एजेन्सि –

थाइल्याण्डमा १ सयभन्दा बढी बाँदरका दुई गुटबीच लडा’इँ भएको अन्तराष्ट्रिय मिडियाले प्रकाशन गरेको छ ।

हामीले सजिलै सार्वजानिक भिडियोमा देख्न सकिन्छ जहाँ बाँदरहरूको ठूलो झुण्ड सडकमा एकआपसमा लडिरहेको देख्न सकिन्छ । यसबीच सडकमा यात्रा गरिरहेका मानिस घण्टौँ जहाँको त्यहीँ रो’किएका थिए ।

यसरी बाँदरहरु सडकमा निस्केर ग्याङ फाईटमा उत्रिएपछि बाँदरहरुको आवाज यति ठूलो थियो कि मानिसहरु ड’राएर गाडीभित्र नै लु’केर बसेका थिए । यो घटना थाइल्याण्डको चर्चित पर्यटकीय क्षेत्र लोपबुरीको रहेको बताइएको छ । यो सहर बुद्धको प्राचिन मन्दिरहरूका लागि चर्चित रहेको छ ।

भिडियो रेकर्ड गर्ने एक व्यक्तिका अनुसार यो घटना लोपबुरीको फ्रा कान मन्दिर र प्राङ्ग स्याम यटको छेउछाउको हो । उनी आफ्नो घरको तेस्रो तल्लामा सरसफाइ गरिरहँदा बाँदरहरू कराएको आवाज सुनेका थिए ।

जब उनले बाहिर हरे, त्यहाँ १ सय भन्दा बढी बाँदरहरूको दुई गुट सडकमा एकआपसमा भिडिरहेका थिए । यो भिडन्त करिब १ घण्टासम्म चलेको थियो । यसका कारण घण्टौँ ट्राफिक जाम भएको थियो । यसअघि सन् २०२० को मार्चमा पनि यस्तै घटना देखिएको थियो ।

By admin