काठमाडौं – वाग्मती प्रदेशमा जेठ ६ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार आफ्नो उम्मेदवारको पक्षमा मत मागेका छन् । वागमतीमा राष्ट्रियसभाको उपनिर्वाचन भोली हुँदैछ । चुनाव हुने अघिल्लो दिन अध्यक्ष ओलीले पार्टीभित्र नै विवाद रहेको स्वीकार गर्दै यस्तो अपील गरेका हुन् ।

यहाँ थिचि फेसबुकको यो ग्रुपमा जोडिनुहोस भाग्य चम्किनेछ ।


निर्वाचन आयोगका अनुसार जेठ ३ गते राति १२ बजेदेखि मौन अवधि सुरु भएको छ, र यो अवधिमा मत माग्न पाइदैन । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले मंगलबार एक विज्ञप्ति जारी गरी मौन अवधिमा निर्वाचन प्रचार प्रसार गर्न र मत माग्न नहुने उल्लेख गरेका छन् । त्यस्तै एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमबाट र सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने आयोगको विज्ञप्तिमा जनाइएको छ । मौन अवधिमा मत मागेमा निर्वाचन आचारसंहिता विपरीत हुने आयोगका प्रवक्ता श्रेष्ठले अनलाइनखबरसँग बताए ।


निर्वाचन आचारसंहिता विपरीत मत मागेमा निर्वाचन आयोग ऐन २०७३ अनुसार कारबाहीको व्यवस्था छ । आयोगले अनुगमन गर्दा कसैले आचारसंहिता उल्लंघन गरेको देखिएमा त्यस्तो काम रोक्न आदेश दिन सक्ने व्यवस्था ऐनमा छ । आचार संहिता उल्लंघन जारी राखेमा १ लाख जरिवाना र त्यस्तो कामबाट निर्वाचन नै प्रभावित हुने देखिएमा उम्मेदवारी नै रद्द हुने व्यवस्था पनि छ ।


नेकपा एमालेकै मतदाताहरुको मत विभाजन हुने देखिएपछि उनले निर्वाचनको एक दिनअघि पार्टीको आधिकारिक उम्मेदवारको पक्षमा मत माग्दै मत नदिए क्षम्य नहुने धम्कीसमेत दिएका छन् । अध्यक्ष ओलीले अपीलमा भनेका छन्, ‘पार्टीको आधिकारिक उमेदवारविरुद्ध उम्मेदवारी दिनु लाखौं जनताको हृदयमा रहेको निर्वाचन चिन्हलाई अवमूल्यन गर्नु र पार्टी निर्णयको विपक्षमा उभिएर मत खसाउने जस्ता विषय हाम्रो जस्तो पार्टीमा कल्पना बाहिरको कुरा हो ।’ साथै ओलीले पार्टी निर्णयविरुद्ध गएर मतदान गरे पार्टीका लागि स्वीकार्य या क्षम्य नहुने चेतावनी पनि दिएका छन् ।

By admin