनको प्रमुख कम्पनी न्यु होप लिउहेका गतिविधिका कारण जोखिममा परेको छ ।

यस चिनियाँ कम्पनीले रबरको उत्पादन गरिने ७५ हेक्टर जमीनमा सुँगुर पालिरहेको छ । कम्पनीको विस्तार भियतनामका कैयौं राज्यमा फैलिएको छ । त्यहाँ पालिएका सुँगुरको मासु चीनमा निर्यात गर्ने गरिएको छ ।

युरोपेली भूमि निगरा’नी संगठन ल्यान्ड मेट्रिक्सका अनुसार, चिनियाँ कम्पनीहरूले सन् २०११ देखि २०२० सम्म संसारभरि कृषि, जंगल र उत्खननका लागि ६४.८ लाख हेक्टर भूमिमा नियन्त्रण कायम गरेका छन् ।

चीनको आर्थिक विकासका कारण देशमा माग बढेपछि त्यसलाई पूर्ति गर्न विदेशी भूमि अधिग्रहण गर्दै उत्पादन गर्न चीन लागिपरेको छ । विदेशको जमीन हात पार्दा प्राकृतिक संसाधनमा पनि चीनको पकड बन्दै गएको छ । त्यसको दोहन गर्दै कम्पनीहरूले ती ती देशमा उत्पादन भएका वस्तु चीन पुर्‍याइरहेका छन् । त्यसबाहेक चिनियाँ कम्पनीहरूले व्यापक रूपमा खानी किनिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...