बुटवल – लुम्बिनी प्रदेशकी विवादास्पद सांसद विमला वली स्वास्थ्य, जनसंख्या तथा परिवार कल्याण राज्यमन्त्री बनेकी छिन् ।

उनलाई मुख्यमन्त्री कुलप्रसाद केसीले राज्यमन्त्री नियुक्त गरे । आइतबार सपथ लिइसकेकी वलीले शंकर पोखरेल नेतृत्वको सरकार ढा’ल्दा निर्णायक सांसद बनेकी थिइन् ।

एमालेबाट निर्वाचित पति उत्तरकुमार वलीको सडक दु’र्घ’टनामा नि’ध’न भएपछि उपनिर्वाचनमा तत्कालिन नेकपाबाट निर्वाचित भएकी थिइन् ।

दाङबाट निर्वाचित उनले नेकपाबाट एमाले र माओवादी केन्द्र ब्युँतदा माओवादी रोजेकी थिइन् । विमला वलीले पछि फेरि एमाले रोजेको विज्ञप्ति आएको थियो ।

तर, पछि आफूलाई अपहरण गरी जर्ब’जस्ती विज्ञप्ति जारी गर्न लगाएको फरक विज्ञप्ति सार्वजनिक गरिन् । उनी माओवादीमै रहेको स्पष्ट पारिन् । उनको मत शंकर पोखरेल नेतृत्वको सरकार ढाल्न निर्णायक भयो ।

उनले विगतमा खेलेको भूमिकाका कारण राज्यमन्त्री पाएकी छिन् । यद्यपि उनको माग मन्त्री नै रहेको बुझिएको छ ।

By admin