काठमाडौं –  लामो र त’नावपूर्ण निर्वाचन प्रक्रियापश्चात् पेद्रो कास्टियोले पेरुको राष्ट्रपतिका रूपमा शपथ लिएका छन् । उनको विजयले राजनीतिक रूपमा गहिरोसँग विभाजित र महा’मारीले नराम्ररी प्रभावित पेरुका राजनीतिक तथा व्यापारिक उच्च वर्गलाई स्तब्ध पारिदिएको छ ।

पेरुको एकदमै गरिब इलाकाको एउटा सानो गाउँमा जन्मिएका पेद्रो कास्टियोले खेतीपातीमा आफ्ना निरक्षर मातापितालाई सघाउँदै हुर्किएका थिए । बाल्यकालमा उनी विद्यालय जानका लागि दुई घण्टाभन्दा बढी सयम पैदल हिंड्नु पथ्र्यो । अन्ततः उनी एउटा विद्यालयका शिक्षक बने र पच्चिस वर्ष काम गरे । पछि उनी शिक्षक युनियनको नेता बने ।

नेतृत्वमा तेजस्वी वृद्धिका साथ राष्ट्रपति कार्यालयको कुनै अनुभव विनै यस वर्ष कास्टियो पेरुको राष्ट्रपति चुनिए । कास्टियोको विजयमा उनी हुर्किएकै जस्तो ग्रामीण क्षेत्रका मतदाताको अनुमोदनले मुख्य भूमिका खेलेको बताइन्छ । उनका चुनावी ¥यालीहरूम ‘एउटा धनी देशमा फेरि कहिल्यै एक जना पनि गरिब मान्छे हुने छैनन्’ भन्ने खाले नियमित सन्देशहरू प्रवाह गरिएको थियो ।


त्यसले सङ्घर्षशील पेरुवासीलाई उनले आवाज दिएको रूपमा हेरियो । ‘मलाई थाहा छ एउटा विद्यालयमा बढार्नु भनेको के हो,’ उनले एक पटक भनेका थिए । कास्टियोले आफूलाई जनताको मान्छेका रूपमा प्रस्तुत गर्ने गर्छन् । कास्टियो दुर्लभै रूपमा काजामार्का क्षेत्रको परम्परागत सेतो ह्याटविना देखिन्छन् ।

त्यसले उनको मार्क्सवादी फ्रि पेरु पार्टीको पनि संकेत गर्छ र उनको शिक्षाको पृष्ठभूमिको पनि प्रतिनिधित्व गर्छ । उनले देशलाई बहुसंख्यकको हित अनुकूल शासन नगरिएको दाबी गर्छन् र गरिबी तथा असमानतालाई सम्बोधन गर्न ‘ठूलो परिवर्तन’ का लागि आह्वान गरेका छन् । त्यसमा विवादित बनेको नयाँ संविधानको मस्यौदा गर्ने कुरा पनि छ ।

कास्टियोका विरोधीहरूले उनलाई कम्युनिस्ट गुरिल्ला समूहसँग मिलेमतो रहेका वामपन्थी अतिवादीका रूपमा देखाउने कोशिस गरेका थिए । कास्टियोले आफ्ना भाषणहरूमा नियन्त्रण त राखे तर उनका आलोचकहरू उनका केही योजनाले ल्याटिन अमेरिकाको सबैभन्दा स्थिर देशमा उथलपुथल हुनसक्ने बारे चिन्तित छन् ।

नौ जना सन्तानमध्ये तेस्रो सन्तानका रूपमा कास्टियो सन् १९६९ अक्टोबर १९ मा पुना क्षेत्रमा जन्मिएका थिए । उनले प्राथमिकत विद्यालयको शिक्षकका रूपमा सन् १९९५ देखि २०२० सम्म काम गरेका छन् । कास्टियोले सन् २००२ देखि आफ्नो राजनीतिक यात्रा सुरु गरेका हुन् । त्यस बेला उनी मेयरमा उठेर हारेका थिए ।

सन् २०१७ मा भएको शिक्षकहरूको आन्दोलनबाट उनी नेताको रूपमा उदाए । सहरी क्षेत्रमा खासै नचिनिएका भए पनि कास्टियो यो वर्षको राष्ट्रपतीय निर्वाचनमा उम्मेद्वार बने र पहिलो चरणको निर्वाचनमा विजयी भए र अन्य १७ उम्मेद्वारलाई दौडबाट बाहिर पारिदिए । त्यो धेरैको आशा विपरीत थियो । उनले पूर्व राष्ट्रपति अल्बेर्ट्रो फुजिमोरीकी छोरी तथा व्यापारिक समुदायमा लोकप्रिय केइको फुजिमोरीलाई हराएर राष्ट्रपति चयन भए ।

उनी निकटतम प्रतिद्वन्दी भन्दा ४४ हजार बढी मतले मात्र विजयी भएका हुन् । मतगणनाका लागि हप्तौं लागेको थियो र फुजिमोरी समूहबाट अधिकारीहरूले कैयौं चुनौतीको सामना गर्नुपरेको थियो । ‘अब पेरुको समुदायका सबै क्षेत्र मिलेर ‘एउटा समावेशी, एउटा निष्पक्ष र एउटा स्वतन्त्र पेरु बनाउने बेला आएको छ,’ उनले भने ।

उनी भ्रष्ट्राचारका कैयौं विवाद र हल्लाहरूबाट आजित भएका पेरुवासीलाई आफ्नो पक्षमा ल्याउने गरी आह्वान गर्न सफल भएका छन् । तर अब उनका लागि निकै कठिन समय आएको छ । पेरुमा अहिले प्रतिव्यक्ति दरमा विश्वमै सबैभन्दा धेरै कोभिड१९ बाट हुने मृत्युदर देखिएको छ । त्यस्तै आर्थिक संकटले त्यहाँ लाखौंलाई गरिबीमा धकेलेको छ । बीबीसीबाट

By admin