चितवन – भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले चितवनमा निर्माण भइरहेको गौतमबुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशालाको जिम्मा महनगरले लिने बताउनुभएको छ ।

भरतपुरको एक कार्यक्रममा बोल्दै दाहालले जनस्तरबाट रकम संकलन हुन सके निर्माणसम्पन्न पश्चात र रकम संकलन नभए जति निर्माण भएको छ त्यहीँबाट महानगरलाई हस्तान्तरण गर्ने सम्झौता पत्रमा उल्लेख भएको भन्दै अलपत्र हुन नदिने बताउनुभएको हो ।

महानगरले जग्गा मात्रै उपलब्ध गराउने र आर्थिक लगायतका सबै पक्ष धुर्मुससुन्तली फाउण्डेशनले जिम्मा लिने सम्झौता पत्रमा उल्लेख भएको बताउँदै जनस्तरबाट रकम संकलन हुन्छ भने पनि महानगरले मात्रै हालसम्म ८ करोड सहयोग गरिसकेको जानकारी दिनुभयो ।

अहिले पनि २ करोड विनियोजन भएको बताउँदै धुर्मुस सुन्तली फाउण्डेशनले आधिकारिक रूपमा निर्माण अघि बढाउन नसक्ने बताएमा महानगरले जिम्मा लिएर निर्माण गर्ने बताउनुभयो । रंगशाला निर्माणका लागि चितवनवासीले भरपुर सहयोग गरेको दाहालको भनाइ छ ।

गत साउन १५ देखि रंगशालाको संरचना निर्माण ठप्प छ । आर्थिक अभाव भएको भन्दै फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले निर्माण रोकिन पुगेको बताउनुभएको थियो । यदि प्रतिवद्धता गरेअनुसारको रकम उठे मात्रै पनि निर्माण पूरा गर्न सकिने बताउनुभएको थियो ।

यस्तै दसैंले बजारलाई अहिले छपक्कै छोपेको हुनुपर्ने हो तर, बजारमा सामान किनमेल गर्नेको कमी हुँदा व्यापार हुन सकेको छैन। तर मूल्य पनि गत वर्षको भन्दा २० प्रतिशत भन्दा धेरैले बढेको व्यापारीहरुले बताएका छन्। आजबाट दसैं सुरु भएको छ। दसैँ सुरु भएसँगै बजारमा पनि सामान किन्नेहरुको चहलपहल बढ्न थालेको छ।

नयाँ कपडा लगाउन दसैं कुर्ने बानी हटिनसकेका कारण पनि बजारमा भीड बढेको हो । तर, बजारमा आफूहरुले चाहे जस्तो सामान नहुँदा ग्राहकहरु भने निरास भएर फर्कन बाध्य भएका छन् भने सामान पाएपनि धेरै महँगो भएको प्रतिक्रिया समेत दिएका छन्। 

खासगरी काठमाडौंको भोटाहिटी, असन, इन्द्रचोक, खिचापोखरी लगायका क्षेत्रमा आउने ग्राहकहरुले लत्ताकपडा, जुत्ता लगायतका सबै सामानको भाउ निकै महङ्गो रहेको बताएका छन्। यस्तै, उनीहहरुले बजारमा नयाँ सामानहरु देखिएको पनि बताएका छन्।

यता, व्यापाीहरुले पनि यस बर्षको दसैंकमा लत्ताकपडा लगायतका सामानहरुको मूल्य वृद्धि भएको स्वीकार गरेका छन्। उनीहरुले दसैंलाई लक्षित गरेर ल्याइएका सामान नेपाल र चीनबीचको भन्सार नाकामै लामो समयसम्म रोकिँदा बजारमा अभाव भएको तथा भन्सारको मूल्याङकन पनि बढेको कारण महँगी बढेको बताएका छन्। 

उनीहरुको अनुसार यो वर्ष २० प्रतिशत भन्दा धेरै मूल्य वृद्धि भएको छ। व्यापारीहरुले ग्राहकहरुको आगमन कम हुँदा व्यापार पहिलेको भन्दा खस्किएको पनि बताएका छन्। उनीहरुले दसैं सुरु भएसँगै व्यस्त हुनुपर्ने बेला मोवाइल खेलाएर दिन काट्न बाध्य हुनुपरेको पनि गुनासो गरे।

व्यापारीले सोचेअनुसारको व्यापार नभएको बताइरहँदा बजारमा भीड लाग्ने क्रम भने दिनहुँ बढिरहेको छ।

By admin