केही महीनामै स्थानीय तहको चुनाव हुन्छ : प्रधानमन्त्री देउवा

काठमाडौं –

प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अबको केही महीनामै स्थानीय तहको चुनाव हुने बताएका छन् ।

प्रदेश नम्बर १ को पार्टी अधिवेशनलाई सम्बोधन गर्दै सभापति देउवाले केही महीनामै स्थानीय तहको निर्वाचन र एक वर्षभित्र संघ र प्रदेशको चुनावमा जाने भएकोले तयारी गर्न नेता कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

सभापति देउवाले पार्टीका सबै नेता कार्यकर्ताहरूलाई एकढिक्का भएर जनताको विश्वास जित्ने गरी चुनावमा केन्द्रित हुन निर्देशनसमेत दिएका छन् ।

‘केही महीनामै स्थानीय तहको निर्वाचनमा जानेछौं । एक वर्षभित्र संघ र प्रदेशको निर्वाचनमा जानेछौं’ उनले भने, ‘त्यसैले हामी महाधिवेशनपछि तीनै तहका चुनाव केन्द्रत हुनुपर्छ  ।’

उनले मुलुकको विकास र समृद्धिको नेतृत्व नेपाली कांग्रेसले मात्रै गर्छ पुष्टि भएको दाबी गर्दै प्रदेश अधिवशनले पार्टीलाई थप सशक्त बनाउने विश्वास व्यक्त गरे ।

यो पनि : नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य मेटमणि चौधरीले नेकपा एमालेका महासचिव शंकर पोखरेललाई कडा चु नौ ती दिएका छन् ।

शुक्रबार पार्टीको जिल्ला भेलामा चौधरीले पोखरेललाई दाङको जुनसुकै निर्वाचन क्षेत्रमा पोखरेलसँग चुनाव ल ड्न तयार रहेको भन्दै आगामी निर्वाचनमा प्रतिस्पर्धा गरेर देखाउन पोखरेललाई चुनौती दिए ।

लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री समेत रहेका पोखरेल २०७४ को निर्वाचनमा आफूसँग हारिने डरले क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेको पनि चौधरीले आरोप लगाए ।

अब, आगामी निर्वाचनमा पोखरेलले दाङको जनताले हराइदिने पनि चौधरीले ठोकुवा गरे । चौधरीले समयमा काम पूरा नगर्ने निर्माण व्यवसायीलाई पोखरेलले काखी च्यापेको आ रो प पनि लगाए ।

यो पनि : नेकपा (एमाले)का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले नयाँ जनादेशमा जानुपर्ने बताएका छन्।

चितवनमा सम्पन्न १० औँ महाधिवेशनबाट प्रतिस्पर्धी भीम रावललाई फराकिलो मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएपछि शुक्रबार पदभार ग्रहण गर्दै अध्यक्ष ओलीले ताजा जनादेशमा जानुपर्ने बताएका हुन्।

काठमाडौंमा केन्द्रीय कार्यालयमा पदभार ग्रहण गर्दै ओलीले नेपालको न्यायालयमा देखिएको समस्या पाँच दलीय गठबन्धनले निम्त्याएको आरोप लगाए।

‘‘कांग्रेस नेतृत्वको पाँच दलीय गठबन्धनले देश चलाउन सकिरहेको छैन,” पदभार ग्रहणपछि ओलीले भने। गठबन्धन सरकारले देशलाई अकर्मण्यतातर्फ धकेलेको उनको आरोप छ।

यस्तै ओलीले मंसीर २८ गते बोलाइएको संसद बैठक सञ्चालन हुन नसक्ने संकेत दिएका छन्। सभामुख अग्नि सापकोटाले आफ्नो पार्टीबाट निष्कासित व्यक्तिलाई सांसदकै हैसियत दिएको बताउँदै ओलीले “यस्तो कदमलाई स्वीकार गर्न सकिँदैन।” ओलीले सभामुख निष्पक्ष रहन नसकेको समेत आरोप लगाएका छन्।

“जुन प्रकारको गतिविधि पछिल्लो समय देशभित्र देखिन थालेको छ, त्यस हिसाबले देश सञ्चालन हुन सक्दैन” ओलीको दाबी छ।

यो पनि : नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले नेकपा एमाले सौराहा महाधिवेशनबाट पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका छन् ।

नेपाली कांग्रेस वाग्मती प्रदेश सभापतिको उम्मेदवार जगदिश नरसिंह केसीको समर्थनमा हेटौंडामा मत माग्दै थापाले एमालेले १० औं महाधिवेशन गरेको चितवनको नारायणी किनारमा लोकतन्त्रलाई सम्पूर्ण सस्कांरसहित तर्पण गरेर पञ्चायत बोकेर काठमाडौं फर्किएको टिप्पणी गरेका हुन् ।

‘एमालेले पार्टीभित्रको लोकतन्त्रिक संस्कार र विधि पुर्‍याएर नारायणीमा तर्पिसकेको छ । एमालेले चितवनबाट पञ्चायत बोकेर काठमाडौं गएको छ । एमालेमा पलाएको निरंकुशताले भीम रावलहरू मात्रै होइन सबै जल्छन्,’ थापाले भने ।

यस्तै अर्को प्रसंगमा नेता थापाले राष्ट्रिय प्रजातन्त्र पार्टीबारे टिप्पणी गर्दै राप्रपा महाधिवेशनले आफैँ विश्राम लिन गएको राजालाई जवर्जस्ती ल्याउन खोजेको बताए ।

‘जनताको शक्ति र ताकतबाट र आफ्नो इच्छाले विश्राम गर्न गइबक्सेको महाराजालाई जवर्जस्ती ल्याउछु भन्दै भृकुटी मण्डपमा अधिवेशन चलिरहेको छ ।

त्यो अधिवेशनपछि पनि पुनरुत्थानवादी शक्ती मैदानमा आउँछ त्यसले पनि कुनै न कुनै वितण्डा मच्चाउछ, त्योसँग लड्न सक्ने ताकत नेपाली कांग्रेसले राख्नुपर्छ,’ उनले भने ।

यस्तै कांग्रेसले विभिन्न शक्तिहरूसँग लड्न प्रदेश अधिवेशनबाटै सक्षम नेतृत्व चयन गर्दै जानुपर्ने बताए । आन्तरिक चुनाव भन्दै लरतरो ढंगले अघि बढे चाहेअनुसारको कांग्रेस नबन्ने उनको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...