काठमाडौं – श्रीलंकाका मुख्य प्रशिक्षक अमिर अलागिचले साफ च्याम्पियनसीपमा नेपाल मात्रै बलियो टोलीका रुपमा देखिएको बताएका छन् । अमिरले नेपालको प्रदर्शन झन्झन् माथि हुँदै गइरहेको बताएका हुन् ।

उनले फुटबलमा बलियो टिम र सन्तुलित टिमले नभएर स्मार्ट टिमले खेल जित्ने बताएका हुन् । ‘म मैले १८ महिनादेखि लगाएको कडा मिहिनेतको नतिजा देख्न चाहन्छु,’ उनले भने, ‘फुटबलमा बलियो वा तन्दुरुस्त टोलीले हैन स्मार्ट टोलीले खेल जित्छ ।’

अमिरले थपे, ‘यो प्रतियोगितामा एकमात्र टिम नेपाल हो जुन झन्झन् माथि गइरहेको छ ।’ साफ च्याम्पियनसीपको अंक तालिकामा हाल नेपाल शीर्षस्थानमा छ। नेपालले आफूले खेलेको २ दुबै खेलमा जित निकालेको छ ।

बंगलादेशले एक खेलमा जित र एकमा बराबरी गरेको छ । भारतले भने दुई खेलमा बराबरी गरेको छ । नेपालको ६, बंगलादेशको ४ र भारतको २ अंक रहेको छ। श्रीलंकाका १ अंक छ भने माल्दिभस अंकविहीन छ ।

यस्तै साविक विजेता तथा घरेलु टोली माल्दिभ्सले साफ च्याम्पियनसिप-२०२१ मा पहिलो जित हात पारेको छ । राउण्ड रोविन अन्तर्गत आफ्नो दोस्रो खेलमा माल्दिभ्सले बंगलादेशलाई ३-० ले पराजित गरेको हो ।

मालेस्थित नेशनल स्टेडियममा बिहीबार राति भएको खेलमा माल्दिभ्सलाई जित दिलाउन हाम्जा मोहमेद र अलि अस्फाकले गोल गरे । पहिलो हाफ गोलरहित सकिएको खेलमा माल्दिभ्सले दोस्रो हाफमा दुवै गोल गरेको हो ।

खेलको ५५ औं मिनेटमा हाम्जाले बाइसाइकल किकमार्फत गोल गर्दै माल्दिभ्सलाई अग्रता दिलाएका थिए । ७४ औं मिनेटमा अस्फाकले पेनाल्टीमा गोल गर्दै माल्दिभ्सलाई २-० को जित दिलाए ।

पहिलो खेलमा नेपालसँग पराजित भएको माल्दिभ्सले बंगलादेशलाई हराएपछि २ खेलबाट ३ अंक जोडेको छ । ३ खेल खेलिसकेको बंगलादेशको एक जित, एक बराबरी र एक हारपछि ४ अंक छ ।

लगातार दुई खेल जितेको नेपाल ६ अंकसहित शीर्ष स्थानमा छ । बंगलादेश दोस्रो र माल्दिभ्स तेस्रो स्थानमा छ । यस्तै २ खेलबाट दुई बराबरीसहित २ अंक जोडेको भारत चौथो स्थानमा छ ।

३ खेलबाट १ अंक जोडेको श्रीलंका पुछारमा छ र फाइनल होडबाट बाहिरिसकेको छ । अब नेपालले आइतबार भारतसँग खेल्दैछ । उक्त खेल जितेमा नेपाल एक खेल अगावै फाइनल पुग्नेछ । नेपालले बंगलादेशसँग अन्तिम खेल खेल्नेछ ।

By admin