कार किन्न आमा–बाबुले बच्चा बेचे,यसरी भयो पर्दाफास

काठमाँडौ – संसारमा तपाईलाई धेरै माया कस्को लाग्छ ? भनेर सोध्यो भने हरेकले दिने उत्तर भनेकै आमा हो ।

जुन शब्द उच्चारण गर्दा खेरी नै कति प्यारो लाग्छ नि । हो हामीलाई आमाले जति माया कस्लै नै गर्न सक्ला र । संसारमा यस्ता आमा पनि हुन्छन् नि आफ्नो भौतिक सुख सुविधाको मोहले जे पनि कदम उठाउन सकिन्छ ।

यस्तै भारतको कन्नौजस्थित तिर्वा कोतवाली क्षेत्रको सतौरा गाउँमा एकजोडिले कार किन्नको लागि आफ्नो ३ महिनाको नवजात शिशुलाई बेचेको खबर बाहिर आएको छ । आमा बुबाको यस्तो हर्कतले गर्दा यी जोडिमाथि आमा–बाबुकै परिभाषामा कलं’क पोतेका छन् ।

घटना बाहिरीएसँगै प्रहरीले गाउँमा पुगेर आमा र बाबुसँग सोधपुछ गरेपछि उनीहरुले अ’परा’ध स्विकार गरको छ । हाल उक्त गाउँमा यो घटना प्रमुख चर्चाको विषय बन्न पुगेको छ ।

३ महिना अघि मात्रै जन्म दिइएको नातिनिको बारेमा गुरसहायगन्ज निवासी हजुरआमाले फोन गरेर सोध्दा उनकी छोरीले नातिका विषयमा कुनै जवाफ दिइनन् । त्यसपछि शं’का लागेर हजुरआमाले गाउँमा गएर नातिबारे सोधपुछ गरिन् ।

त्यसपछि उनलाई थाहा भयो कि आफ्ना ज्वाइँ र छोरीले डेढ लाख रुपैयाँमा एक व्यापारीलाई शिशु बेचेका छन् । उनीहरुले शिशुलाई बेचेपछि कार किनेको पनि हजुरआमाले पत्ता पाइन् । उनीहरुले गुरसहायगन्जकै एक व्यापारीलाई बच्चा बेचेका थिए ।

यो घटनाबारे जानकारी पाएपछि हजुरआमाले पुलिसमा रिपोर्ट गर्ने भन्दै बच्चा फिर्ता ल्याउन दबाब दिइन् । त्यसपछि आ’क्रोशि’त भएका ज्वाइँले उल्टै ज्यान मार्ने ध’म्की दिए । यस घटनापछि कोतवाली पुगेर हजुरआमाले आफ्नी छोरी र ज्वाँइ विरु’द्ध बच्चा बेचेको आरो’पमा उजूरी गरिन् ।

यस घटनामा अनुसन्धान चलिरहेको र दोषी पक्षलाई का’रबा’ही गरिने कोतवाली प्रभारीका प्रहरी निरीक्षक शैलेन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?🤔

खोजि गर्नुहोस ...