काठमाडौं – पो’र्न फिल्म बनाएको अभियोगमा पक्राउ परेका व्यवसायी तथा बलिउड अभिनेत्री शिल्पा शुट्टीका पति राज कुन्द्रालाई अदालत पेश गरिएको छ । अदालतले जुलाई २३ सम्मका लागि उनलाई न्यायिक हिरासतमा राख्न अनुमति दिइएको हो ।

एक सफल व्यापारीको पहिचान बनाएको नायिका सेट्टिका श्रीमान राज कुन्द्रा लाई प्रहरीले सोमबार अ’श्लि’ल फिल्म बनाएको आरोपमा पक्रा’उ गरेको हो । उनलाई सोमबार राति नै मुम्बाई प्रहरीको क्रा’ई’म ब्रान्चले पक्रा’उ गरेको हो । यो विषयमा मुम्बई प्रहरीले हालसम्म ११ जनालाई पक्राउ गरिसकेको छ ।

गत फेब्रुअरीमै दायर गरिएको एक उजुरीमा अनुसन्धान गर्दा प्रोनोग्राफीमा राज कुन्द्रा मुख्य आरो’पी रहेको प्रहरीले प्रमाण फेला पारेको जनाइएको छ । प्रहरीका अनुसार राज कुन्द्रले एक एपमा अ’श्ली’ल फिल्म रिलिज गर्ने गरेका थिए । हटसट नामको एक एपमा अ’श्ली’ल फिल्म रिलिज हुँदै आएको र सो एपको मालिक राज कुन्द्र रहेको प्रहरीले जनाएको छ ।

मुम्बई क्राइम ब्रान्चका पुलिसले बुधबार साँझ राज कुन्द्राको मुम्बई स्थित विआन इन्ड्रस्टीज लिमिटेडको अफिसमा तथा केही अन्य ठाउँमा समेत छापा मारेको छ । सो क्रममा पुलिसले उनको अफिसका केही कम्प्युटरका हार्ड डिस्क र सर्भर बरामद गरेको छ ।

समाचारका अनुसार पुलिसले त्यो सर्वर बरामद गरेको छ जसको माध्यमबाट अश्लिल फिल्म ‘वी ट्रान्सफर’को माध्यमबाट अपलोड हुने गर्दथ्यो । यसका साथै, पुलिसले केही काजगपत्र, कुन्द्राका आइफोन तथा ल्यापटप समेत बरामद गरेको छ । बरामद भएका सबै सामान परिक्षणका लागि फोरेन्सिक ल्याबमा पठाइएको छ ।

यो मामिलामा पुलिसले राज कुन्द्राको बहिनी ज्वाई प्रदीप बख्शीकोविरुद्ध पनि सूचना जारी गरेको छ । यो मामिलामा प्रदीप पनि सह अभियुक्त हुन् । उनी ‘हटशट’ एप निर्माण गर्ने राज कुन्द्राको कम्पनी ‘केनरीन’का मालिक हुन् । अहिले खबर आएको छ  पुलिसले छिट्टै शिल्पासँग पनि यो बिषयमा सोधपुछ गर्दैछ ।

भारतीय मिडियाले मुम्बई क्राइम ब्रान्चका अफिसर्सको भनाई उदृत गर्दै उल्लेख गरे अनुसार, राजले भिडियोबाट दैनिक ६ देखि ७ लाख कमाउने गरेका थिए । सुरुवातमा उनले २ देखि ३ लाखसम्म कमाई गरेपनि पछि उनको कमाई बढेर ६ देखि ७ लाखसम्म पुगेको थियो । प्रहरीले उनको वास्तविक कमाइको खोजी अझै जारी राखेको छ ।

राजले विभिन्न देशबाट यूवतीहरुलाई अडिसनका लागि बोलाउने गर्दथ्य । यसपछि, अडिसनबाट छनोट भएका यूवतीहरुको सुरुवातमा सेमी न्यूड भिडियो खिचिन्थ्यो । पछि, उनीहरुलाई न्यूड भिडियो खिच्नका लागि दबाब दिइन्थ्यो । कतिपय यूवतीले भने उनीहरुको कुरालाई अस्विकार गर्दै प्रहरीमा उजुरी समेत दिएका थिए ।

By admin