काठमाडौं 

साफ च्याम्पियनसिप २०२१ मा नेपालले विजयी सुरुवात गरेको छ । नेपालले शुक्रबार राति भएको खेलमा आयोजक माल्दिभ्समाथि १–० को जित निकालेको हो।

नेपाललाई जित दिलाउन सब्सिच्युट खेलाडी मनिष डाँगी नायक बने । उनले खेलको ८६औं मिनेटमा माल्दिभ्सका डिफेन्डरलाई झुक्याउँदै उत्कृष्ट गोल गर्दै नेपाललाई जित दिलाएका हुन् ।

खेल अवधिभर घरेलु टोली माल्दिभ्समाथि हाबी भएको नेपालमाथि माल्दिभ्स गोल गर्न चुकेको थियो ।

उसका लागि ७९ मिनेटमा हसन नाइजले सिक्स यार्डबाट पाएको अवसर गुमाएका थिए । यसअघि उद्घाटन खेलमा बंगलादेशले श्रीलंकालाई पराजित गरेको थियो ।

बंगलादेशले १–० गोलले खेल आफ्नो पक्षमा पारेको हो । नेपालले आगामी खेलमा सोमबार श्रीलंकाको सामना गर्नेछ ।

५ टिम सहभागी प्रतियोगिताको प्रारम्भिक चरणमा शीर्ष दुई स्थान हात पार्ने टिम फाइनलमा भिड्नेछन् ।

By admin