राजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त भएर संभव छैन । मेरो वास्तविक कुरालाई राजा ज्ञानेन्द्र शाहले हृदय देखि नै मनन र आत्मसात गर्नुपर्ने हुन्छ । प्रायःजसो नेपाली नागरिकहरु स्वार्थी, अवसरवादी, दहीचिउरे, लोभ लालच भएका अधर्मी र पापी छन । अब राजा ज्ञानेन्द्र शाहले आफू र आफ्नो परिवारको हित र भलो कसरी हुन्छ हेर्नुपर्ने समय आएको छ ।

देशभक्त हुनु नै राजा ज्ञानेन्द्र शाहको लागी अभिशाप ठहर भयो । देशभक्त भएको कारण नै राजा ज्ञानेन्द्र शाह सत्ता बाट बहिर्गमन हुनुपर्ने अवस्था आएको भन्ने कुरा मैले बारम्बार भनी रहेको छु । यसकारण देशभक्त हुनु नै राजा ज्ञानेन्द्र शाहको लागी ठुलो गल्ती र महाभुल थियो ।

श्री ५ महेन्द्र शाह र श्री ५ बिरेन्द्र शाह वंश मारिए किन ? मदन भण्डारी र जीवराज आस्रित मारिए किन ? यी सबै घटनाक्रम हरुलाई राजा ज्ञानेन्द्र शाहले नजीकबाट नियालेर मनन गर्नुपर्ने र बुझ्नुपर्ने हो । राजनीतिक दलहरूका नेताहरूले मुलुक संग विश्वासघात र मुलुकको अहितमा काम गरेपनि भएको छ विश्वासघात गर्नेहरुको पछि नै नागरिकहरु लागेका छन र जयजयकार गरेका छन ।

ताली दुई हातले बज्छ एक हातले बज्दैन भन्ने कुरा सबैलाई थाहा छ । यसकारण राजा ज्ञानेन्द्र शाह परिवार मात्र देशभक्त भएर संभव छ रु राजा ज्ञानेन्द्र शाहले ताली दुई हातले बज्छ एक हातले बज्दैन भन्ने कुरा बुझ्न सक्नु भएन । नेपाल मुलुक त सबैको हो मुलुकको माया सबैलाई लाग्नुपर्ने हो । तर देशप्रति माया, मोह र वफादारीता नेताहरू र नेताहरूको पछि लाग्ने जनताहरु कसैमा देखिएन ।

नेताहरूले दुधको रंग कालो हुन्छ भने जनताहरु पनि दुधको रंग कालो हुन्छ नै भन्छन तर जनताहरुले दुधको रंग सेतो छ भनेर भन्न सक्दैनन नेपाली जनताहरुमा खराबीपन नै यही छ नेपाली जनताहरु अवसरवादी छन क्षणिक स्वार्थ मात्र हेर्दछन । के.पी. शर्मा ओली, शेरबहादुर देउवा, पुष्प कमल दाहाल र बाबुराम भट्टराई लगायतका नेताहरुले राष्ट्रघाती सन्धि र सम्झौताहरु गर्दा पनि जनताहरुले नेताहरूको सराहना गरेका छन ।

म भन्छु राजा ज्ञानेन्द्र शाहलाई मात्र देशभक्त हुनुपरेको किन रु राजा ज्ञानेन्द्र शाह मात्र देशभक्त भएर संभव छैन राजा ज्ञानेन्द्र शाहले मनन गर्नुपर्ने हो । राजा ज्ञानेन्द्र शाहले अब आफू देशभक्त नभई आफु र आफ्नो परिवारको हित र भलो कसरी हुन्छ हेर्नुपर्ने समय आएको छ । राजा ज्ञानेन्द्र शाहले हालको वर्तमान समय सत्ययुग को होईन कलियुग हो भन्ने कुरालाई पनि मनन गर्नुपर्छ ।

के।पी।शर्मा ओली, शेर बहादुर देउवा, पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरूलाई सत्ता कति प्यारो हुँदोरहेछ भन्ने कुरा नेपाली नागरिकहरुले बुझे कि बुझेनन रु यदि नेपाली नागरिकहरुले नबुझेको भए वास्तविक रूपमा नै नेपाली नागरिकहरु अबुझ हुन । तर राजा ज्ञानेन्द्र शाहले एक्कासि सत्ता त्याग गरे । राजा ज्ञानेन्द्र शाह महान हुन ।

सत्ताको स्वार्थ, सत्ता प्यारो र सत्तामा टिकिरहन के।पी। शर्मा ओलीले संसद भंग गर्न सम्म पछि परेनन । सत्तामा जानको लागि २०७७ साल माघ ०९ गते पुष्पकमल दाहाल, माधव कुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरूले काठमाडौमा शक्ति प्रदर्शन गरे । सत्तामा जानको लागी नै शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल र झलनाथ खनाल लगायतका नेताहरूलाई के गरौं र कसो गरौं छटपटी भएको थियो ।

के.पी. शर्मा ओलीले गर्दा माधवकुमार नेपाल, पुष्प कमल दाहाल र बाबुराम भट्टराई लगायतका नेताहरुको भोक प्यास र रातको निन्द्रा समेत हराएको थियो । हुन त सत्तामा भएको मजा नै बेग्लै छ । रातदिन सेनाहरु, प्रहरीहरु र सशस्त्र प्रहरीहरुले सलाम ठोकिरहन्छन जताततै ४०/५० जनाको सुरक्षा गार्ड लिएर हिंडन पाइन्छ, सुविधा सम्पन्न गाडीहरूमा साइलेन्सर बजाएर हिंडन पाइन्छ, मान सम्मान पाइन्छ, राज्यको खर्चमा नै प्लेनमा विभिन्न ठाउँहरुमा भ्रमण गर्न पाइन्छ र सुख सुविधा र बिलासिता जीवनको उपभोग र आनन्द लिन पाइन्छ यसलाई कसले बिर्सन सक्नु ?

राजा ज्ञानेन्द्र शाहले मुलुकको हितमा अडान लिइ देशभक्त बने तर ज्ञानेन्द्र शाहले सत्ताको मोह र लोभलालच नगरी सत्ता त्याग गर्न पछि परेनन । यसकारण राजा ज्ञानेन्द्र शाह त्यागी हुन । मुलुकलाई राजा ज्ञानेन्द्र शाहको कति खाँचो र महत्त्व छ भन्ने कुरा नेपाली नागरिकहरुले मुल्यांकन गर्न सकेनन । नेपालीहरुले राजसंस्थाको महत्त्वलाई बुझ्न सकेनन ।

राजा ज्ञानेन्द्र शाह महान हुन यसकारण राजा ज्ञानेन्द्र शाहलाई राम भगवान र बुद्धको अवतार पनि भन्न मिल्छ । पुरषोतम रामचन्द्र भगवानको वनवास भए जस्तै राजा ज्ञानेन्द्र शाहको पनि वनवास भएको हो । पहिले पहिलेका बुढाबुढीले राजालाई विष्णुको अवतार पनि भन्ने गर्थे भनाइ वास्तविक रहेछ ।

प्रायःजसो नेपाली नागरिकहरु अवसरवादी र ताक परे तिवारी नत्र गोतामे छन । यसकारण राजा ज्ञानेन्द्र शाहलाई मेरो सुझाव र सल्लाह के छ भने अब देशभक्त जति बन्नु बनी सक्नु भयो देशभक्त भएर काम छैन । आफू र आफ्नो परिवारको हित र भलो हेरी दुनो सोझाउनु होस मेरो आग्रह छ । स्वतन्त्र नेपाली नागरिक- राकेश कुमार शर्मा । जिल्ला मकवानपुर, हेटौंडा उपमहानगरपालिका वडा नम्बर-०२ अनलाईनमार्गबाट

By admin