काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टीमा नगइ एमालेमै फर्किन नेता कार्यकर्तालाई आह्वान गर्नुभएको छ ।

आज बिहीवार काठमाण्डाै जिल्ला कमिटीले आयोजना गरेको जिल्लास्तरीय विस्तारित प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले नेता माधव नेपालको पछि नलागी नेकपा एमालेमै रहन आह्वान गर्नुभएको हो । 

नेपालले व्यक्तिगत स्वार्थ र अहङ्कारका कारण पार्टी फु’टाएको भन्दै उहाँले कार्यकर्ताको भविष्यसँग खेलबाड गरेको पनि बताउनुभयो । आफ्नो व्यक्तिगत स्वार्थका कारण अरूको जिन्दगीसँग खेल्नु ड’रलाग्दो भएको उल्लेख गर्दै उहाँले नेपालले घरमा आगो लगाएर खरानी घसेर हिँडेको टिप्पणी गर्नुभयो । 

नेता नेपालको भविष्य नभएको भन्दै उहाँले भविष्य भएका नेता कार्यकर्ता मूल पार्टीमै फर्किन उहाँले नेता, कार्यकर्तालाई आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘म माधव नेपाललाई भन्दिनँ । माधव नेपाले अलमलाएका, भ्र’ममा पारेका, झुक्याएका मान्छेहरू फर्किनुस् पार्टीमा ।

कार्यकर्ता फर्किनुस् । झुक्किएका साथीहरू फर्किनुस् । माधव नेपाल घरमा आगो लगाएर खरानी घसेर तीर्थ यात्रामा हिँडेका मान्छेलाई म केही भन्दिनँ । घरमा आगो लगाएर खरानी ध’सेर हिँड्या मान्छे ।

व्यक्तिगत महत्वाकांक्षा र कुण्ठाले कार्यकर्ताको जिन्दगीसँग खेलवाड गर्ने अधिकार माधव नेपालसँग नभएको उनको भनाइ छ । ‘उहाँ पार्टी प्रमुख भएर चलाउनुभयो। प्रधानमन्त्री बन्नुभयो, उहाँ अब यहाँभन्दा माथि जाने ठाउँ छैन । कार्यकर्ताको भविष्य छ । मूल पार्टीमा फर्किनुस्,’ ओलीले भने । 

आफ्नो पार्टीको सरकार ढालेर निकम्मा सरकार बनाउने काम नेपालको नेतृत्वमा भएको आ’रोप उनको छ । यसपटक पार्टी नेताहरूले होइन कार्यकर्ताले जोगाएको उनले बताए । ‘नेकपा एमालेलाई सिध्याउन खोजिएको थियो । कार्यकर्ता पंक्ति जुरुक्क उठ्यो र पार्टीको रक्षामा उभियो । हाम्रो भूमिका परिवर्तन भएको हो, शक्तिमा परिवर्तन भएको होइन ।

हाम्रो संगठनमा परिवर्तन भएको होइन। बिग्रिन–बिग्रन खोजेका दुई–चार तत्व बाहिर गएका हुन्,’ ओलीले भने । उनले माओवादी केन्द्रलाई एउटा गुटको संज्ञा दिए। ‘अब त्यो माओवादी केन्द्र होइन, त्यो प्रचण्ड गुट हो । प्रचण्डलाई ठूलो पार्टी नपचेर सानो गुट चाहिएर बाहिरिए ।

एकता तोड्न नचाहेको ठूलो हिस्सा उनको पछि जान चाहेन । एकीकृत पार्टीकै रूपमा यो पार्टी रह्यो,’ ओलीको भनाइ थियो । प्रचण्डले दुई वर्षपछि म त एक्लै हुन्छु कि क्या हो भन्न थालिसकेको उनले बताए ।  आफूहरूसँग सरकार नभए पनि पार्टी जस्ताको त्यस्तै रहेको उनले बताए ।

पुन: एमालेले सरकार बनाउने बताउँदै ओलीले जनताको बीचमा जाँदा जनादेश के हुन्छ देखाउन जरुरी भएको बताए। ओलीले एमाले मौरीजस्तै पार्टी भएको दाबी गरे। ‘मौरीको संगतमा लागियो भने फूलबारीमा पुगिन्छ, झिँगाको पछि लागियो भने फोहोरमा पुगिन्छ। मौरीको पछि लाग्नुस् एमाले मौरी हो,’ उनले भने।

By admin